AD_ Wide Top

‘दर्पण छायाँ–२’ को ट्रेलर हेरेर दर्शकले दिए यस्तो प्रतिक्रिया

२८ माघ,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
‘दर्पण छायाँ–२’ को ट्रेलर हेरेर दर्शकले दिए यस्तो प्रतिक्रिया

तुलसी घिमिरेको निर्देशनमा बनेको सिनेमा ‘दर्पण छायाँ–२’ को आधिकारिक ट्रेलर बिहिबार रिलिज भयो । सिनेमाको ट्रेलर हेरेपछि दर्शकले निर्देशक तुलसी घिमिरेलाई कलाकार छनौटमा गल्ती गरेको प्रतिक्रिया दिएका छन् । दर्पण छायाँले नेपाली सिनेमाको ईतिहाँसमा सय दिन मनाउने पहिलो सिनेमाको रेकर्ड राखेको थियो । तुलसी घिमिरेले दर्पण छायाँले पाएको सफलताले नै सिक्वेल सिक्वेल बनाउने आँट गरेका थिए । सिनेमा उनले केही नयाँ अनुहारलाई प्रस्तुत गरेका छन् । मुख्य भूमिकामा रहेका अभिनेता पुष्पल, साहारा र श्रद्धा लगायत अन्य केही कलाकारको यो डेब्यु सिनेमा हो ।

कलाकारको अभिनय हेरेपछि दर्शकले यो सिनेमालाई ‘दर्पण छायाँ २’ नाम दिएर दर्पण छायाँको बेईज्जत गरेको प्रतिक्रिया पनि जनाएका छन् । ट्रेलर हेरेर नव नायिका साहारा कार्की र श्रद्धा प्रसाईँको अभिनय पनि कमजोर भएको दर्शकको प्रतिक्रिया छ ।


आगामी फागुन २७ मा रिलिज हुने तयारीमा रहेको सिनेमालाई साहारा फिल्मसले प्रस्तुत गरेको हो । सिनेमामा साहारा कार्की, पुष्पल खड्का, श्रद्धा प्रसाईँको मुख्य भूमिका छ । यसका साथै सिनेमामा अभिनता सरोज खनाल बि.एस राना लगायतको पनि महत्वपुर्ण भूमिका रहेको छ । सिनेमामा निर्देशक घिमिरेको पनि बिशेष भूमिका छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com