AD_ Wide Top

१० करोडको कारोबार गर्दै दोस्रो साता पनि हाउसफूल ‘छक्का पञ्जा २’

२० असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
१० करोडको कारोबार गर्दै दोस्रो साता पनि हाउसफूल ‘छक्का पञ्जा २’

काठमाण्डौ असोज २० – फूलपातीको दिन देखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दिनहुँ करोडको कारोबार गरिरहेको छ । यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ । प्रदर्शनमा आएको १० दिनमा सिनेमाले १० करोडको हाराहारीमा कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले पनि नेपाली सिनेमाका प्राय रेकर्ड तोडीसकेको छ । एक हप्ता सम्म दिनहुँ करोडको कारोबार गर्ने पहिलो नेपाली सिनेमाको रेकर्ड ‘छक्का पञ्जा–२’ को नाममा छ । त्यस्तै रिलिज भएको पहिलो दिन सिनेमाले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा बाहुबलीलले राखेको रेकर्ड पनि तोडीसकेको छ ।

देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड राखेको छ ।

‘छक्का पञ्जा २’ मा  दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का स्वरुप पुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com