AD_ Wide Top

कुन अभिनेत्री कस्को डिजाईनमा हिँड्छन् ?

३१ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
कुन अभिनेत्री कस्को डिजाईनमा हिँड्छन् ?

सिनेमाको आर्कषण बनेर रहेका हुन्छन् अभिनेत्रीहरु । यहि कारण पनि उनीहरुको लुक्समा धेरैको ध्यान जान्छ । कुन अभिनेत्रीले के र कस्तो लुगा लगाए यो धेरैको चासोको विषय बनेर उभिएको हुन्छ । धेरैको ध्यान आफूमै केन्द्रित रहने गरेकाले पनि हुन सक्छ पछिल्लो समयमा प्राय अभिनेत्रीहरु ड्रेसमा सचेत हुन थालेका छन् । उनीहरु प्राय आफूलाई अरु भन्दा बेग्लै र सुन्दर देखाउने होडमा देखिन्छन् । प्राय अभिनेत्रीहरुले आफू सुहाउँदो डिजाईन र रंगमा ड्रेसहरु लगाउँदै आएका छन् । पछिल्लो समयमा प्राय अभिनेत्रीका आ–आफ्नै ड्रेस डिजाईनर छन् । आज हामीले नेपाली अभिनेत्री को कस्को डिजाईनमा हिड्छन् ? त्यस बारेमा एक सामाग्री तयार पारेका छौँ ।

दीपाश्री निरौला20638955_1539579742773150_5489561556135147347_n (1)
कलाकार तथा निर्देशक दीपाश्री निरौला पछिल्लो समय डिजाईनर रोजिना श्रेष्ठको डिजाईनमा हिड्दै आएकी छिन् । केही दिन अघि सम्पन्न एल जी फिल्म अवार्ड र एन एफ डि सी अवार्डमा दीपाश्री रोजिनाले डिजाईन गरेको साडीमा देखिएकी थिईन् । त्यस्तै दीपक राज गिरीका छोराको विवाहमा पनि दीपाश्री रोजिनाकै डिजाईनमा पुगेकी थिईन् । डिजाईन गरेका साडीहरुमा दीपा श्री बढी देखिएकी छिन् । दीपाले यस अघि उत्तम क्रियशन र काजल क्रियशनका ड्रेसहरु लगाईसकेकी छिन् ।

संचिता लुईटेल 20294140_1462626807128089_6908626354507266178_n
अभिनेत्री संचिता लुईटेलले सिने करिअरमा झण्डै दर्जन जति डिजाईनरका डिजाईनमा आफूलाई प्रस्तुत गर्ने मौका पाईसकेकी छिन् । पछिल्लो समयमा उनी चावहिलको के एल टावरमा रहेको लेडिज डे बुटिकका ड्रेसहरु लगाउछिन् । यहाँ संचिताका लागि डिजाईनर सन्तोषी श्रेष्ठले ड्रेसहरु डिजाईन गर्दै आएकी छिन् । यस अघि संचिताले नमुना बुटिक, कायरा बुटिक, डिजाईनर शम्भु राईद्धवारा डिजाईन गरिएका ड्रेसहरु लगाईसकेकी छिन् । निखिल उप्रेतसिँग विवाह गरेर दुई सन्तानकी आमा बनेकी संचिता अहिले भने २८ किलो तौल घटाएर सिनेमामै सक्रिय छिन् । हाल उनी सिनेमा लिलाको प्रमोशनमा व्यस्त छन् । आमा बनेपछि मुख्य अभिनेत्रीको रुपमा सिनेमा ‘राधा’ मार्फत कमब्याक गरेकी संचिताले त्यस अघि सिनेमा ‘नाई नभन्नु ल ३’ मा विशेष भूमिका भने निर्वाह गरेकी थिईन् ।

नम्रता श्रेष्ठ namrata
फेशनमा ध्यान दिने अभिनेत्रीमै पर्छिन् नम्रता श्रेष्ठ । नम्रतालाई मन पर्ने ड्रेसहरुमा जिन्स, टिशर्ट र स्कर्ट पर्छन् । उनी आफूलाई सहज लाग्ने हरेक प्रकारका पहिरनमा हिड्न मन पराउँछिन् । अघि पछि सामान्य भएर हिड्ने नम्रता सिनेमाका अवार्ड शो र अन्य ईभेन्टहरुमा भने डिजाईनिङ ड्रेसहरुमा पुग्छिन् । पछिल्लो समय नम्रता डिजाईनर शिवांगी प्रधान र रश्ना श्रेष्ठले डिजाईन गरेका ड्रेसहरुमा प्रस्तुत हुँदै आएकी छिन् । उनलाई मन पर्ने डिजाईनर भने रितु बेरी हुन् ।

