AD_ Wide Top

जिग्री पाडेँले पुर्याए २ सय घरमा वत्तिको उज्यालो

१५ जेठ,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
जिग्री पाडेँले पुर्याए २ सय घरमा वत्तिको उज्यालो

जिग्रीपाडेँ प्रतिष्ठानको पहलमा सप्तरीको २ सय घरपरिवारमा विजुली वत्ति बल्ने भएको छ । सप्तरीको गम्हरिया परवाहको पट्टि टोलमा यस अघि विजुली वत्ति नपुग्दा स्थानीय सो सेवा सुविधाबाट बञ्चित भएका थिए ।

जिग्री पाडेँको प्रयासमै सो गाउ अब उज्यालो हुने भएको छ । दृष्टिविहिन मण्डल परिवारका ३ घर निर्माणका लागि पुगेका जिग्री पाडेँले उज्यालोका लागि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसामु प्रस्ताव राखेर सो ठाउमा विजुली पुर्याउने काम गरेका हुन् । अहिले उर्जामन्त्रि जनार्दन शर्माको तोकआदेशमा प्राधिकरण प्रमुख कुलमान घिसिङको प्रत्यक्ष संलग्नतामा जनकपुर सब स्टेशनबाट ट्रान्समिटर जडान र मिटर पुर्याउने काम भएको कलाकार अर्जुन घिमिरेले बताएका छन् ।

साथै दृष्टिविहिन मण्डल परिवारको लागि ३ घर निमार्णको काम अन्तिम चरणमा पुगी सकेकोले यही जेठ २४ गते हस्तान्तरण गर्ने जिग्री उर्फ कुमार कट्टेलले जनाएका छन् । ३० लाखको बजेटमा निर्माण गरिएको ३ घर भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री हुनेछ । पाँडे जिग्रीकै सक्रियतामा अहिले सो गाउ खुल्ला दिशापिसाबमुक्त पनि भएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com