AD_ Wide Top

आदित्यको पहिलो आधुनिक गीतको भिडियो सार्वजनिक

२४ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
आदित्यको पहिलो आधुनिक गीतको भिडियो सार्वजनिक

काठमाण्डौ असोज २४  ✎ नेपाली र भारतीय गीत–संगीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाको पहिलो नेपाली आधुनिक गीत ‘फूल जस्तै’को भिडियो सार्वजनिक भएको छ ।

यसअघि केही नेपाली चलचित्रका गीत गाईसकेका आदित्यलाई नेपाली आधुनिक गीत गाउने अवसर भने पहिलो पटक जुरेको हो । यतिबेलाका चर्चित अनि व्यस्त संगीतकार शिखर सन्तोषको संगीत रहेको ‘फूल जस्तै’लाई मनी शर्मा रिजालले लेखेका हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जनाहरु पस्किन थालेपछिको अर्को उत्कृष्ट गीत बनेको संगीतकार सन्तोष बताउँछन् ।

फूलको जस्तो वास्ना लिएर पे्रमिका एक प्रेमीलाई भेट्न आउँदा कस्तो हुन्छ होला ! भन्ने भाव मिसिएको यस गीतमा वुद्ध थापाको टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका गीतकार एवं निर्देशक सञ्जय बरालले भिडियोलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।

त्यस्तै गीतको म्युजिक भिडियोमा केकी अधिकारी र पुष्पल खड्काको अभिनय छ । जेन मिडियाले सार्वजनिक गरेको यस गीतलाई यो समाचार तयार पार्दासम्म झण्डै ५० पटक हेरिएको छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com