AD_ Wide Top

जात्राको सिक्वेल बन्ने ?

६ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
जात्राको सिक्वेल बन्ने ?

यतिबेला सिनेमा जात्राको टोली मोफसलमा प्रमोशन गर्दै हिँडीरहेको छ । एक हप्तामा एक करोड भन्दा माथिको ब्यापार गरेको जात्रालाई दर्शकले निकै रुचाएका छन् । तर फिल्मको ईन्डिङ हेरेपछि दर्शकले सिनेमाको सिक्वेल खोजेका छन् । सिनेमा जसरी अन्त्य भएको छ त्यसले सिक्वेल आउने संकेत गरेको छ भन्दै निर्माण टोलीलाई सिक्वेल कहिले आउँछ भनेर सोध्नेहरुको भिड लागेको छ । दर्शकको यहि माया र चाहना अनुरुप फिल्म निर्माण टोली फिल्मको सिक्वेलका बारेमा सोच्न बाध्य भएको हो ।
सुरुमा सिनेमा बनाउँदा सिक्वेलका बारेमा नसोचेको भएपनि अहिले दर्शकले दिएको मायाले गर्दा फिल्मको सिक्वेल बन्ने सम्भावना बलियो देखिएको छ । यो सिनेमाको कथा जता बग्छ त्यतै बग्न दिँदा ईन्डिङका बारेमा धेरै कुरा उठेको रविन्द्र सिंह बानीयाको भनाई छ ।

प्रदिप भट्टाईको निर्देशनमा बनेको यो सिनेमामा विपिन कार्की,रविन्द्रसिंह बानीया,रविन्द्र झा, बर्षा राउत लगायका कलाकारहरुको अभिनय छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com