AD_ Wide Top

रेल देखाउन त गोरखपुर जानुपथ्र्यो गोरखपुर टाढा पर्यो : संगीतकार शर्मा

७४ असोज १५ गते  |   Gufgaf.com

below social share detail page adv


loading...
रेल देखाउन त गोरखपुर जानुपथ्र्यो गोरखपुर टाढा पर्यो : संगीतकार शर्मा

काठमाण्डौ /असोज १५ – धौलागिरीमा जन्मेर काठमाण्डौमा आई एक दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल चर्चित युवा संगीतकार हुन दिपक शर्मा । सम्म ७ सय बढी गीत हरुमा आफ्नो संगीत भरिसकेका शर्मा संगीत भन्दा अरु पेशा रोज्न नसक्ने  बताउछन ।

गीत गाउन काठमाण्डौं आएका शर्मा गायनमा भन्दा संगीतमा जमे । छक्का पञ्जाको देखन चम्पा बोलको गीत आफना सृजनाहरु मध्य पृथक र मनपर्ने बताउने दिपकको भर्खरै चलचित्र मंगलमको पर्ख पर्ख मायालु बोलको गीतले पनि चर्चा बटुलेको छ । कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको गीतमा दिपककै शब्द  रहेको छ । प्रस्तुत छ संगीतकार शर्मा संग आजको गफगाफ ।

भिडियोमा कन्जुसाई गरेको हो? भिडियोमा रेल देखिएको छैन?
मेरो पाटो त अडियो नै हो । हेर्दा सबै जनाले एकदमै राम्रो भन्नुभएको छ । रेल देखाउन त गोरखपुर जानुपथ्र्यो । गोरखपुर अलि टाढा पर्यो ।

विगत एक वर्ष देखि तपाईले धेरै कृष्ण काफ्लेलाई मात्र लिन थाल्नुभयो किन होला?
हामी यो क्षेत्रमा सगै सगै दुख गरेर आईयो । त्यही समयमा बनेका गीतहरु पनि सगै बसेर रियाजगर्न थाली सकेपछि निर्देशक र निर्माताहरु मेरो अफिसमा आउँदा पनि उहाँले गिटार बजाउँने मैले गाउने पनि कति भयो । कृष्ण जीले नै गाए हुन्छ भनेर कृष्ण जीले भनेपछि चाहि सहजै स्विकार दिनु भयो । देखन चम्मा, तिम्रो पिक्चर हिट र पर्ख पर्खमा उसैको आवाज ठिक भनेपछि उसलाई लिऊ भन्ने भयो ।

तपाईलाई व्यक्तिगत प्रतिक्रियाहरु कतिको आईरहेको छ?
यूटूबमा ९८ प्रतिशत कमेन्ट निकै राम्रो छ । व्यक्तिगत पनि देख्न चम्पामा जस्तो आएको थियो त्यस्तै नै छ ।

मोडलिङ्गबाट कस्तो प्रतिक्रिया पाउनु भयो?
मोडलिङ्ग त मेरो पेसा नै होईन । भनेको टाईम नभएको कारणले निर्देशकले मलाइ नै खेल्न भनेको भएर गरेको हो ।

अभिनय राम्रो रहेछ सिनेमा क्षेत्रमा आउने ईच्छा छ कि छैन?
त्यो सोच भने छैन । मलाई यही क्षेत्रमा धेरैले मन पराउनुभएको छ यसैमा खुशी छु । तर, त्यस्तो परिहाल्यो भने गर्न पनि सकिन्छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com