AD_ Wide Top

बद्मासी गर्न खप्पीस स्वस्तीमा शिक्षकको गाली खाने नम्बर वान विद्यार्थी

२० असार,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
बद्मासी गर्न खप्पीस स्वस्तीमा शिक्षकको गाली खाने नम्बर वान विद्यार्थी

अभिनेत्री स्वस्तीमा खड्का असार २० गते २२ औँ जन्मदिन मनाउँदैछिन् । वि.स २०५२ असार २० अर्थात सन् १९९५ जुलाई ४ तारिखका दिन जन्मेकी उनले सानै उमेरमा सफलता हात पारेकी छिन् । धनकुटामा जन्मेकी उनले जन्मेको केहि दिनमा नै परिवार काठमाण्डौ सरेपछि बाल्यकाल नै काठमाण्डौमै बिताईन् । सानै उमेरमा मोडलिङ शुरु गरेकी उनले सिनेमामा गतिलो सफलता पाउने संकेत देखिन्छ । यतिबेला तेस्रो सिनेमा छक्का पञ्जा २ को छायाकंन सकेर बसेकी उनले सिनेमा होस्टेल रिटन्र्सबाट सिने नगरीमा प्रवेश गरेकी हुन् । त्यस्तै उनले सिनेमा लभ लभ लभमा पनि काम गरिसकेकी छिन् । उनले यी दुबै सिनेमाबाट दर्शकको राम्रो साथ र प्रतिकृया पनि पाईन् । अहिले उनलाई मन नपराउने र नराम्रो भन्नेहरु भेट्न मुश्किलै पर्छ । करिअर सँगसँगै उनी सामाजिक सञ्जालमा पनि धेरै ट्रोल हुने सेलिब्रेटीमा पर्छिन् ।

बाल्यकाल
स्वस्तीमाको स्कुलिङ विरेन्द्र सैनिक विद्यालय भक्तपुरमा भएको हो । उनलाई साढे दुई वर्षको उमेरमा स्कुल भर्ना गरिएको थियो । बाल्यकालमा एकदमै चकचके र धेरै बोल्ने स्वाभावकी उनी पढाईमा मध्ययम थिईन् । स्वस्तीमालाई सबै भन्दा मन नपर्ने अर्थात गाह्रो लाग्ने विषय भनेको गणित विषय थियो ।
उनी विद्यालयमा धेरै बोल्ने विद्यार्थीमा पर्थिन् । उनी भन्छिन्, ‘सरहरुले मलाई सम्झनु भयो भनेपनि हल्ला गर्ने र बद्मास विद्यार्थी भनेर सम्झनु हुन्छ होला (लामो हाँसो)।’ घरमा भन्दा पनि विद्यालयमा धेरै चकचक गर्ने र धेरै बोल्ने बानीका कारण शिक्षकको गाली खाने नम्बर वान विद्यार्थी थिईन् उनी ।

स्कुल जीवनको एक घटना सम्झँदै उनी भन्छिन्, ‘मलाई पानी परेपछि रुझ्न एकदमै मन पर्थ्यो । एकदिन विद्यालयमै छँदा पानी परेको थियो । अनि म पानीमा भिज्न जाँदा शिक्षिकाले देखेरे क्लासको समयभर उठबस गर्न लगाउनु भयो । यो कहिल्यै पनि बिर्सन सक्दिन ।’ विरेन्द्र सैनिकबाट बिद्यालय स्तरको पढाई सेकपछि उनले प्रमाणपत्र तहको पढाई थापाथली इन्जिनियरिङ क्याम्पसमा गरिन् । आर्किटेक्ट ईन्जिनियरिङ मा डिप्लोमा गरेकी उनी अब भने आफूलाई ईन्टेरियर डिजाईनिङ पढ्न मन लागेको बताउँछिन् ।