स्वेता खड्काshweta
सानै देखि अरु भन्दा बेग्लै देखिन मन पराउने अभिनेत्री स्वेता खड्काले डिजाईनरले बनाएको ड्रेस पनि धेरै पटक फर्काएको रेकर्ड छ । एकताका स्वेता डिजाईनर रोजिना श्रेष्ठको डिजाईनमा खुबै हिँडीन् । तर स्वेताको लागि ड्रेस बनाउन रोजिनालई हम्मे हम्मे पर्थ्यो । अहिले पनि बेलाबखतमा स्वेता रोजिनाले डिजाईन गरेको ड्रेसमा हिँड्छन् । तर पछिल्लो समयमा स्वेतालाई डिजाईनर रोविन परियारको (नयाँ बानेश्वरको शान्तिनगरमा रहेको रोविन क्रियशन)को डिजाईन मन पर्न थालेको छ । उनले बिगत ६ महिना यता देखि रोविनको डिजाईनमा बनेका लुगाहरु लगाउन थालेकी छिन् । स्वेताको लागि ड्रेस डिजाईन गर्न त्यति सहज नभएको रोबिन पनि बताउँछन् । तर रोविनले बनाएका ड्रेसहरुमा भने स्वेताले खासै खोट निकाल्ने गरेकी छैनन् । अरुले भन्दा बेग्लै ड्रेसहरु लगायो भने मात्रै क्याची भईन्छ भन्ने सोच स्वेताको छ । यहि कारण पनि स्वेतालाई जस्तो पायो त्यस्तै ड्रेसहरुमा आँखा जाँदैन ।

प्रियंका कार्कीpriyanka
धेरैले प्रियंका कार्कीलाई नेपाली सिनेमाकी फेशन आईकन भन्न पनि थालेका छन् । उनले लगाएका प्राय ड्रेसहरुको चर्चा सिने नगरीमा हुने गरेको छ । कुनै पनि ईभेन्टमा उपस्थित हुनुभन्दा अघि उनी आफूलाई लगाउन मन लागेको ड्रेस र कलरको बारेमा आफ्ना डिजाईनरलाई जानकारी दिने गर्छिन् । उनका डिजाईनरले उनको रोजाई र उनको शरीरको आकार अनुसारको स्केच बनाउँछन् र ड्रेस डिजाईन गर्छन् । प्रियंकाले प्राय क्रस रोड एपिरियलका ड्रेसहरु लगाउने गरेकी छिन् । क्रस रोड एपिरियल बुटिककी डिजाईनर आश्रिता भँडेलले प्रियंकाका लागि जति बेला चाहियो त्यतिबेलै ड्रेसहरु डिजाईन गरिदिँदै आएकी छिन् । त्यस्तै प्रियंकाले डिजाईनर सिवांगी प्रधान र युवि थापाद्ध्वारा डिजाईन गरिएका ड्रेसहरु पनि लगाउँदै आएकी छिन् । प्रियंका आफू जस्तो सुकै ड्रेसमा पनि सहज रुपमा प्रस्तुत हुने बताउँछिन् ।

पूजा शर्मा puja
अभिनेत्री तथा निर्मात्री पूजा शर्माले विश्व गौतमको डिर्जाईनमा बनेका ड्रेस लगाउन थालेको डेढ वर्ष भईसकेको छ । पछिल्लो समय फेशनमा सचेत देखिने पूजालाई विश्व गौतमका प्राय डिजाईनहरु मन पर्छन् । विश्व गौतम भन्दा अघि पूजा डिजाईनर युवी थापाको डिजाईनमा बनेका लुगाहरु लगाउँथिन् । पूजा २ वर्ष युवी थापाको डिजाईनमा हिँडिन् । तर पछिल्लो समयमा भने उनी पूर्ण रुपमा विश्व गौतमको डिजाईनमा हिड्ने गरेकी छिन् । पूजालाई मन पर्ने कलर सेतो र निलो हो । तर उनी आफूलाई मन पर्ने डिजाईन भएका लुगाहरु सहज र सुहाउँदो भयो भने त्यसको रंग पनि हेर्ने गर्दिनन् । कहिले काही भने डिजाईनरले डिजाईन गरिसकेका ड्रेसहरु मन नपरेर फेरि डिजाईन गर्न लगाउने र फर्काउने काम भएको पूजा बताउँछिन् ।

