AD_ Wide Top

संगीतकर्मी कल्याणकारी कोषमा सापकोटा र श्रेष्ठको सहयोग

२० असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
संगीतकर्मी कल्याणकारी कोषमा सापकोटा र श्रेष्ठको सहयोग

काठमाण्डौ असोज २० – कोष बृद्धिका लागि तिहारमा देउसी खेलिने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गल्कोट नगरपालिका, वाग्लुङ्ग घर भइ हाल अमेरिकाको डालस निबासी अर्जुन सापकोटाले ११५ अमेरीकन डलर सहयोग गरेका छन । सापकोटाले गीतकार प्रकाश सुवेदीमार्फत कोषलाई सहयोग हस्तान्तरण गरेका हुन ।  त्यसैगरी  संगीतकार संगीतकार राजकुमार श्रेष्ठले पनि ५हजार ५ सय रुपैया कोषमा हस्तान्तरण गरेका छन ।

संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।

22154632_10214590384343332_6071818976576554948_nअधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन ।

दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।

नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।

अहिले सम्म ६ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ४ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ९४ हजार २ सय ४१रुपैया सहयोग गरिएको संघका  कोषाध्यक्ष हरिलम्सालले जानकारी दिएका छन । भदौ महिनाको बिवरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको छ ।

कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि संघले बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघकाअध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन ।  कल्याणकारी कोष बृद्धिका लागि  तिहारमा देउसी भैलो खेलिने पनि संघले जनाएको छ । साथै मेचीकाली यात्रा गरिने पनि संघले जनाएको छ ।

22181169_10214607506211368_3964366201460785797_o


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com