AD_ Wide Top

दोस्रो चोभार बन्दै मनाङ मुस्ताङ, निर्देशक निर्माताको ध्यान नै लोकेशनमा

१९ बैशाख,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
दोस्रो चोभार बन्दै मनाङ मुस्ताङ, निर्देशक निर्माताको ध्यान नै लोकेशनमा

अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’को गीतलाई दर्शकले युट्युबमा खुबै रुचाएका छन् । यसमा भएका सिनहरुलाई प्रशंसकले तारिफ गरिरहेका छन् । तर आलोचकहरुले भने कोरियोग्राफी हिन्दी सिनेमा ‘दिलवाले’मा समावेश ‘गेरुवा’ बोलको गीतसँग मिल्न गयो पनि भनेका छन् । त्यस्तै केहीले यसमा समावेश सिन र प्रस्तुतीकरण अनमोल केसीको सिनेमा ड्रिम्सको एक गीतसंग मिल्न गयो भन्दै खास नयाँ नभएको जिकिर गरेका छन् । संगीतको पाटो असाध्यै राम्रो भएको यो गीत यो समाचार तयार पार्दा युट्युब ट्रेण्डिङको नम्बर ४ मा परेको छ । यस गीतमा मनाङ मुस्ताङका सुन्दर दृश्यहरुलाई लोभलाग्दो तरिकाले प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा यो स्थान सुटिङको लागि निकै लोकप्रिय बन्दै गएको छ । त्यहाँका सुन्दर दृश्यहरु सिनेमामा राखेर हलसम्म दर्शक तान्नको लागि निर्माता निर्देशकहरु मनाङ मुस्ताङका सिनहरुमा लोभिएको देखिन्छ । रिलिज भईसकेका सिनेमाहरु रेखा थापाको अन्दाज, कबड्डी  सीरीज, प्रेमगीत, जेरी, ड्रिम्स लगायतमा त्यहाँका सुन्दर दृश्यहरु समेटिएका छन् । पहिले फाट्टफुट्ट रुपमा मनाङ मुस्ताङका केही स्थानहरुलाई नेपाली सिनेमामा देखाइएको भएता पनि खासै राम्ररी देखाइएको थिएन । बरु एक समयमा नेपाली सिनेमामा चोभारको डाँडो अनिवार्य जस्तै हुन्थ्यो । चोभारको डाँडो नभइ सिनेमा सकिदैनथ्यो । अहिले ठ्याक्कै त्यस्तै भएको छ मनाङ मुस्ताङको सिन । हरेक सिनेमामा केही मिनेट भएपछि यहाँका सिनहरु अनिवार्य जस्तै बनेका छन् ।

paul
पहिलो पटक नेपाली सिनेमा ‘कागबेनी’मा मनाङ मुस्ताङको सुन्दरतालाई अलि वृहतरुपमा देखाइएको थियो । तर ‘कागबेनी’ भन्दा पहिले पनि केही बलिवुडका सिनेमाहरुले ति स्थान क्यामेरामा कैद गरिसेकेका थिए । मनाङ मुस्ताङमा अभिनेता अमिताभ बच्चन समेत सुटिङको लागि पुगेका थिए ।

पहिले नेपाली सिनेमाको सुटिङ स्थल काठमाण्डौको चोभार हो । चोभारमा दर्जनौँ नेपाली सिनेमाहरु सुटिङ भएका छन् । पछि हरेक सिनेमामा भएका उस्तै सिनले दर्शकलाई खल्लो लागेको महसुस गर्दै केही निर्माता निर्देशकहरु सिनेमा सुटिङको लागि पोखरासम्म पुग्न थाले । एकताका पोखरामा लगातार सिनेमा छायाकंन हुन्थे । हुन त अहिले पनि पोखरा सिनेमा छायांकनको केन्द्र नै हो । सिनेमामा पोखराको क्रेज अझै घटिसकेको छैन । त्यस्तै पछिल्लो समय दोलखाको कालिन्चोक पनि सिनेमा छायाकंन स्थल बन्दै गईरहेको छ ।

samrajeee
अन्य स्थान भन्दा पछिल्लो समय मनाङ मुस्ताङ नै छायांकन स्थल बनेको छ । म यस्तो गीत गाउँछु, ए मेरो हजुर २ लगायतका सिनेमाहरुमा त्यहाँका सुन्दर दृश्यहरु कैद गरिएको छ जुन सिनेमाहरु रिलिज हुने तयारीमा छन् । त्यस्तै केही निर्माता तथा निर्देशकहरु त्यहाँ छायांकन गर्न जान तयार भएर बसेका छन् । पछिल्लो समय फिल्म निर्माताहरुले आफ्नो सिनेमामा कथा भन्दा पनि मनाङ मुस्ताङको रमणीय दृश्य छ भनेर फूर्ति लाउने गर्छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com