AD_ Wide Top

आलोचनाको ओईरोपछि दीपक राजको जवाफ

२५ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
आलोचनाको ओईरोपछि दीपक राजको जवाफ

काठमाण्डौ असोज २५ ✎ फूलपातीको अवसर पारेर असोज ११ देखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ ले छोटो समयमा धेरै कमाउने सिनेमाको रेकर्ड राखेको छ । रिलिज भएको १४ दिनमै १३ करोडको हाराहारीमा कारोबार गरेको यस सिनेमालाई राम्रो भन्नेहरुको पनि कमी छैन र आलोचना गर्नेहरुको पनि । सिनेमालाई नराम्रो भन्ने मध्येकी एक निस्किईन् दुर्गा पौड्याल ।

‘छक्का पञ्जा २’ हेरिसकेपछि सिनेमाले महिलालाई हेपेको भन्दै दर्शक मध्येकी एक दुर्गा पौड्यालले दीपक दाई र दीपा दिदीलाई भन्दै एक चिठी लेखिन् । चिठीमा उनले सिनेमा नराम्रो मात्रै भनिन् सिनेमामा थुप्रै खोटहरु देखाईन् जुन आम दर्शकहरुले सोचेका थिएनन् । चिठीमा उल्लेख भएको खास कुरा के छ भने सिनेमाले महिलालाई हेपेको र त्यो देख्दा सिनेमालाई निर्देशन गर्ने दीपाश्री नै हो भन्ने पत्यार आफूलाई नलागेको उनको तर्क छ ।

उनले लेखेको यस चिठीलाई नेपालको एक अनलाईन पोर्टलले बडो प्राथमिकताका साथ प्रकाशित गरिदियो । उक्त अनलाईन पोर्टलमा छापिएको दुर्गाको चिठी दीपक–दीपाका फ्यान, आफन्त, साथीभाईमात्रै हैन उनीहरु स्वयमले पनि पढे । चिठी पढिसकेपछि सिनेमाकी निर्देशक दीपाश्रीले भने कुनै पनि प्रतिकृया जनाएकी छैनन् । तर दीपक राज गिरीले भने मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । उनले यसको प्रतिउत्तरमा सामाजिक सञ्जालमा लामै स्ट्याटस लेखेका छन्,


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com