AD_ Wide Top

‘म यस्तो गीत गाउँछु’ फेरि ट्रेण्डिङमा, यस्तो छ ट्रेण्डिङबाट हराउनुको कारण

३० जेठ,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
‘म यस्तो गीत गाउँछु’ फेरि ट्रेण्डिङमा, यस्तो छ ट्रेण्डिङबाट हराउनुको कारण

गत शुक्रबार रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर रातारात हिट भयो । २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको नम्बर १ मा पर्न पनि सफल भयो । ट्रेन्डिङको नम्बर १ मा परेसंगै ‘म यस्तो गीत गाउँछु’का दर्शक तथा शुभचिन्तकलाई खुशीको सञ्चार भयो । ट्रेन्डिङमा परेको भिडियो एकाएक गायब हुँदा धेरै अचम्ममा परे । अचानक ट्रेलर गाएब हुँदा कतिले यसलाई युट्युबमा बुस्ट गरेर ट्रेण्डिङमा पारेको भन्न सम्म भ्याएका थिए । किनकी सामान्यतया कुनैपनि युट्युब भिडियोले ट्रेण्डिङमा परेपछि केही दिनसम्म आफ्नो स्थान सुरक्षित राखिरहन्छ । त्यसपछि विस्तारै तल पर्दै जान्छ जुन प्राकृतिक र स्वभाविक देखिन्छ । तर ‘म यस्तो गीत गाउँछु’को हकमा भने त्यो भएको थिएन । अस्वभाविक रुपमा ट्रेन्डिङबाट गायब भएको भिडियो फेरि त्यहि स्थानमा आएको छ । यसरी फेरि ट्रेण्डिङमा आउनुले पनि नेपाली दर्शकलाई अचम्मित तुल्याएको छ ।
युट्युबबाट १२ घण्टा हराएर फेरि ट्रेण्डिङमा आएको यो ट्रेलरको बारेमा जानकारी दिँदै निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुकमा, ह्याक भएका कारण ट्रेलर १२ घण्टा युट्युबबाट गाएब भएको खुलाएका छन् । असार ३० मा रिलिज हुने यो सिनेमामा पल शाह र पूजा शर्माले पहिलो पटक पर्दा बाँडेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com