AD_ Wide Top

प्रस्तोता समाज नेपालले दोस्रो पटक रोयल्टि बाँढ्यो

२६ पुष,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
प्रस्तोता समाज नेपालले दोस्रो पटक रोयल्टि  बाँढ्यो

‘प्रस्तोता समाज नेपाल’ले आज दोस्रो पटक चौमासिक रोयल्टि बाँढेको छ । प्रस्तोता समाजले दोस्रो पटकको रोयल्टि वितरणमा गायिका अन्जु पन्तलाई १ लाख ४४ हजार २ सय ९९ को चेक हस्तान्तरण गरेको छ । त्यस्तै गायक प्रमोद खरेललाई चार महिनाको रोयल्टि स्वरुप ८५ हजार एक सय ४६ र लोक गायिका विष्णु माझीलाई ५६ हजार पाँच सय ६४ रुपैयाँको चेक हस्तान्तरण गरेको प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माले जानकारी दिए ।

Image may contain: 11 people, people standing and indoor

अन्य केही कलाकारहरुलाई पनि प्रस्तोता समाजले रोयल्टि प्रदान गरेको छ । कलाकार प्रेमध्वज प्रधान, भजन शिरोमणि भक्तराज आचार्य, श्री दिप श्रेष्ठ, भेडी खर्के साईला (दिर्घराज अधिकारी), तिर्थ कुमारी थापा, नन्दकृष्ण जोशी, शुसीला अमात्य, बिधा मुकारुंग, पूर्ण नेपाली र राम कुमार मन्डल (रामा) लाई पनि जनही रू १०,००५ र सम्मान पत्र वितरण गरेको छ ।

Image may contain: 2 people, people smiling, people standing

यसका साथै पत्रकारिताको माध्यमबाट रोयल्टि मिसनलाई सघाउने राधिका अधिकारी र रेडियो रोयल्टिका अभियन्ता रेडियोकर्मी दिपेन्द्र खनियालाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरेको छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Social Media Auto Publish Powered By : XYZScripts.com