AD_ Wide Top

श्रीमतीका लागि ब्रत बस्ने कलाकार किरण केसी भन्छन : झगडा परेको थाहै छैन

१९ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
श्रीमतीका लागि ब्रत बस्ने कलाकार किरण केसी भन्छन : झगडा परेको थाहै छैन

चार दशक एक साथ बिताउँदा पनि एकअर्कासँग मनमुटाव भएको छैन । एकले अर्कालाई पूर्ण रुपमा साथ र सहयोग गरेर अघि बढेका छन् । दुई छोरा र एक छोरीका आमा बुवा बनेर हजुरबुवा हजुरआमा बनिसक्दा पनि एकले अर्कालाई गर्ने मायामा कमी भएको छैन । एकले अर्काको कामको लागि पूर्ण रुपमा साथ र सहयोग गरिरहेका छन् । एक सफल र खुसी दम्पतीको जिन्दगी जिईरहेका छन् । यो जोडी हो हाँस्यकलाकार किरण केसी उर्फ राता मकै, चिकेन चिल्ली र सीता केसीको । किरण केसी र सीता केसीको विवाह भएको चार दशक पुगिसकेको छ । यी दुईले मागी विवाह गरेका थिए । मागी विवाह गरेपनि एकले अर्कालाई बुझ्न खासै समय लागेन । यहि कारण उनीहरुको वैवाहिक जीवन सुखद तरिकाले अघि बढ्यो । यो जोडीको दाबी अनुसार वैवाहिक जीवनको चार दशकमा आफूहरु बीच कुनै पनि कुरामा विवाद भएको याद पनि छैन । दुवै जना भन्छन्, ‘हाम्रो त झगडा परेकै थाहा छैन ।’cc new

तर किरण केसीले मद्यपान गर्नेताका भने श्रीमती सीताले चित्त दुखाउने गर्थिन् । १५ वर्षयता धुम्रपान र मद्यपानबाट टाढा छन् किरण । तर मद्यपान गर्ने समयमा उनी घर ढिला आउने भएका कारण सीताले मन दुखाउने गर्थिन् । उनीहरुबीचको मनमुटाव र विवाद जे भनेपनि यहि नै हो । तर किरणले आफूलाई धुम्रपान र मद्यपानबाट टाढा राखे पछि भने यो जोडीले एकले अर्काको मन दुखाउने काम कहिल्यै पनि गरेको छैन । यस विषयमा बोल्दै किरण भन्छन्, ‘कहिले काही मेलै नै गल्ती गरेर उनलाई रिसाउने बनाएको छु । आधा घण्टा, बढीमा डेढ घण्टासम्म उनी नबोलेर बसेको पल भने छ । अरु त केही पनि छैन । म कलाकारिताको मान्छे । यस क्षेत्रका बारेमा मैले उनलाई भन्नुपर्ने अवस्था पनि आएको छैन । उनी आफैले बुझिदिएकी छिन् । यस्तो अवस्थामा हामीबीच कहिल्यै पनि विवाद हुने अवस्था नै सिर्जना भएको छैन । उनले दिएको साथ र गरेको सपोर्टको लागि मेरो एउटा जिब्रोले मात्रै प्रशंसा गरेर पुग्दै पुग्दैन । हजार जिब्रो भए पनि पुग्छ जस्तो लाग्दैन मलाई । जीवन साथी असाध्यै असल पाएका कारण पनि म सार्थक छु । जीवन साथीको रुपमा उनलाई मेरो जीवनमा पठाईदिएकोमा भगवानलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’

किरण केसीको अहिलेको सफलतामा किरणले जत्तिको मेहनत गरेका छन् त्यत्तिकै मेहनत उनकी श्रीमती सीता केसीले पनि गरेकी छिन् । किरणका हरेक कामका लागि उनको साथ र सहयोगले निकै ठूलो भूमिका खेलेको छ । आफ्नो श्रीमान्को काम राम्रो होस् भन्ने हिसाबले नै सीता किरणको कामको कमीक मजोरीहरु औँल्याउने र ती कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव पनि दिन्छिन् । किरण पनि श्रीमतीका हरेक सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढेका छन् ।
श्रीमतीको लागि ब्रत बस्छन् किरण
प्राय श्रीमती श्रीमान्को लागि ब्रत बस्ने गर्छन् । तर अपवाद र अनौठो किरण केसी भने श्रीमतीको लागि ब्रत बस्न थालेको नै झण्डै ३० वर्ष भईसकेको छ । यस विषयमा किरण भन्छन्, मेरी श्रीमतीले मेरो आयु बढाउनको लागि ब्रत बस्छिन् भने मैलै पनि उनको लागि केही गर्नु पर्यो नी । यहि कारण म उनको लागि ब्रत बस्न थालेको पनि झण्डै ३० वर्ष भयो । म साउनको सोमबार आराध्य देव भगवान् पशुपति नाथसँग उनको दीर्घ जीवन, उनको सुस्वास्थ्यको लागि प्राथना गरेर ब्रत बस्ने गरेको छु । अनि तीजमा पनि ब्रत बस्छु त्यो सबै उनको लागि ।’


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com