Image may contain: one or more people, people standing, car and outdoor

करियरको सुरुवात
उनलाई चलचित्र क्षेत्रमा लाग्ने इच्छा भने सानै देखि थियो । पहिलो पटक मिस टिनमा सहभागीता जनाउँदा उनको उमेर १६ बर्ष थियो । उनले दोश्रो पटक १७ बर्षको उमेरमा फेरि उक्त प्रतियोगितामा सहभागीता जनाएकी थिइन् र उत्कृष्ट पाँच सम्म पुगेकी थिईन् । मिस टिनमा सहभागीता जनाए पछि मिडिया क्षेत्रका धेरै व्यक्तिले उनलाई चिन्ने मौका पाए । जसले उनको कयिरलाई अघि बढ्न मद्दत पुर्यायो । मिस टिन पछि उनलाई फोटो शुटको अफर आउन थाले । त्यसपछि उनले भिडियोमा काम गर्ने मौका पनि पाईन् । उनको पहिलो म्युजिक भिडियो उदय श्रेष्ठको सक्दिन जिउन थियो । तर पहिलो भिडियोले उनको करियरमा खासै माथि उठाएन । त्यसपछि उनले बेबी कुची कुची मा मोडलिङ गरिन् । यहि गीतको चर्चा र सफलताले उनले फिल्मसम्म पुग्ने अवसर पाएकी हुन् । आफूले अभिनय गरेको पहिलो म्युजिक भिडियो टेलिभिजनमा सार्वजनिक हुँदा जीवनमै ठूलो उपलब्धी हाँसिल गरेको महसुस भएको उनी बताउँछिन् ।

Image may contain: 1 person, standing, outdoor and nature
चलचित्र यात्रा
स्वस्तीमाले म्युजिक भिडियोमा अभिनय गरेकै कारण चलचित्रमा खेल्ने मौका पाएकी हुन् । उनले अभिनय गरेको बेबी कुची—कुचीको भिडियो हेरेर नै चलचित्र निर्माता तथा निर्देशक सुनिल रावलले होस्टेल रिटन्र्सको लागि प्रस्ताव राखेका थिए । सानै उमेरमा चलचित्रका लागि अफर आउँदा आफूलाई अचम्म लागेको पनि उनले बताईन् । गरौँ की नगरौँ भन्ने दोधारमा रहेकी उनलाई फिल्मका निर्माता सुनिल रावलले फिल्मको वर्कशपहरु हेर मन परे गर नत्र नगर भनेपछि उनी वर्कशप हेर्न गईन् र वर्कशपहरु मन परेपछि फिल्ममा काम गर्ने निधो गरिन् । पहिलो सिनेमा होस्टेल रिटन्र्सपछि दोस्रो सिनेमा स्वरुप स्वस्तीमाले सिनेमा लभ लभ लभ मा काम गरिन् । त्यस्तै उनी अहिले ठूलो ब्यानरको सिनेमामा काम गर्न पाउने भाग्यमानी अभिनेत्री पनि बनिसकेकी छिन् । उनले तेस्रो सिनेमा स्वरुप छक्का पञ्जा २ मा काम गरिसकेकी छिन् जुन सिनेमा असोज ११ मा रिलिज हुँदैछ ।

निश्चलसंगको भेट
सिनेमा होस्टेल रिटन्र्सको छायाकंन सकिएपछि निश्चलसँग उनको भेट भएको थियो । तर सामाजिक सञ्जाल फेसबुकमा भने उनीहरु पहिले देखि नै एकअर्काको सम्पर्कमा थिए । सिनेमामा प्रवेश गर्न लाग्दा पनि निश्चलले स्वस्तीमालाई सुझाव सल्लाहहरु दिने गरेका थिए । २०७२ फागुन ५ मा निश्चलसँग लगन गाँठो कसेकी स्वस्तीमा एकअर्कालाई प्रपोज गरेबीना नै विवाह भएको बताउँछिन् । यी दुईको भेट र विवाह दुवैको परिवारले गराईदिएको हो । परिवारले विवाहको कुरा गरेपछि उनीहरुले एकअर्कालाई मनपराएको कुरा दुवैलाई थाहा थियो तर प्रस्ताव भने दुवैले राख्न सकेनन् ।

Image may contain: 2 people

निश्चलसँग बोलचाल बन्द भएको छ
जन्मदिनको अवसर पारेर स्वस्तीमासँग कुराकानी गर्ने मौका पाएका हामीले उनलाई एउटा प्रश्न गरिहाल्यौँ । श्रीमान् निश्चलसँग झगडा पर्छ की पर्दैन ? यसको जवाफमा उनले आफूहरुको खासै झगडा नपर्ने तर कहिले काहीभने तेस्रो व्यत्तिका कारण दुई जनाको बोलचाल बन्द हुने गरेको बताईन् । समग्रमा स्वस्तीमाको वैवाहिक जीवन सुखमय छ । स्वस्तीमा र निश्चलको जोडी नेपाली सिने उद्योगमा लोभलाग्दो जोडीका रुपमा परिचित छ । विवाह देखि अहिले सम्म उनीहरुको सहयात्रा राम्ररी अघि बढेको देखिन्छ ।
जन्मदिन परेकी स्वस्तीमालाई फर्सिनेटवर्कको तर्फबाट लाखौँलाख शुभकामना ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com