AD_ Wide Top

भोली ‘छक्का पञ्जा २’देशभर प्रदर्शनमा आउदै

०७४ असोज १० गते  |   Gufgaf.com

below social share detail page adv


loading...
भोली ‘छक्का पञ्जा २’देशभर प्रदर्शनमा आउदै

काठमाण्डौ  असोज १०  – यसबर्षको बहुप्रतिक्षीत सिनेमा ‘छक्का पञ्जा २’भोलीदेखि  देश ब्यापी प्रदर्शनमा आउदै छ ।
राजधानीका हलहरुमा सर्बाधिक शो पाएको ‘छक्का पञ्जा २’देशभरका झण्डै सय सिनेमाहलहरुमा चल्ने निर्देशक दिपाश्री निरौलाले जानकारी दिइन । अघिल्लो बर्षको सर्बाधिक सफल सिनेमा ‘छक्का पञ्जा को सिक्वेल ‘छक्का पञ्जा २’प्रदर्शन पूर्व नै दर्शको पर्खाइको सिनेमा बनेको छ । यो सिनेमा बिदेशका लागि बिक्री भैसकेको निर्देशक निरौलाले जानकारी दिइन ।  यो सिनेमालाई आफूले पहिले भन्दा राम्रो बनाउने कोशिस गरेको र सबै टिम आशाबादि रहेको त्यसमाथी पनि माग्नेबुढो, जितु र हैटले यो सिनेमा बाट धेरै आशा गरेको दिपाले बताइन । सिनेमाकि नायिकाहरु मध्य स्वस्तिमाले यो सिनेमा बाट आफनो करिअर नै बदलिने आशा गरेकि छन । भने प्रियंका र बर्षा पनि आफनो भुमिकालाई दर्शकले अत्यधिक रुचाउनेमा बिश्वस्त छन । प्रदर्शन पूर्व सिनेमाको प्रचार प्रसारका लागि देश दौडाहामा निस्केको छक्का पञ्जा २ को टोली केहि दिन पछि मध्य र सुदुर पश्चिमका जिल्लाहरुमा जाने तयारी गरेको छ ।

gufgaf-gifसेन्सर बोर्डबाट यु सर्टिफिकेट पाएको  सिनेमालाई बोर्डका एक सदस्यले चलचित्र पहिले भन्दा अझै उत्कृष्ट र फरक बनाएको भन्दै दिपालाई बधाई समेत दिएका छन । ‘छक्का पञ्जा २’का दुबै गीत र ट्रेलरले दर्शकको अपार माया र साथ पाइसकेका छन ।

करोड क्लव र ट्रेण्डिङमा रहेका छक्का पञ्जाका गीत र ट्रेलर मात्र हैन नेपाली सिनेमाको ईतिहासमा सायद पहिलो पटक प्रचारका लागि तयार पारीएको जिंगल समेत छोटो समयमा झण्डै १० लाख दर्शकको दर्शकको माया बटुल्दै लगातार एक साता सम्म ट्रेण्डिङमा रहयो ।

गीत रिलिज देखिनै बिवादमा पारिएको चलचित्र छक्का पञ्जा २ दुईको प्रदर्शन मिति सिनेमा सुरु हुने बेला देखि नै असोज ११ लाई तोकिएको थियो । यो बीचमा मंलगलम पनि असोज ११ मा प्रदर्शनमा ल्याउने भनेर प्रचार गरिए पनि सहमतिमै उक्त सिनेमाको रिलिजलाई मंगलम टिमले पर सारेको निर्माता समेत रहेका सञ्चारकर्मी दिपेन्द्र खनियाले जानकारी दिएका छन ।

यसैबीच ‘छक्का पञ्जा २’को प्रचारका लागि तयार गरिएको गीति जिंगल सरर हुई लाई पनि सिनेमामा समाबेश गरिएको छ । रेडियो अडियोले निर्माण गरेको उक्त जिंगलमा लोकराज अधिकारीले शब्द लेखेका हुन ।

टंक बुढाथोकीको संगीत रहेको १ मिनेट भन्दा बढिको गीति जिंगलमा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेको स्वर रहेको छ । यो गीतलाई सिनेमाको अन्तमा राखिएको निर्देशक निरौलाले जानकारी दिइन ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्का शिवहरि पौड्याल, किरण केसी राजाराम पौडेल, लक्ष्मी गिरी ,लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com