AD_ Wide Top

‘जात्रा’ निर्देशकको दोस्रो सिनेमा आउँदै

०७४ भदौ २९ गते  |   Gufgaf.com

below social share detail page adv


loading...
‘जात्रा’ निर्देशकको दोस्रो सिनेमा आउँदै

प्रदीप भट्टराईको पहिलो निर्देशन रहेको सिनेमा ‘जात्रा’ ले हलमा ६७ दिन मनायो । ६७ दिनसम्म सिनेमालाई दर्शकले रुचाए । सिनेमाको कथा आम नेपालीले देखेको र भोगेको भएका कारण सिनेमालाई दर्शकको माया अत्यधिक मिल्यो । सिनेमाले ६७ दिनमा साढे तीन करोडको व्यापार गर्यो । यस सिनेमामा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीया, रविन्द्र झा लगायतका कलाकारको अभिनयको चौतर्फी तारिफ भयो । यहि सिनेमामार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको परिचय पाए । प्रदीपले  ‘जात्रा’को सफलताकै कारण डि सिने उत्कृष्ठ निर्देशक क्रिटिक्स अवार्ड हात पारे ।  त्यस्तै एल जी सिने सर्कल अवार्डमा पनि उनले उत्कृष्ट कथा लेखन र निर्देशनको अवार्ड पाए ।

inside1केही दिन अघि मात्रै उनलाई एभरेस्ट फिल्म अवार्ड उत्कृष्ट निर्देशकको अवार्डले सम्मानित गरिएको छ । पहिलो सिनेमाले नै सफलता दिएपछि प्रदीप अब दोस्रो सिनेमा निर्देशन गर्ने तयारीमा छन् । ‘जात्रा’ पछि अहिलेसम्म प्रदीप दोस्रो सिनेमाको लागि काम गरिरहेका थिए ।

उनले बेलाबखतमा सामाजिक सञ्जालमार्फत आफूले छिट्टै नै दोस्रो सिनेमा बनाउने संकेत दिईरहेका थिए । बेलाबखतमा उनले फेरि ‘जात्रा’ गर्नुपर्छ भन्दै स्ट्याटसहरु लेखिरहेका थिए । त्यसैअनुरुप महसञ्चारको ब्यानरले उनको दोस्रो सिनेमा निर्माण गर्ने खबर मिलेको छ ।

प्रदीपको दोस्रो निर्देशन रहेको सिनेमाको भोलि एक कार्यक्रमकाबीच सिमित पत्रकारहरुलाई बोलाएर आधिकारिक घोषणा गरिने  भएको छ । सिनेमाका कलाकारहरु, प्राविधिकहरु, सिनेमाको नाम सबैको बारेमा भोलिनै जानकारी गराईने निर्देशक प्रदीप भट्टराईले हामीलाई बताएका छन् ।
१४ वर्ष महसञ्चारमा आवद्ध भएर काम गरेका प्रदीप  निर्देशनमा मात्रै नभएर स्क्रिप्ट लेखनमा पनि अघि छन् । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका लागि ‘लेफ्ट राईट लेफ्ट’ र ‘डक्टर सुनीता’ नामक सिरियल लेखिसकेका छन् । त्यस्तै ‘जात्रा’को कथा पनि प्रदीपकै हो । त्यस्तै प्रदीपले रेडियो अडियोले फर्सीनेटवर्कमार्फत हिमालयन टेलिभिजनका लागि तयार पारेका चम्पा चमेली, जे आउँछ मजाले हँसाउन्छ, राती ८ बजे नै मजा लगायतका कार्यक्रमहरु निर्देशन पनि गरेका छन् ।

Share on Facebook
Share on Twitter


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com