AD_ Wide Top

१६ बर्षपछि फर्किए राता मकै, तीजमा टार्गेट छ सिनेमा (भिडियोसहित)

४ माघ,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
१६ बर्षपछि फर्किए राता मकै, तीजमा टार्गेट छ सिनेमा (भिडियोसहित)

लगातार हाँस्यव्यङग्य सिनेमाले सफलता पाउँदै गर्दा महसञ्चार फेरि एकपटक सिनेमा बनाउन अघि सरेको छ । हाँस्यव्यङग्य कलाकार किरण केसीका अनुसार बन्न लागेको सिनेमामा उनको पनि लगानि रहने पक्का भएको छ । १६ बर्ष अघि हरिवंश आचार्यसँग मिलेर सिनेमा ‘तँ त साह्रै नै बिग्रिस नी बद्री’ निर्माण गरेका किरणले नयाँ सिनेमामा महसञ्चारसँग सहकार्य गर्दैछन् । सिनेमाको नाम दुई अक्षर राखिएको छ । सिनेमालाई जात्रा निर्देशक प्रदिप भट्टाईले निर्देशन गर्ने छन् । लोकप्रिय हाँस्यव्यङग्य कलाकार हरिवंश आचार्यको कथा, पटकथा र संवादमा सिनेमा दुई अक्षरलाई जात्रा खिचेका दिर्घ गुरुङ्गले खिच्नेछन् । किरणका अनुसार चैतको पहिलो साताबाट सिनेमा दुई अक्षर फ्लोरमा जानेछ ।

सिनेमामा हाँस्य कलाकारहरुकै बाहुल्यता हुने भनिएपनि को को कलाकार हुन्छन् किरणले हामीसँग रहस्य खोल्न चाहेनन् । तर आफ्नो चाहि भूमिका पक्का भएको जनाए । सिनेमामा हुने कलाकारहरुको बारेमा केही दिनमै प्रेसमिट गरेर सार्वजनिक गर्ने किरणले बताएका छन् ।

किरणका अनुसार दुई अक्षरबाट नयाँ हिरोले ब्रेक पाउँदैछन् । काली प्रसाद बास्कोटा र यमन श्रेष्ठले सिनेमाका गीतमा संगीत भर्नेछन् भने हरिवंश आचार्य र काली प्रसाद बास्कोटाले गीत गाउने छन् ।

१६ बर्षपछि सिनेमा निर्माणमा फर्केका किरणले यो बीचको समयमा देशको अवस्थाका कारण निर्माणलाई निरन्तरता दिन नसकेको र नेपालमा संविधान निर्माण भएपछि सिनेमा बनाउँछु भन्ने सोच भएको बताए । अहिले आएर त्यो सोच र सपना पूरा हुँदा उनी आफ्नो खुसीलाई बयानै गर्न नसक्ने भएका छन् । हेर्नुहोस् भिडियो


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

  • ट्रेन्डिङ वानमा कालीको ‘तिल्हरी’ ट्रेन्डिङ वानमा कालीको ‘तिल्हरी’

    गायक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द र संगीतमा ‘साईली’ पछि अर्काे नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा वैदेशिक रोजगारको क..

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com