AD_ Wide Top

सुरक्षित भविष्यको तयारीमा निशा

११ पुष,२०७३   |   Forseenetwork

below social share detail page adv


loading...
सुरक्षित भविष्यको तयारीमा निशा

बर्तमानलाई भन्दा पनि भविष्यलाई मध्यनजर गर्दै नेपाली नायिकाहरु अहिले अघि बढिरहेका छन् । सुन्दरता रहुञ्जेलमात्रै काम पाईने र सुन्दरता हराएपछि कसैले खोजी पनि नगर्ने पीरले पनि नायिकाहरु पछिल्लो समयमा बढी सचेत भएको पाईन्छ । भविष्यलाई सुरक्षित बनाउने प्रयासमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । एकताका मुख्य भूमिकामा रहेर एकछत्र राज गरेकी अभिनेत्री झरना थापा पनि अहिले निर्मात्री तथा निर्देशक बनेकी छिन् । रेखा थापाले नायिकाका साथै निर्माता र निर्देशकको करिअरलाई अघि बढाईरहेकी छिन् । अर्की नायिका शिल्पा पोख्रेल पनि सिनेमा मंगलमबाट निर्मात्री बन्दैछिन् । नोभेम्बर रेन अभिनेत्री छुल्ठिमले पनि सिनेमा डायरी बनाईसकेकी छिन् । यहि क्रमलाई पछ्याउँदै अर्की एक अभिनेत्री अहिले निर्मात्री बन्ने तरखरमा छिन् । ती हुन् अभिनेत्री निशा अधिकारी ।

व्यवसायिक अभिनेत्रीका रुपमा अघि बढिरहेकी निशा आफ्नै लगानीमा सिनेमा बनाउँदा करिअर लामो समयसम्म अघि बढ्ने हेतुले नै निर्मात्री बन्न लागेकी हुन् । आफ्नो निर्माण रहेको अनटाईटल्ड सिनेमामा निशाले अभिनेत्री बेनिशा हमाललाई मुख्य भूमिकाका लागि छनौट गरेकी छिन् । कमेडी जनरामा बन्न लागेको यो सिनेमाको हाल लोकेशन हन्टिङको क्रम चलिरहेको छ । लोकेशनको लागि अहिले निर्माण टोली लमजुङको घले गाउँमा पुगेको बताईएइको छ । सिनेमालाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com