AD_ Wide Top

डेब्यु देखि अहिलेसम्म कति बदलिए यी कलाकार ?

७४ भदौ १९ गते १६ : २३  |   Gufgaf.com

below social share detail page adv


loading...
डेब्यु देखि अहिलेसम्म कति बदलिए यी कलाकार ?

राधिका कँडेल

समयसँगै सबै मानिसमा परिवर्तन आउनु स्वभाविक नै हो । यस्तै प्राय सबै कलाकारहरुमा पनि सफलतासँगै परिवर्तन आएको हामीले देखेका हुन्छौँ । शुरुवातमा सामान्य रुपमा सिनेमामा प्रवेश गर्ने कलाकारहरुमा सफलतासँग, समयसँगै चमकता थपिएको पाईन्छ । आज हामीले डेब्यु देखि अहिलेसम्म कति बदलिए त सिने कलाकार ? त्यसको बारेमा एक सामाग्री तयार पारेका छौँ । हामीले यस सामाग्रीमा अहिले पनि सक्रिय रहेका केही चर्चित र सफल कलाकारलाई समेटेका छौँ ।

Dipa shree niraulaदीपा श्री निरौला
अहिले निर्देशकको रुपमा सफलता पाएकी दीपाश्री निरौलाले कलाकारिताको शुरुवात सिनेमाबाट गरेकी हुन् । सिनेमाकी अभिनेत्री बन्नकै लागि दीपाश्री विराटनगरबाट काठमाण्डौ आएकी थिईन् । उनले २०४९ सालमा सिनेमा ‘संगीनी’बाट सिनेमामा डेब्यु गरेकी हुन् । तर उनले सानो पर्दा अर्थात सिरियलमा भने २०४८ सालमा टेलिसिरियल ‘अग्निपथ’बाट डेब्यु गरेकी थिईन् । उनको डेब्यु सिनेमा र अहिलेको लुक्समा आकाश पातालको फरक भेटिन्छ । पहिलेको तुलनामा उनको सुन्दरता पनि बढेको छ । उमेर बढेसँगै उनको सुन्दरतामा भने कुनै पनि कमी आएको छैन । बरु बढ्दै गएको छ ।

BHUWAN KCभुवन केसी
अंग्रेजी मिति अनुसार सज् १९८३ को सिनेमा ‘जुनी’मार्फत अभिनेता भुवन केसीले सिनेमामा ब्रेक लिएका हुन् । भुवन केसीले सय भन्दा धेरै सिनेमामा काम गरेका छन् । यी मध्ये पनि उनले काम गरेको सिनेमा ‘कुसुमे रुमाल’ सर्वाधिक चर्चामा रह्यो । यस सिनेमाले रजत जयन्ती मनाईसकेको छ । पछिल्लो समयमा उनी अभिनेताको रुपमा भन्दा पनि निर्माता र निर्देशकको रुपमा सिने क्षेत्रमा सक्रिय छन् । एकताका सिनेमा क्षेत्रमा राज गरेका भुवनका छोरा अनमोल केसी अहिले सुपरस्टारको रुपमा छाएका छन् । अहिले भुवन आफ्नो भन्दा पनि छोराको लागि सिनेमा व्यस्त छन् ।

karishma

करिश्मा मानन्धर
सदाबहार सुन्दरीको परिचय पाएकी अभिनेत्री करिश्मा मान्धर अहिले पनि सिनेमा क्षेत्रमै सक्रिय छिन् । उनको अभिनय पातलिँदै गएको भएपनि निर्मात्रीको रुपमा उनी यहि क्षेत्रमा निरन्तर लागिरहेकी छिन् । गत वर्ष मात्रै उनले सिनेमा ‘फागु’ निर्माण गरिन् । तर सिनेमाले खासै राम्रो व्यापार भने गर्न सकेन । त्यस्तै उनी सिनेमा सम्बन्धि विभिन्न ईभेन्टहरुमा सहभागी हुँदै आएकी छिन् । करिश्माले सन् १९८८ मा सिनेमा ‘सन्तान’बाट सिनेमामा डेब्यु गरेकी हुन् । यस सिनेमामा उनी अभिनेता भुवन केसीकी श्रीमतीको भूमिकामा छिन् ।

rajesh hamalराजेश हमाल
अभिनेता राजेश हमाल नेपाली सिनेमा उद्योगका पढेका कलाकारहरुको सूचिमा पर्छन् । पछिल्लो समयमा स्नातकोत्तर गर्ने अन्य कलाकारहरु थपिए तर एकताका भने राजेश हमाल मात्रै थिए जसले स्नातकोत्तर गरेर पनि सिनेमामा हिरो बनेका थिए । राजेशले सिनेमा ‘युग देखि युग सम्म’बाट सिने नगरीमा प्रवेश गरेका हुन् । सय भन्दा धेरै सिनेमामा काम गरिसकेका राजेश पछिल्लो समयमा भने सिनेमा भन्दा बढी बिज्ञापनहरुमा व्यस्त छन् । यसका साथै उनी वैवाहिक जीवनमा पनि रमाईरहेका छन् ।

