AD_ Wide Top

पूजा भन्छिन्, प्रेमगीतको छायाकंनमा फेरि फर्किन चाहन्छु

२६ असार,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
पूजा भन्छिन्, प्रेमगीतको छायाकंनमा फेरि फर्किन चाहन्छु

अभिनेत्री पूजा शर्माले ‘मधुमास’बाट सिनेमामा डेब्यु गरेकी हुन् । पहिलो सिनेमाबाट खासै राम्रो प्रतिकृया र सफलता नपाएकी उनले त्यसपछि अझै पनि, चङखे सङखे पङखेमा काम गरिन् । उनलाई यी दुई सिनेमाले केही मात्रामा चर्चामा ल्याए । तर उनको सफलता भने औसत रह्यो । उनले जब सिनेमा प्रेम गीतमा काम गरिन् उनी नेपाली सिनेमा उद्योगकी लभर गर्लको रुपमा स्थापित भईन् । बच्चा देखि बुढासम्म सबैको मन पर्ने नायिका बनिन् । प्रेम गीतले उनलाई दर्जनौँ सिनेमामा काम गरेर पाएको सफलता बराबरको सफलता दियो ।

प्रेम गीतको सफलताबारे कुरा गर्दै उनी भन्छिन्, “मलाई एउटा उदाहरणिय सिनेमा खेल्न मन थियो । दर्पण छायाँ नेपालमा सबैभन्दा धेरै कमाउने पहिलो सिनेमा हो र यसलाई कसैले पनि बिर्सेको छैनन । यो सबैको मन पर्ने सिनेमा बन्यो । यस्तै अविस्मरणिय, बच्चा देखि बुढा सबैले मन पराउने सिनेमा खेल्ने ह्याङ थियो म मा । त्यो प्रेमगीतले पूरा गरिदियो । यो मेरो जीवनकै ठूलो सफलता हो ।”
अहिले भने पूजा प्रेमगीतको टिममा छैनन् । तर यो सिनेमाका धेरै यादहरु छन् जसलाई उनी बिर्सन सक्दिनन् । जस मध्येको एउटा याद हो सिनेमाको छायाकंन । बिगतका कुनै पलमा तपाईँ फेरि फर्किन चाहनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, मिल्ने भए म फेरि स्कुलका दिनहरुमा, बाल्यकालमा फर्किन्थे । त्यस्तै प्रेमगीत छायाकंन गर्दामा ती दिनहरुमा पनि फेरि फर्किन पाए, आहा भन्ने लाग्छ ।
प्रेमगीतपछि पूजाले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु असार ३० मा रिलिज हुँदैछ । यस सिनेमामा पूजासँगै पलले अभिनय गरेका छन् । म यस्तो गीत गाउँछु लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने पूजा र सुदर्शनले सयुंत्त रुपमा यसलाई निर्माण गरेका हुन् । सिनेमाको प्रमोशनको क्रममा हामीले उनीसँग भिडियो कुराकानी गरेका छौँ । जसमा उनले अन्य केही गोप्य कुराहरु पनि सेयर गरेकी छिन् । हेर्नुहोस् भिडियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com