AD_ Wide Top

७५ वर्षमा पनि यसरी फिट रहन्छन् अमिताभ

२५ असोज,२०७४  |   Agency

below social share detail page adv


loading...
७५ वर्षमा पनि यसरी फिट रहन्छन् अमिताभ

बलिवुड अभिनेता अमिताभ बच्चन आज आफ्नो ७५ औँ जन्मदिन मनाउँदैछन् । १९४२ को अक्टोबर ११ मा भारतको ईलाहाबादमा जन्मेका उनको बास्तविक नाम इंकलाब हो । तर पछि उनको नाम परिवर्तन गरेर अमिताभ बनाईयो । अमिताभको अर्थ हो कहिल्यै पनि ननिभ्ने प्रकाश ।
अमिताभले ६० को दशकमा  सिनेमा ‘सात हिन्दुस्तानी’मार्फत बलिवुडमा ब्रेक लिएका हुन् । । उनले यस अघि ‘फिल्मफेयर माधुरी कन्टेस्ट’को लागि तस्बिर पठाएका थिए । तर उनी यसमा छनौट भएनन् । पछि उनले निर्देशक ख्वाजा अहमदको सिनेमा ‘सात  हिन्दुस्तानी’मा काम गर्ने मौका पाए । १९६९ मा डेब्यु गरेका उनको करिअरको टर्निङ पोईन्ट भने १९७३ को सिनेमा ‘जंजीर’ बन्यो । यो सिनेमा पछि उनको सफलताले उचाई लिनुका साथै उनलाई सबैले ‘एंग्री यंग म्यान’का रुपमा चिन्न थाले ।

gufgafकरिअरको शुरुवातमा दुब्लो पातलो भएका कारण धेरै सिनेमाहरुमा रिजेक्ट भएका अमिताभ लगातारको संघर्ष पछि भने सफल भए । यहि सफलताका कारण सिनेमामा उनी एकल भूमिकामा मात्रै हैन दोहोरो भूमिकामै देखिन थाले । अमिताभले १० वटा सिनेमामा दोहोरो भूमिका निर्वाह गरेका छन् जुन सबै कलाकारको फिल्मी करिअरमा हुँदैन । सन् १९७८ मा आएको सिनेमा ‘डन’मा उनी दोहोरो भूमिकामा थिए ।

यसमा उनी एउटा भूमिकामा डन बनेका थिए भने अर्को भूमिकामा  गीत गाउने र बजाउनेको भूमिकामा थिए ।  सिनेमा ‘लाल बादशाह’मा पनि उनी दोहोरो भूमिकामा थिए ।  यस सिनेमामा उनी बाउ छोराको भूमिकामा थिए ।  तर यो सिनेमा भने खासै सफल भएन ।

अर्को सिनेमा ‘सत्ते पे सत्ता’मा पनि उनी दोहोरो भूमिकामा देखिए । यो सिनेमा कारोबारमा पनि सफल भयो । उता अर्को सिनेमा ‘आखिरी रास्ता’मा पनि उनले आफै बाऊ छोराको भूमिका निर्वाह गरेका छन् । उनको यो दोहोरो भूमिकालाई पनि दर्शकले रुचाए ।  कारोबारका हिसाबले उनको यो सिनेमा पनि सफल भयो ।

सन् १९९८ को सिनेमा  ‘बडेमिया छोटेमिया’मा पनि उनी दोहोरो भूमिकामै पर्दामा देखिए ।  यसमा उनी पुलिस र चोरको भूमिकामा थिए । यो सिनेमा पनि सफल भएको थियो । त्यस्तै उनले ‘१९८२’ को देश प्रेमी, १९७६ को ‘अदालत’, १९९९ को ‘सूर्यवंशम’,  १९७८ को ‘कस्मे वादे’,  १९८९ को ‘तुफान’ लगायतका सिनेमाहरुमा पनि दोहोरो भूमिका निर्वाह गरेका छन् ।


७५ वर्षमा पनि यसरी फिट रहन्छन् अमिताभ
उमेरले ७५ वर्षका भएपनि काममा उनी युवालाई समेत टक्कर दिन्छन् । उनले आफूलाई फिट राख्नको लागि शारीरिक व्यायामलाई प्राथमिकता दिन्छन् । फिटनेस ट्रेनर तथा पोषणविद वृन्दा मेहताको गाईडलाईन अनुसार अमिताभको खानपिन र व्यायाम हुन्छ ।  उनी कार्डियो एक्सरसाईज र योगालाई कहिल्यै पनि छुटाउँदैनन् । बिहान–बिहान योगा गर्ने उनी कुनै कारण योगा गर्न भ्याएनन् भने साँझमा जिम जाने प्रयास गर्छन् ।
यसका साथै खानपिनमा पनि उनी विशेष ख्याल राख्छन् ।  उनले आफ्ना कुकलाई विभिन्न ठाउँका फ्लेभरमा खाना पकाउन लगाउँछन् । अहिले अमिताभ पूर्णरुपमा शाकाहारी बनिसकेका छन् ।

gufgafएक समय यस्तो पनि थियो उनी चुरोट र रक्सीको लतमा नराम्ररी फसेका थिए ।  कोलकत्तामा बस्दा उनले दिनमा एक सय चुरोट खाएको रेकर्ड पनि छ । तर मुम्बई सरेपछि भने उनको यो बानी हट्दै गयो । हाल उनी धुमपान, मद्यपान, मात्रै हैन कफी र चियाबाट समेत टाढा छन् ।
एकताका जेरीका फ्यान थिए उनी । तर अहिले भने उनी मीठाईबाट पनि टाढा छन् ।  केही समय अघि एक अन्र्तवार्तामा अमिताभकी बुहारी ऐश्वर्याले बच्चन परिवारले फिट रहनको लागि दिनमा एक चम्चा मह खाने गरेको बताएकी थिईन् ।

अहिले उनी दिनमा ५ घण्टा सुत्छन् तर उनी २५ वर्षको उमेर छँदा भने दिनमा ८ देखि १० घण्टासम्म सुत्ने गर्थे ।  अहिले ५ घण्टा सुत्ने उनी जहाँ भएपनि आवश्यक परेको खण्डमा सुत्ने गर्छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com