AD_ Wide Top

निखिलको ‘किंङग’ सुशीलको कारखाना पुष २९ मा भिड्ने

११ कात्तिक,२०७३  |   Forsee Network

below social share detail page adv


loading...
निखिलको ‘किंङग’ सुशीलको कारखाना पुष २९ मा भिड्ने

असोज २१ गते आफ्नो प्रदर्शन मिति तोकेको नेपाली सिनेमा ‘किंङग’ २१ ग्ते रिलिज हुन सकेन । दशैको अवसरमा दर्शको साथ र व्यावसायको हिसाबले पनि चलचित्र रिलिज गर्नको लागि निर्माता तथा निर्देशकहरुको होड बाजीनै चलेको हुन्छ । असोज २१ मा छवि ओझाको सिनेमा रिलिज हुने भएका कारण ‘किंङग’ टीमले आफ्नो चलचित्रको रिलिज मिति पछि सारेको थियो । अभिनेता निखिल उप्रेती र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको यो चलचित्र अब भने माघे संघ्रान्तीको अवसर पारेर पुष २९ गते रिलिज हुने भएको छ । सविर श्रेष्ठको निर्देशन र जयन श्रेष्ठले निर्माण रहेको यो चलचित्रले एक्लै रिलिज हुने मौका हेरेको थियो । तर फिल्मले एक्लै हल नपाउने भएको छ । यो फिल्मसँगै अर्को सिनेमा कारखाना रिलिज हुने भएको छ ।
चलचित्र कारखानामा वर्षा शिवाकोटी र सुशील श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रको अन्य कलाकारहरुमा अनुप विक्रम शाही,रुपा राना र गजन श्रेष्ठ छन् । यो चलचित्रको भु्रम—भु्रम बोलको गीत निकै चर्चामा छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com