SUSMITA KC

शुष्मिता केसी
किशोर रानाको निर्देशन तथा भुवन केसीको सिनेमा ‘करोडपति’बाट अभिनेत्री शुष्मिता बोम्जन केसीले सिनेमामा डेब्यु गरेकी हुन् । यो सिनेमामा उनले भुवन केसीको को–स्टारको रुपमा काम गरेकी छिन् । आफ्नै श्रीमान्को सिनेमाबाट डेब्यु गरेकी शुष्मिता अहिले भने भुवनबाट अलग भईसकेकी छिन् । तै पनि उनी सिनेमामा भने सक्रिय छिन् । बेलाबखतमा सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिले चर्चामा आउने गरेकी शुष्मिता अभिनयमा नभएर फिल्म निर्माण र निर्देशनमा सक्रिय छिन् । गत वर्ष उनले सिनेमा ‘म त तिम्रै हुँ’ ले अपेक्षाकृत रुपमा राम्रो गर्न सकेन । तर यतिबेला उनी सिनेमा ‘बाँबरी फूलको बोट’को तयारीमा जुटेकी छिन् ।

NIKHIL UPRETIनिखिल उप्रेती
१७ वर्ष अघि देशभक्त खनालको निर्देशन रहेको सिनेमा ‘पिंजडा’ मार्फत सिने नगरीमा डेब्यु गरेका अभिनेता निखिल उप्रेती अहिले झनै खारिएर सिनेमामा सक्रिय भएका छन् । नेपाली सिनेमामा सफल भईसकेपछि पाँच वर्ष उनी मुम्बई बसेर आए । उनले पाँच वर्षपछि सिनेमा ‘भैरव’ मार्फत कमब्याक गरे । त्यसपछि उनी लगातार सिनेमा खेलिरहेका छन् । यतिबेला उनी सिनेमा ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को छायाकंनमा जुटेका छन् । त्यस्तै उनी डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’को काममा पनि जुटेका छन् ।

Ramesh upretiरमेश उप्रेती
अभिनेता रमेश उप्रेती भिलेन बन्दा बन्दै हिरो बनेका हुन् । सिनेमा रगतमा भिलेनको रुपमा डेब्यु गरेका रमेशले भुवन केसीको सिनेमा करोडपति र दीपक रायमाझीको सिनेमा यो मायाले लौन सतायोमा पनि भिलेन भएरै काम गरे । पछि उनले सिनेमा पराईघर मार्फत मुख्य अभिनेताको रुपमा सिनेमामा ब्रेक लिएका हुन् । सिनेमामा सफल भईसकेपछि रमेश बीचमा सात वर्ष अमेरिकामा बसेर फेरि सिनेमा ब्रासलेटमार्फत गत वर्ष कमब्याक गरेका छन् । अहिले रमेश सिनेमा ‘ऐश्वर्य’को प्रचार प्रसारमा जुटेका छन् ।

niruta singhनिरुता सिंह
निर्देशक तुलसी घिमिरे र निरुताका बुवा मिल्ने साथी भएका कारण उनलाई सिनेमामा आउन सहज भएको बताईन्छ । तुलसी घिमिरेकै सिनेमा ‘दक्षिणा’बाट सिने नगरीमा ब्रेक लिएकी निरुता सिंह अहिले मुम्बईमा छिन् । मुम्बईमा रहेकी निरुताले केही भारतीय बिज्ञापन र सिरियलहरुमा काम गरिरहेकी छिन् । यसका साथै उनले ईन्टेरियर डिजाईनको काम पनि गरिरहेकी छिन् । दार्जिलिङमा जन्मेकी निरुता नेपाली सिनेमा उद्योगकी सफल अभिनेत्रीको रुपमा स्थापित छन् ।

