AD_ Wide Top

फूलपातीमा ‘छक्का पञ्जा २’देशभर प्रदर्शनमा : बन्ने भयो ‘छक्का पञ्जा ३’

०७४ असोज ११ गते  |   Gufgaf.com

below social share detail page adv


loading...
फूलपातीमा ‘छक्का पञ्जा २’देशभर प्रदर्शनमा : बन्ने भयो ‘छक्का पञ्जा ३’

काठमाण्डौ  असोज ११ –  यसबर्षको बहुप्रतिक्षीत सिनेमा ‘छक्का पञ्जा २’ देश ब्यापी प्रदर्शनमा आएको छ ।
राजधानीका हलहरुमा सर्बाधिक शो पाएको ‘छक्का पञ्जा २’ देशभरका झण्डै ११७ सिनेमाहलहरुमा चल्ने निर्देशक दिपाश्री निरौलाले जानकारी दिइन ।‘छक्का पञ्जा २’ ले काठमाण्डौका मल्टिप्लेक्सहरुमा २६ शो  पाएको छ । यो अहिलेसम्मकै उच्च शो हो । कुमारी, सिभिल र ललितपूरको लबिम मल, जय नेपाल हाउसफूल भईसकेका छन् ।

यो सिनेमा बिदेशका लागि बिक्री भैसकेको निर्देशक निरौलाले जानकारी दिइन । प्रदर्शन पूर्व सिनेमाको प्रचार प्रसारका लागि देश दौडाहामा निस्केको छक्का पञ्जा २ को टोली केहि दिन पछि मध्य र सुदुर पश्चिमका जिल्लाहरुमा जाने तयारी गरेको छ । यसअघि बनेको सिनेमा ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखेको थियो ।

सिनेमाले रिलिज हुनुअघि नै डिजिटल अधिकार हाईलाईट्स नेपाललाई एक करोडमा बेचिसकेकोले सिनेमा रिलिज अघि लगानी सुरक्षित भैसकेको छ । डेढ करोडको लगानीमा निर्माण भएको सिनेमाको निर्माणमा आई एम ई ले सहकार्य गरेको छ ।
पाँच वर्षयता वर्षमा एउटा सिनेमा निर्माण गर्दै आएका दीपक र दीपाले अब भने वर्षमा दुईवटा सिनेमा निर्माण गर्ने निर्णय गरेका छन् । उनीहरुले कथा पाएको र आफूलाई मन परेको खण्डमा वर्षमा दुईवटा सिनेमा निर्माण गर्ने निर्णय लिएको बताएका छन् । यसबीच निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ बनाउने खुलाएकी छन । उनले ‘छक्का पञ्जा ३’ को लागि गीत पनि लिईसकेको जानकारी दिएकी छन


CHHAKKA PANJA 2‘छक्का पञ्जा २’ का दुबै गीत र ट्रेलरले दर्शकको अपार माया र साथ पाइसकेका छन । करोड क्लव र ट्रेण्डिङमा रहेका ‘छक्का पञ्जा २’ का गीत र ट्रेलर मात्र हैन नेपाली सिनेमाको ईतिहासमा सायद पहिलो पटक प्रचारका लागि तयार पारीएको जिंगल समेत छोटो समयमा झण्डै १० लाख दर्शकको दर्शकको माया बटुल्दै लगातार एक साता सम्म ट्रेण्डिङमा रहयो । यसैबीच ‘छक्का पञ्जा २’को प्रचारका लागि तयार गरिएको गीति जिंगल सरर हुई लाई पनि सिनेमामा समाबेश गरिएको छ ।

रेडियो अडियोले निर्माण गरेको उक्त जिंगलमा लोकराज अधिकारीले शब्द लेखेका हुन । टंक बुढाथोकीको संगीत रहेको १ मिनेट भन्दा बढिको गीति जिंगलमा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेको स्वर रहेको छ । यो गीतलाई सिनेमाको अन्तमा राखिएको निर्देशक निरौलाले जानकारी दिइन ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्का शिवहरि पौड्याल, किरण केसी राजाराम पौडेल, लक्ष्मी गिरी ,लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com