AD_ Wide Top

जिग्री र पाँडेको सिनेमामा धुमुर्स– सुन्तली हुने

२८ पुष,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
जिग्री र पाँडेको सिनेमामा धुमुर्स– सुन्तली हुने

नेपाली सिने ईतिहासमा हाँस्य कलाकारले निर्माण गरेका सिनेमाले बेग्लै इतिहास रचेका छन् । अहिले त कमेडि जनरामा बनेका सिनेमाले मात्रै दर्शकको साथ पाउँछन् । तत्कालको कुरा गर्ने हो भने सिनेमा छक्का पञ्जा र जात्रालाई लिन सकिन्छ । यी सिनेमालाई दर्शकले खुबै रुचाए जुन कमेडि जनरामा बनेका थिए । यीनै सिनेमाको सफलतादेखि हौसिएर हुनसक्छ अर्को हाँस्य सिनेमा पनि बन्ने तरखरमा छ । कलाकारिता र सामाजिक कामबाट दर्शक तथा श्रोताको मन जितेका धुर्मुस — सुन्तलीले अबको केही महिनामा चलचित्र निर्माण गर्ने कुरा सार्वजनिक भएको छ ।

हाँस्य कलाकार कुमार कट्टेल उर्फ जिग्री र अर्जुन घिमिरे उर्फ पाँडे सिनेमा निर्माण गर्ने तयारीमा छन् ।उनीहरुले सिनेमाको कथा पनि लेखिसकेका छन् । टेलिसिरियल ‘भद्रगोल’ बन्द भएपछि हाल उनीहरुले ठूलो पर्दा ताकिरहेका छन् । हामीले उनीहरुसँग चलचित्रको विषयमा प्रश्न गर्दा हाँस्य कलाकार अर्जुन घिमिरेले अहिले सिनेमाको कथा लेख्ने काम सकिएको बताए ।
वि.स २०७४, बैशाख १ गते सिनेमाको सुभारम्भ गरिने भन्दै उनले चलचित्र कस्तो बन्छ, कोको हुन्छन् त्यसबारे बैशाख १ गते नै थाहा हुने जानकारी दिए । महोत्तरीको बर्दिबासमा निर्माण गर्न लागिएको धुर्मुस–सुन्तलीको तेस्रो नमुना बस्ती नयाँ वर्ष बैशाख १ गते मुसहर समुदायलाई हस्तान्तरण गरेसँगै सिनेमाको शुभमुहर्त पनि गरिने उनले जानकारी दिए ।

सिनेमामा हुने कलाकारको बारेमा कुरा नखोले पनि जिग्रीले नयाँ वर्षमा दर्शकलाई नयाँ कुराको जानकारी दिने भन्दै दाजु—भाउजुको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको खुलासा गरे । सीताराम कट्टेल धुर्मुसले पनि यस कुरालाई समर्थन जनाउँदै भाईले निर्माण गर्ने चलचित्रमा आफू देखिन सक्ने संकेत गरेका छन् । हेर्नुहोस् भिडियो


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com