AD_ Wide Top

तीन महिनाको भिसा पाएका दिनेश चार दिनमै फर्किए !

२३ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
तीन महिनाको भिसा पाएका दिनेश चार दिनमै फर्किए !

काठमाण्डौ असोज २३  ✎ नेपालका स्टेज कार्यक्रममा दर्शक हँसाएर लोकप्रिय बनेका युवा हाँस्यव्यङग्य कलाकार दिनेश काफ्लेको पछिल्लो समयमा विदेशका कार्यक्रममा पनि माग बढ्न थालेको छ । पहिलो पटक उनले सन् २०१६ मा मलेसिया पुगेर दर्शक हँसाएका थिए । पहिलो पटक विदेशमा दर्शक हँसाउन पुगेका उनलाई पूर्णरुपमा सेलिब्रेटी भएको महसुस हुन पाएन । नेपालमा चर्चित भईसकेको भएपनि विदेशमा त्यसबखत उनका फयानहरु सिमित थिए । त्यहाँको अनुभव सुनाउँदै उनी भन्छन्, ‘ त्यहाँ जाँदा शुरुमा मसँग सेल्फी खिच्नेहरुको भिड थिएन । तपाईँलाई चिनेको छु ! भन्नेहरुको कमी थियो । तपाईँको प्रस्तुति हेरेको छु ! भन्नेहरु कम थिए । अरु कलाकारसँग फोटो खिच्ने फ्यानहरुको भिड लाग्दा मसँग फोटो खिच्नेको यस्तो भिड कहिले होला ? भन्ने लाग्थ्यो मनमा । तर कार्यक्रम हेरिसकेपछि भने शुभकामना दिनेहरु धेरै भए । फोटो खिच्न आउनेहरुको मात्रा पनि केही बढ्यो ।’

www.gufgaf.comसन् २०१७ मा मलेसियामा आयोजना भएको हरिराय कन्सर्टमा उनी पुगे । त्यहाँ दोस्रोपटक उनी पुग्दा दर्शकको चहलपहल भने अर्कै थियो । पहिलो वर्षको तुलनामा उनका फ्यानहरु बढेका थिए । उनीसँग सेल्फी खिच्ने मानिसहरु बढेका थिए । दर्शकका लागि उनी पुराना र प्रिय कलाकार बनिसकेका थिए ।

दोस्रो पटकको अनुभव निकै रमाईलो रह्यो उनको । दोस्रो पटकको मलेसिय यात्रा सम्झदै उनी भन्छन्, ‘पहिलो पटक जाँदा नयाँ भन्ने भएको थियो तर दोस्रो पटकमा भने आयोजकहरुले पनि पुरानो भएको महसुस दिलाउनु भयो ।’

विदेशमा फाट्टफुट्ट पुगेका दिनेशलाई नेपालमा भने भ्याई नभ्याई छ । यहि व्यस्तताका बावजुद पनि उनी हालै मात्र दक्षिण कोरिया पुगेर आएका छन् । अर्घखाँची सम्पर्क मन्चको आयोजनामा ‘सुपा देऊराली सांगीतिक सौगात भाग १’ मा उनले प्रस्तुति दिएर आएका छन् ।

नेपाल आईडलमा उत्कृष्ट चारमा परेका गायक सागर आले, उत्कृष्ट ६ मा पुगेका सुरज थापा, लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, नृत्यागंना रश्मी तामाङ लगायतका कलाकारहरुसँग उनले प्रस्तुति दिएका हुन् । दक्षिण कोरियाको राजधानी सौलमा आयोजना भएको यस कार्यक्रममा उनी हाँस्यकलाकारको रुपमा मात्रै प्रस्तुत भएनन् ।

www.gufgaf.comरमाईलो प्रस्तोताको रुपमा पनि देखिए । चार घण्टा कार्यक्रम सञ्चालन गरेका उनले बीचबीचमा दर्शक हँसाउने काम गरे । उनको प्रस्तुति पछि उनको प्रशंसा गर्नेहरुको ओईरो थियो । सेल्फी खिच्नेहरुको भिड थियो । तपाईँलाई पहिले हेरेको छु ! भन्नेहरुको कमी थिएन ।

यसरी विदेशमा पनि दर्शकको भिड र दर्शकले आफूलाई गरेको माया देख्दा आफूलाई कार्यक्रम गर्न र दर्शक हँसाउन अझ जाँगर बढेको उनी बताउँछन् । यस कार्यक्रममा उनलाई दक्षिण कोरिया मगर संघले पनि सम्मानित गरेको छ ।

तीन महिनाको भिसा लागेर दक्षिण कोरिया पुगेका उनी नेपालमा केही कार्यक्रमका लागि बचन दिएका कारण चार दिनमै नेपाल फर्केका छन् । हामीसँग कुराकानी गर्दै उनले अन्य केही देशका कार्यक्रमका लागि पनि डकुमेन्टहरु पठाउनु पर्ने भएका कारण आफू छिट्टै फर्केको बताएका छन् ।

2यस कारण चर्चामा छन् दिनेश
दिनेशले सय भन्दा धेरै फरक–फरक आवाज निकालेका कारण चर्चा पाएका हुन् । स्टेजमा भने उनले मोटु पात्लु, हाँस्यकलाकार र नेताहरुको क्यारिकेचर गरेर दर्शक हँसाउँदै आएका छन् ।

विशेष कुरा के भने उनले नेपालकी राष्ट्रपति बिद्यादेवी भण्डारी र सञ्चारकर्मी तथा गायिका कोमल वलीको समेत क्यारिकेचर गर्न थालेका छन् ।  कोरियाको कार्यक्रममा उनले बिद्यादेवी र कोमलको क्यारिकेचर गरेका हुन् । उनका यी दुई क्यारिकेचरलाई पनि दर्शकले रुचाएका छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com