AD_ Wide Top

‘राधे’ र ‘घाँमपानी’ले गरे करोड पार, ‘लभ लभ लभ’ले हल नपाएको निर्देशकको गुनासो

३ बैशाख,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
‘राधे’ र ‘घाँमपानी’ले गरे करोड पार, ‘लभ लभ लभ’ले हल नपाएको निर्देशकको गुनासो

निर्देशक दीपेन्द्र लामाको सिनेमा ‘घाँमपानी’ले एक करोड ३१ लाखको ग्रश कलेक्शन गरेको जानकारी छ । पहिलो दिन काठमाण्डौम ३८ लाख र मोफसलमा ३३ लाख सहित ७१ लाख र दोस्रो दिन काठमाण्डौमा ३० लाख र मोफसलमा २५ लाख गरी ५५ लाख ग्रस कलेक्शन गरेको सिनेमाले करोडको आँकडा पार गरेको छ । ‘घाँमपानी’ काठमाण्डौमा ४० र मोफसलमा ३० वटा हलमा रिलिज भएको छ ।

उता सोही दिन रिलिज भएको निखिल उप्रेती र प्रियंका कार्की स्टारर सिनेमा ‘राधे’ पनि रिलिज भएको दुई दिनमा करोड क्लवमा प्रवेश गरेको छ । नयाँ वर्षको अवसर पारेर रिलिज भएको यस सिनेमाले पहिलो दिनमा ८५ लाख र दोस्रो दिन ४२ लाखको व्यापार गर्दै एक करोड २७ लाखको ग्रश कलेक्शन गरेको छ । ६५ लाख लगानी रहेको सिनेमाले लगानी उठाउनका लागि भने अझै ५० लाख माथिको ग्रस कलेक्शन गर्न बाँकी छ ।

‘लभ लभ लभ’ले हल नपाएको निर्देशकको गुनासो
बैशाख १ मै रिलिज भएको सिनेमा ‘लभ लभ लभ’ ले भने उपत्यका बाहिर रिलिज हुन नपाएर खासै राम्रो व्यापार गर्न सकेको छैन । तर सिनेमालाई जतिले हेरेका छन् सबैले राम्रो भएको प्रतिक्रिया भने दिएका छन् । काठमाण्डौमा जम्मा २१ वटा मल्टीप्लेक्शमा रिलिज भएको यस सिनेमाले दुई दिनमा ३२ लाख मात्र ग्रस कलेक्शन गरेको जानकारी छ । उपत्यका बाहिर जम्मा दुईवटा हलमा सिनेमाले रिलिज हुने मौका पाएको थियो । वितरकहरु बीच भएको खिचातानीले नै सिनेमा उपत्यका बाहिर रिलिज हुन समस्या भएको निर्देशकको भनाई छ ।

love love love nepali movie first look
७० लाख भन्दा धेरै लगानी रहेको सिनेमालाई उपत्यका बाहिर दोस्रो सातामा रिलिज गर्ने सोच निर्माता तथा निर्देशकको छ । त्यस्तै यो सिनेमा बैशाख ३१ मा अस्ट्रेलियामा पनि रिलिज हुँदैछ । सिनेमाले नेपालमा नभए पनि विदेशमा प्रदर्शन गरेरै लगानी उठाउने भने पक्का छ । सिनेमामा सुरज पाण्डे र स्वस्तीमा खड्का मुख्य भूमिकामा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com