AD_ Wide Top

प्रेमगीत-२ को ट्रेलर आउट कार्यक्रममा कट्टुका चर्चा , निर्माता र नायकवीच नै कुटाकुट

५ असार,२०७४  |   Forsee Network

below social share detail page adv


loading...
प्रेमगीत-२ को ट्रेलर आउट कार्यक्रममा कट्टुका चर्चा , निर्माता र नायकवीच नै कुटाकुट

यस वर्षको प्रतिक्षित सिनेमा प्रेमगीत-२ को ट्रेलर युट्युब मार्फत बाहिरिएको छ । ट्रेलर सार्वजनीक भएसंगै दर्शकको उत्साहजनक प्रतिक्रिया र प्रशंसा पनि पाएको छ । काठमाण्डौँको दरबारमार्ग स्थिती राइजिङ मलमा विशेष कार्यक्रम गरी सार्वजनीक गरिएको ट्रेलरलाई रंगपत्रकारहरुले अपेक्षा गरे भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा पत्रकारको प्रश्नजवाफमा केही रमाईला कुरा पनि भएका छन् । जुन कुराले हलमा हासोको गुन्जयमान भएको थियो । खास गरी ट्रेलरमा निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काले फाइटको सिनमा लगाएको कट्टु परिर्वतनको विषयमा पत्रकारले सोधेको जवाफ निर्माता सन्तोष सेनले दिदा माहोल रमाइलो भएको थियो । सेनको बोल्ने शैली साधारण र सिधा भएको कारण केही कुराले माहोल रमाइलो भएको हो । जुन कुरा तपाई भिडियोमा हेर्न सक्नुहुन्छ-

के छ त ट्रेलरमा?
विशेष गरी प्रेम र यात्रासंग सम्बन्धित विषयमा बनेको यो सिनेमामा नेपालको मुर्मा देखि थाइल्याण्ड बर्मा सम्मको सुन्दर दृश्यलाई प्रस्तुत गरीएको छ । नायक प्रदिप खड्का र निर्माता सन्तोष सेनको द्धन्दले सिनेमाको ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ । पुरुषोत्तम प्रधानको सिनेमेटोग्राफीले जादू गरेको छ । नायक प्रदीप खड्काको मिहिनेत देखिएको छ भने नेपाली सिनेमाको गुणस्तर एउटा बलिउड सिनेमाको जतिकै बनाउन सकिन्छ भन्ने ट्रेलरबाट देख्न सकिन्छ । दर्शकले युट्युबमा राम्रै प्रतिक्रिया दिइरहेको बेला सिनेमा ट्रेलरमा जतिकै राम्रो छ कि छैन भन्ने कुराले भने यति बेला धेरैले चासो दिएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com