स्वस्तिमा खड्काswostima
विशेष गरी साडी र लेहेंगाहरुका लागि चर्चित अलिशाज क्रियशन अभिनेत्री स्वस्तीमा खड्काको मन पर्ने बुटिक हो । सेलिब्रेटी माझ मात्रै नभयर आम मानिसहरुमा पनि उत्तिकै चर्चित रहेको अलिशाज क्रियशनका हरेक ड्रेसहरु आफूलाई मन पर्ने स्वस्तीमा बताउँछिन् । स्वस्तीमा प्राय साडी र लेहेंगाहरु कुपण्डोलस्थित अलिशाज क्रियशनबाटै ल्याउँछिन् । सिनेमा ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’मा स्वस्तीमाले लगाएको डे्रस पनि अलिशाकै डिजाईन हो । यसका अलावा उनी डिजाईनर रोजिना श्रेष्ठ र युवी थापाका डिजाईन ड्रेसमा पनि कहिले काही हिड्ने गरेकी छिन् ।

रीमा विश्वकर्माuttam banepali
अभिनेत्री रीमा विश्वकर्मा बिगत एक दशक देखि डिजाईनर उत्तम बनेपालीको ड्रेस डिजाईनमा हिड्दै आएकी छिन् । उनी ड्रेसअपमा चुजी छिन् तर उनी आफूलाई ड्रेसअपमा चुजी प्रोफेशनले बनाएको बताउँछिन् । रीमा कुनै पनि ड्रेस डिजाईन गर्नु अघि नै डिजाईन फिक्स गर्छिन् । किनकी उनलाई बनाईसकेको ड्रेसलाई फर्काउन मन लाग्दैन । सेलिब्रेटी भईसकेपछि फरक लुक्स दिने प्रयत्न गर्नु पर्ने भन्दै रीमा आफूलाई सहज हुने ड्रेसहरुमा प्रस्तुत गर्ने बताउँछिन् ।

kekiकेकी अधिकारी
अभिनेत्री केकी अधिकारीलाई जिन्स पाईन्ट र टप्स सहज लाग्छ । उनी फर्मल कार्यक्रमहरुमा जाँदा सारी र गाउन रोज्छिन् । कालो र रातो रंग मन पराउने केकी विदेशमा भएका कार्यक्रमहरुमा जाँदा प्राय उतैबाट आफ्नो लागि ड्रेसहरु ल्याउने गर्छिन् । स्वदेशमा आयोजना हुने कार्यक्रममा भने उनी प्राय ड्रेसहरु डिजाईनर हाउसबाट ल्याउँछिन् । यसरी ड्रेस ल्याउँदा काम सकिएपछि फिर्ता गर्न पनि मिल्छ यो कुरा केकीलाई सहज लाग्छ । उनी मौका मिलेको खण्डमा व्यक्तिगत रुपमै डिजाईनरहरुसँग ड्रेस डिजाईन गर्न पनि लगाउँछिन् । पछिल्लो समयमा उनले डिजाईनर रोजिना श्रेष्ठले डिजाईन गरेका ड्रेसहरुमा आफूलाई  विभिन्न अवार्ड र ईभेन्टहरुमा प्रस्तुत गर्दै आएकी छिन् । त्यस्तै उनी डिजाईनर आश्रिता भडेलका डिजाईनमा पनि बेलाखतमा देखिने गरेकी छिन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह, अश्लेषा ठकुरी 

aslesha‘प्रेम गीत २’ अभिनेत्री अश्लेषा ठकुरी सिनेमा प्रमोशनको समयावधिभर डिजाईनर युवी थापाले डिजाईन गरेका ड्रेसहरुमा हिँडीन् । सिनेमाका निर्माता सन्तोष सेनले सिनेमा प्रमोशन गर्दा ड्रेसमा हुने खर्चको जिम्मा आफैले लिएका थिए । निर्माताकै सुझावमा अश्लेषाले युवि थापाका ड्रेसहरुमा आफूलाई प्रस्तुत गरेकी थिईन् । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी पनि प्राय युवि थापाका ड्रेसहरुमा हिड्ने गरेकी छिन् । साम्राज्ञीलाई कस्तो रंग, कस्तो डिजाईन सुहाउँछ भन्ने कुरा युवीसँग जति अनुभव अरु डिजाईनरहरुसँग छैन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com