AD_ Wide Top

जसले सानै उमेरमा सफलता पाए

७४ भदौ २६ गते १५ : १५  |   Gufgaf

below social share detail page adv


loading...
जसले सानै उमेरमा सफलता पाए

नम्रता श्रेष्ठ, प्रियंका कार्की, सलोन बस्नेत, संयम पूरी लगायतका कलाकारहरुले बाल कलाकारको रुपमा यस क्षेत्रमा प्रवेश गरे । उनीहरुले बालकलाकारको रुपमा दर्शकको माया पनि पाए । अहिले आएर मुख्य कलाकारको रुपमा पनि यी कलाकारहरुले दर्शकको साथ पाईरहेका छन् ।
तर केही कलाकारहरु यस्ता पनि छन् जसले सानै उमेरमा मुख्य कलाकारको रुपमा सिनेमामा आएर दर्शकको साथ र माया पाएका छन् । सानै उमेरमा सफलता हात पारेका केही कलाकारहरुको बारेमा आज हामीले एक सामाग्री तयार पारेका छौँ ।

ANMOL KCअनमोल केसी
सुनिल रावलको सिनेमा ‘होस्टेल’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका अभिनेता अनमोल केसी पहिलो सिनेमाबाटै स्टार बने । उनको पहिलो सिनेमा नै दर्शकले रुचाएपछि उनी दोस्रो सिनेमास्वरुप ‘जेरी’मा देखा परे । पहिलो सिनेमाको तुलनामा उनलाई ‘जेरी’ले बढी सफलता दियो । उनको सफलता तेस्रो सिनेमा ‘ड्रिम्स’सम्म आईपुग्दा अझै चुलियो । त्यसपछि चौथो सिनेमा ‘गाजलु’ले पनि उनको सफलतालाई कायम राख्यो । यसैको फलस्वरुप उनी सिनेमा ‘कृ’ मार्फत फेरि पर्दामा आउँदैन् । १९ वर्षको उमेरमा सिनेमामा प्रवेश गरेका अनमोेल सानै उमेरमा ठूलो सफलता हात पार्ने कलाकारमा पर्छन् । २३ वर्षिय अनमोलले दशकौँ सम्म काम गरेर नपाएका कलाकारको भन्दा बढी सफलता पाएका छन् ।

SM LLसाम्राज्ञी राज्यलक्ष्मी शाह
सिनेमा ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पनि सानै उमेरमा सफलता पाउने कलाकारको सूचिमा पर्छिन् । २१ बर्षिय उनले १९ वर्षको उमेरमा सिनेमा ‘ड्रिम्स’मा काम गरेकी थिईन् । केही समय अघि हामीसँग कुराकानी गर्दै उनले सिनेमा ‘ड्रिम्स’मा काम गर्नुअघि आफूले बाहिरि दुनिया नदेखेको बताएकी थिईन् । साम्राज्ञी २१ बर्षको उमेरमै स्टार बनेकी छिन् । हाल उनी अभिनति सिनेमा ‘ए मेरो हजुर २’ प्रदर्शनमा छ भने उनको मुख्य भूमिका रहेको सिनेमा ‘तिमीसँग’ प्रदर्शनको तयारीमा छ । त्यस्तै सिनेमा ‘मंगलम’मा पनि उनको विशेष भूमिका रहेको बुझिएको छ ।

AANAआना शर्मा
अनमोल केसीकै सिनेमा ‘जेरी’बाट यस क्षेत्रमा पाईला टेकेकी अभिनेत्री आना शर्माको नाम पनि यहि सूचिमा पर्छ । एस एल सी दिएर बसेको समयमा उनले सिनेमा ‘जेरी’माकाम गरेकी थिईन् । ‘जेरी’मा काम गरेको दुई वर्षपछि उनले सिनेमा ‘ग्याङस्टर ब्लुज’मा काम गरिन् । पहिलो सिनेमा जस्तै उनको दोस्रो सिनेमाले पनि सफलता पायो । १९ वर्षिय आना नेपाली सिनेमामा निरन्तरता दिने भन्दा पनि तत्कालका लागि भने अध्ययनको लागि विदेश जाने तयारीमा छिन् ।

AACHAL

आँचल शर्मा
२० वर्षिय अभिनेत्री आँचल शर्मा पनि सानै उमेरमा राम्रो चर्चा र सफलता पाउने अभिनेत्रीको सूचिमा पर्छिन् । सिनेमा ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा ब्रेक लिएकी उनले पहिलो सिनेमाबाटै राम्रो सफलता हात पारिन् । उनको दोस्रो सिनेमा जोनी जेन्टलम्यान यहि भदौ ३० मा रिलिज हुँदैछ । सिनेमामा आउनु अघि आँचलले दुई वर्ष एन टि भि प्लसमा भिजेको रुपमा काम गरिन् । उनले सन् २०१३ मा मिस एस एल सी र पछि मिस प्लस २ मा सहभागिता जनाएकी थिईन् । मिस एल सीमा उनी चौथो रनरअप भएकी थिईन् भने मिस प्लस टुमा उनले शीर्ष स्थान हाँसिल गरेकी थिईन् ।

