AD_ Wide Top

अवार्डका लगि सरोज खनाल, रुपा राना ,पल र पूजाले नृत्य अभ्यास गर्दै

२२ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
अवार्डका लगि सरोज खनाल, रुपा राना ,पल र पूजाले नृत्य अभ्यास गर्दै

काठमाण्डौ असोज २२  ✎ असोज २७ गते काठमाण्डौमा सम्पन्न हुने पाँचौ इनास चलचित्र अवार्डमा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने भएको छ । त्यसैगरी राष्ट्रकबि माधव प्रसाद घिमिरे,ईतिहासविद सत्यमोहन जोशी, बरिष्ठ सिनेकर्मी चेतन कार्की,बरिष्ठ गायक प्रेमध्वज प्रधान, नृत्यांगना बिमला श्रेष्ठलाई बिशिष्ट सम्मान गरिने आयोजकले जानकारी दिएका छन । सम्मान तथा कार्यक्रम एनआरएनए तथा इनासको सहकार्यमा हुनेछ ।

यसपाली १९ बिधामा अबार्ड बितरण गरिने अवार्ड कार्यक्रमका ब्यवस्थापक अन्तरा ईन्टरनेशनलका प्रमुख सुदीप कुमार रेग्मीले जानकारी दिए । प्रतिष्पर्धामा छानिएका सिनेमा हेर्नेकाम सकिएको र सोमबार टप तीन सार्बजनिक गरिने पनि उनले जानकारी दिए ।
अवार्डको जुरी सदस्यहरुमा अभिनेता रमेश बुढाथोकी, संगीतकार लक्ष्मण शेष, गीतकार करुण थापा,लगायत रहेका छन ।

कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक र साँस्कृतिक प्रस्तुति पनि रहने भएको छ । अवार्ड कार्यक्रममा अभिनेता सरोज खनाल रुपा राना, पल शाह, पूजा शर्मा ,रोहित रुम्बा ,नरेशबिर सिंह ,श्रद्धा प्रसाई नम्रता सापकोटा लगायतलाई स्टेजमा उतार्ने तयारी भैरहेको इभेन्ट निर्देशक दयाराम पाण्डेले जानकारी दिएका छन । कार्यक्रममा चर्चित हास्य कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले यस अघि अघिल्लो बर्ष चौंथो अवार्ड सिक्किममा गरेको थियो । राष्ट्रिय सभागृहमा अपरान्ह ४ बजे देखी सुरुहुने कार्यक्रमको उदघाटन उपराष्ट्रपति नन्द बहादुर पुन बाट हुने  र कार्यक्रमको प्रत्येक्ष प्रसारण रमाइलो टेलिभिजन बाट गरिने अयोजकले जानकारी दिएको छ । डिसहोमको १०४ नम्बर च्यालनमा प्रसारण भैरहेको यो टेलिभिजन केहि समय पहिले स्थापना भएको हो ।
इनास अवार्ड सन् २०१२ मा जर्मनीमा २ विधामा अवार्ड वितरण गर्दै सुरु भएको हो ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com