AD_ Wide Top

सुन्दर देखिन शरीर जलाउने देखि जुकालाई टोकाउनेसम्म गर्छन् यी अभिनेत्री

१३ असार,२०७४  |   Agency

below social share detail page adv


loading...
सुन्दर देखिन शरीर जलाउने देखि जुकालाई टोकाउनेसम्म गर्छन् यी अभिनेत्री

सुन्दर देखिन सबैलाई मन लाग्छ । तर विशेष गरी अभिनेत्रीहरु यसमा बढी सजग र सचेत भएको हामी पाउँछौँ । अभिनेत्रीहरु सुन्दर देखिनको लागि के के सम्म गर्छन् ? त्यसको अन्दाज पनि कसैले गर्न सकेको हुँदैन । यस्तै सबैलाई चकित पार्दै अभिनेत्री उर्वशी रौतेलाले सुन्दर देखिन एक थेरापी गरेकी छिन् जुन निकै पीडादायक हुन्छ । उर्वशीले सुन्दर देखिनको लागि कपिंग थेरापीको सहारा लिएकी छिन् जुन युनिक हुनुका साथै निकै पीडादायि छ । कपिंग थेरापी एक किसिमको चाईनिज रिलेक्सेशन थेरेपी हो । यसको माध्ययमबाट शरीरको भित्र भएका नराम्रा कुराहरु बाहिर निकालिन्छ । र पछि स्किन टिश्युको अक्शिजन र अन्य तत्वहरु छालाको गहिराईसम्म पुर्याईन्छ ।

यसमा एक्युपंचर स्पेशलिस्ट कटनका डल्लाहरु पहिले रक्सीमा भिजाईन्छ र काँचका साना–साना ग्लास या कपमा राखेर त्यसमा आगो लगाईन्छ । पछि त्यो आगो निभाएर तातो भाँडालाई तुरुन्तै छालामा राखिन्छ । यो थेरापी बलिवुडमा यस अघि विजे बानीले प्रयोग गरेकी छिन् ।

Image result for kim kardashian

किम कारदर्शिया
हलिवुड रियालिटी स्टार किम कारदर्शियन सुन्दर देखिनको लागि ‘प्लेटेलेट रिच प्लाज्मा’ थेरापी गर्छिन् । यो थेरापीमा शरीरबाट रगत निकालेर त्यसलाई फेरि सुईबाट छालामा पठाईन्छ ।

demi-moore_1498486609

डेमी मूर
अभिनेत्री डेमी मूरको सुन्दराताको राज हो जुका । उनी आफ्नो छालाको चमक कायम राख्नको लागि जोंक थेरापी गर्छिन् । यो थेरापीको लागि उनी प्राय अस्ट्रेलिया जाने गर्छिन् । यो थेरापीमा धेरै जुकाहरु एकसाथ राखेर छालामा टोकाईन्छ जसले छाला जवान र चम्किलो देखिन्छ । तर यो थेरापी गर्दा निकै पीडा हुने गर्दछ । तर यो उपचारले छाला सम्बन्धि रोग पनि लाग्दैन ।

gwyneth-paltrow_149848661

ग्विनिथ पाल्ट्रो
अभिनेत्री ग्विनिथ पाल्ट्रो चाउरीपनबाट बच्नको लागि सर्पको बिषबाट बनेको क्रिमको प्रयोग गर्छिन् । यसको प्रयोगले अनुहारको चाउरीपन हराउँछ । ग्विनिथ यो क्रिम प्रयोग गर्ने पहिलो अभिनेत्री भने हैनन् । यस अघि अभिनेत्री केईरा नाईटली र जेसिका सिम्पसनले पनि सर्पको बिषको ट्रिटमेन्ट आफ्नो ओठमा गरिसकेका छन् । यो निकै पीडादायक हुन्छ ।

Image result for halle berry

हेली बेरी
अभिनेत्री हेली बेरी कम उमेरको देखिनको लागि कफिले शरीर स्क्रब गर्छिन् । यसले रक्तसञ्चार राम्रो रहन्छ र छाला कलिलो बनाउँछ ।

Image result for jennifer lopez

जेनिफर लोपेज
गायिका जेनिफर लोपेज सुन्दर हुनका लागि अचम्म लाग्दा उपचारहरु गर्छिन् । जसमध्येको एक हो ह्युमन प्लेसेंटा फेशियल । उनी स्किन चम्किलो रहिरहोस् भनेर रेगुलर ह्युमन प्लेसेंटा फेशियल गराउँछिन् ।

katie-holmes_1498486611

केटी होम्स
अभिनेत्री केटी होम्स प्लेसेंटा क्रिम प्रयोग गर्छिन् । प्लेसेंटा नालबाट बनेको क्रिम हो । प्लेसेंटामा भएको पोषक तत्वले छालालाई चम्काउन मद्दत गर्छ ।

Related image

स्कारलेट जोनसन
अभिनेत्री स्कारलेट आफ्नो छालाको खुबै ध्यान राख्छिन् । उनी छालाको चमक कायम राख्नका लागि साईडर सिरका पयोग गर्छिन् । एक अन्र्तवार्तामा स्कारलेटले यसको खुलासा गरेकी थिईन् ।

Related image

विक्टोरिया बेकहम
फेशन डिजाईनर विक्टोरिया बेकहम सुगाको दिशाले फेशियल गराउँछिन् । यसले उनको अनुहारको चमक कायम राख्छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com