SWOSTIMAस्वस्तीमा खड्का
स्वस्तीमा खड्का पछिल्लो समयमा आशा लाग्दी अभिनेत्रीको रुपमा उदाएकी छिन् । सन् २०१३ मा मिस टिनमा भाग लिएपछि केही म्युजिक भिडियोमा काम गरेकी स्वस्तीमाले सिनेमा ‘होस्टेल रिटन्र्स’बाट डेब्यु गरिन् । पहिलो सिनेमा पछि उनले म्युजिक भिडियोहरुमै निरन्तरता दिईन् । डेढ वर्षअघि निर्देशक निश्चल बस्नेतसँग विवाह गरेकी उनी दोस्रो सिनेमाको रुपमा यहि वर्ष ‘लभ लभ लभ’ मा देखा परिन् । तर सिनेमाको सफलता औसत रह्यो । स्वस्तीमाको व्यस्तता भने जस्ताको तस्तै । उनी विभिन्न बिज्ञापन र म्युजिक भिडियोहरुमा व्यस्त भईन् । यहि क्रममा उनले दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ मा काम गर्ने अवसर पाईन् । सिनेमाको सफलता भन्दा पनि स्वस्तीमाको चर्चा धेरैे छ । उनलाई मन पराउने माया गर्नेहरु करोडौँ छन् । उनको नृत्य रहेको सिनेमा दुई रुपैयाको गीत ‘कुटुमा कुटु’ले छोटो समयमा दुई करोड पटक हेरिने गीतको रेकर्ड राखेको छ । २२ वर्षको उमेरमा स्वस्तीमाले पाएको सफलता उदाहरणीय बनेको छ ।

BARSHAवर्षा राउत
२३ वर्षिय अभिनेत्री वर्षा राउतले पनि कम उमेरमा धेरै सफलता पाएकी छिन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी वर्षाले सिनेमा ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा प्रवेश गरेकी हुन् । त्यसपछि उनले सिनेमा ‘छक्का पञ्जा’मा काम गरिन् । ‘छक्का पञ्जा’ पछि वर्षालाई लिएर सिनेमा बनाउने निर्माता निर्देशकहरुको लाईनै लाग्यो । ‘छक्का पञ्जा’ पछि उनले सिनेमा ‘छक्का पञ्जा २’ र अन्य केही सिनेमामा काम गरिसकेकी छिन् । यतिबेला उनी सिनेमा छक्का पञ्जा २ को प्रमोशनमा व्यस्त छिन् । त्यस्तै उनले काम गरेका सिनेमा ‘मेरो पैसा खोई’ र ‘फाटेको जुत्ता’ पनि रिलिजको तयारीमा छन् ।

SUSHILशुशिल श्रेष्ठ
‘होस्टेल रिटन्र्स’बाट सिनेमामा प्रवेश गरेका अभिनेता शुशिल श्रेष्ठ पनि सानै उमेरमा सफलता पाउने कलाकारको रुपमा चिनिएका छन् । २३ वर्षिय उनले दुईवटा सिनेमामा काम गरिसकेका छन् । होस्टेल रिटन्र्सपछि उनले सिनेमा ‘सायद २’ मा काम गरे । तर ‘होस्टेल रिटन्र्स’ले जस्तो सफलता ‘सायद २’ ले भने पाउन सकेन । नेपालको तुलनामा सिनेमाले विदेश प्रदर्शनमा राम्रो गरेको थियो । नेपाली सिनेमाको बजारमा भने सिनेमाले अपेक्षाकृत व्यापार गर्न सकेन । तैपनि अभिनेतको रुपमा शुशिलको चर्चा भने भईर्हयो । ‘होस्टेल रिटन्र्स’को समयमा उनले बनाएको शारीरिक बनावटले पनि खुबै चर्चा पाएको थियो ।

SALINसलिनमान बनियाँ
अभिनेता सलिनमान बनियाँले पनि सानै उमेरमा सफलता पाए भन्दा फरक नपर्ला । सिनेमा ‘ए मेरो हजुर २’ मार्फत सिने नगरीमा ब्रेक लिएका सलिनले पहिलो सिनेमाबाटै सफलता पाए । हलिवुड कलाकार जस्टिन बिबरबाट प्रेरित सलिनले पहिलो सिनेमाले सफलता दिएको खण्डमा यहि क्षेत्रमा निन्तरता दिने सोच बनाएका थिए । अब उनको सोचले उनलाई सिनेमामै अगाडि बढाउने देखिएको छ । २० वर्षिय सलिनको अभिनय दर्शकले पहिलो सिनेमामै रुचाएका छन् भने केही निर्माता तथा निर्देशकहरु उनलाई लिएर सिनेमा निर्माण गर्ने सोचमा छन् ।

ASHIRMANआशिरमान देशराज जोशी
अभिनेता आशिरमान देशराज जोशीले पनि सानै उमेरमा सिनेमामा डेब्यु गरे । १८ वर्षको उमेरमा सिनेमा ‘ग्याङस्टर ब्लुज’मार्फत सिनेमामा ब्रेक लिएका आशिरमानले पहलिो सिनमाबाटै सफलता पाए । पहिलो सिनेमाबाटै आशिरमाले दर्शकको राम्रो साथ र माया पाएका छन् ।
एउटा रमाईलो प्रसंग ज्यान र उनको उचाई देखेर भने धेरैले उनी १८ वर्षको भनेर विश्वास गर्दैनन् । केही समय अघि हामीले उनीसँग गरेको भिडियो कुराकानीमा धेरैले उनी १८ वर्ष भएको भन्दा विश्वास नभएको प्रतिकृया दिएका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com