AD_ Wide Top

छक्का पञ्जाले सय दिन मनाउदा जात्रा छैठौँ हप्तामा चल्दै

१ पुस,२०७३  |   Forsee Network

below social share detail page adv


loading...
छक्का पञ्जाले सय दिन मनाउदा जात्रा छैठौँ हप्तामा चल्दै

पछिल्लो समयमा २ नेपाली सिनेमाहरुले राम्रो ब्यापार गरेका छन् । दर्शकले नेपाली सिनेमालाई गरेको मायालाई देखेर सिनेकर्मी सिनेप्रेमीहरुले अब भने नेपाली सिनेमा उद्योग पनि फस्टाउने भो भन्दै खुसी भएका छन् । निर्माता तथा निर्देशकले आफ्नो ईच्छाअनुसारको कथा भन्दा पनि दर्शकको रुचि अनुसारको कथा समावेश गरी सिनेमा बनाएमा सिनेमाले सफलता पाउँछ भन्ने कुरा सिनेमा छक्का पञ्जा र जात्राले देखाएका छन् ।
छक्का पञ्जाले मनाउने भो १०० दिन
दीपा श्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जाले नेपाली सिनेमाको ईतिहासमै रेकर्ड कायम गर्दैै भोलि शनिबार अर्थात पुस २ गते १०० दिन मनाउँदैछ । भदौ २४ मा रिलिज भएको सिनेमाले हालसम्म १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको छ । छक्का पञ्जा अहिले पनि केही हलहरुमा हाउसफूल छ ।

छक्का पञ्जाले ऐतिहासिक रुपमै सय दिन मनाउँदैछ । यो भन्दा पहिले १६ बर्ष अघि सिनेमा दर्पण छायाँले ७० दिन मनाउन सफल भएको थियो ।

जात्रा पनि छैठौँ हप्तामा
त्यस्तै अर्को सिनेमा जात्रा आज देखि छैठौँ हप्तामा प्रवेश गरेको छ । जात्रा कुमारी, एफ क्युब, गुण सिनेमा, सिभिल मल, लाबिम मलमा छैठौँ साता पनि हाउसफूल छ । छैठौँ हप्तासम्म पुग्दा जात्राले तीन करोड भन्दा माथिको ग्रस कलेक्शन गरिसकेको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको जात्रामा विपिन कार्की, बर्षा राउत, रजिन्द्र सिंह बानीया, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com