sanchita luitelसंचिता लुईँटेल
अभिनेत्री संचिता लुईँटेल विवाहपछि दुई सन्तानकी आमा हुँदा पनि सिनेमामा सक्रिय छिन् । सिनेमा ‘अप्सरा’बाट सिने नगरीमा डेब्यु गरेकी संचिताले त्यसपछि दर्जनौँ सिनेमामा काम गरिन् । उनले काम गरेका सिनेमा मध्ये माया त माया हो, कोही मेरो, चट्टान, सम्झना, दाग, चोर सीपाही लगायत लोकप्रिय बने । आमा बनेपछि उनले गतवर्ष सिनेमा ‘राधा’मा मुख्य अभिनेत्रीको रुपमा काम गरिन् । त्यस्तै उनी अभिनित सिनेमा ‘लिला’ र ‘खतरनाक’ पनि प्रदर्शनको तयारीमा छन् ।

jharna thapaझरना थापा
अभिनेत्री निर्मात्री हुँदै निर्देशक बनेकी झरना थापाले विवाह अघि सिनेमा ‘दाईजो’मार्फत सिने नगरीमा प्रवेश गरेकी थिईन् । यस सिनेमामा उनलाई नयाँ प्रस्तुतिको रुपमा देख्न सकिन्छ । विवाह पछि झरना थापाको रुपले परिचित भएकी झरनालाई यस सिनेमामा झरना राजभण्डारीको रुपमा प्रस्तुत गरिएको छ । विवाह अघि नै सिनेमामा प्रवेश गरेको भएपनि उनी व्यावसायिक रुपमा भने विवाह पछि अघि बढिन् । डेब्यु सिनेमा दाईजोमा उनी हरिको भूमिकामा छिन् ।

rekha thapa

रेखा थापा
१६ वर्षको उमेरमा सिनेमा ‘हिरो’बाट नेपाली सिनेमामा ब्रेक लिएकी अभिनेत्री रेखा थापा अहिले निर्मात्री, निर्देशक सबै बनिसकेकी छिन् । अहिले उनले निर्माण गरेको सिनेमा ‘रुद्र प्रिया’ रिलिजको तयारीमा छ । एस एल सी दिएलगत्तै सिनेमामा प्रवेश गरेकी रेखामा पनि समयसँगै धेरै परिवर्तन आएको छ । रेखाले सय भन्दा धेरै सिनेमामा काम गरेकी छिन् । उनले काम गरेका सिनेमामध्ये, हिरो, किस्मत, धड्कन, हिफाजत, रावण, हिम्मत, मितिनी हिम्मतवाली, काली लगायत चर्चामा छन् ।

aryan sigdelआर्यन सिग्देल
सिनेमा ‘किस्मत’बाट सिने नगरीमा डेब्यु गरेका अभिनेता आर्यन सिग्देल चक्लेटी अभिनेताका रुपमा स्थापित भएका छन् । यतिबेला सिनेमा ‘रुद्र प्रिया’को काममा व्यस्त रहेका उनी ‘किस्मत’ देखि ‘रुद्र प्रिया’सम्म आई पुग्दा धेरै परिवर्तन भएका छन् । पहिलेको तुलनामा आर्यन अहिले आकर्षक देखिन्छन् ।

namrata shrestha

नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठको पहिलो सिनेमा हो ‘सानो संसार’ । आलोक नेम्वाङको निर्देशन रहेको सिनेमा ‘सानो संसार’बाट मुख्य अभिनेत्रीको रुपमा डेब्यु गरेकी नम्रताले बाल कलाकारहको रुपमा भने सिनेमा ‘संगीनी’मा काम गरेकी थिईन् । नम्रताले सानो संसार पछि सिनेमा मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, पर्व लगायतका सिनेमामा काम गरेकी छिन् । नम्रता नेपाली सिने उद्योगकी महंगी अभिनेत्री पनि हुन् ।

priyankaप्रियंका कार्की
कामको हिसाबले अभिनेत्री प्रियंका कार्कीको पहिलो सिनेमा हो ‘मेरो बेस्ट फ्रेण्ड’ । तर रिलिजको हिराबले भने उनको पहिलो सिनेमा ‘कलिवुड’ हो । अहिले नेपाली सिनेमा क्षेत्रकी फेशन आईकनको रुममा चिनिएकी प्रियंका कार्की पनि पहिलो सिनेमामा भने सामान्य देखिन्छन् । उनको पहिलो सिनेमाको लुक्स र अहिलेको लुक्समा धेरै परिवर्तन देखिन्छ । यतिबेला प्रियंका सिनेमा ‘छक्का पञ्जा २’, ‘फाटेको जुत्ता’को प्रमोशनमा जुटेकी छिन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com