AD_ Wide Top

तितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

२६ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
तितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

काठमाण्डौ असोज २६ ✎ टेलिसिरियल ‘तितो सत्य’मा बालकलाकारको भूमिका निर्वाह गरेर चर्चा कमाएका कलाकार राज आचार्य यतिबेला पर्दाबाट हराएका छन् । बाल्यकाल देखि नै अभिनयमा सक्रिय उनी काम नपाएर पर्दाबाट गायब भएका भने हैनन् । उनले पढाईलाई निरन्तर दिन चाहेका कारण नै अभिनयबाट केही टाढा भएका छन् । राज यतिबेला भारतको दिल्लीमा बसेर सी ए अध्ययन गरिरहेका छन् । उनी अझै डेढ दुई वर्ष जति उनी यसमै बिताउनेछन् । पढाईसकेपछि उनको अभिनयले निरन्तरता पाउला त ? आज हामीले उनलाई केही प्रश्न गरेका छौँ ।


सि.ए. पढेको कारणले नै कलाकारितातिर छोड्नुभएको हो?
छोड्नुभएको भन्ने शब्द अझै यसमा मिलेन जस्तो मलाई लाग्यो । अस्ति भर्खरै पनि मेरो दीपक अङ्कल सँग कुरा हुदाँ यसै विषयमा कुरा भएको थियो । सिनेमामा हिरोको रोल खेलौँ भने म हिरो जस्तो पनि छैन । बालकलाकार खेलौँ भने यो जुङ्गा दाह्रीले मिल्दैन । मलाई यो क्षेत्रमा बाबाले पनि धेरै सपोर्ट गर्नुभएको हो । मेरो दाई अशिक आचार्य पनि सि.ए. नै हो । ऊ पनि नेपालमा छ । उसको पनि सहयोग हुन्छ । चार पाँच वर्षको ग्याप हुन्छ भने पछि किन नगर्ने त भनेपछि पढाई शुरु गरेँ । अब आउँदा भने पक्कै पनि केही फरक शैलीको साथमा प्रस्तुत हुनेछु ।


पढाईचाहि कस्तो छ अहिले?
पढाई ठिकै छ चलिरहेको नै छ ।


कलाकार भनेको कल्पनामा हराउनुपर्ने मान्छे कहाँ हिसाब किताबमा हराउनुभएको त ?
यो आफैमा पनि एउटा कल्पना हो जस्तो मलाई लाग्छ । यसमा दिमाग धेरै लगाउनुपर्छ । मेरो फेरि बाल्यकाल देखि नै पढाईमा धेरै ध्यान थियो । मेरो दाई पनि राम्रो विद्यार्थी हो । यो सबै मेरो दाई र बाबाबाट आएको कुरा हो । मनको कुनामा अभिनयलाई त मैले राखिनै रहेको छु । अहिलेको लागि भने पढाई नै सबै कुरा हो भनेर यस मै रमाईरहेको छु ।


कलाकारितामा आउने सम्भावना कत्तिको छ ?
भगवानले साथ दिनुभयो भने चाहि अभिनय मैले सम्हालेर राखिरहेको छु । बाल्यकालमा पनि मैले धेरै सिनेमामा काम गरेँ । तर, मलाई परिचय दिएको भनेको दीपक अङ्कल दीपा आन्टिको ‘तितो सत्य’ले नै हो । त्यस्तो प्लाटफर्म पाईएला नपाईएला आफ्नो ठाँउमा छ । तर, एक चोटी आएर प्रयास भने पक्कै गर्न छु ।


ठूलो पर्दामा आउनुभयो भने कसरी आउँने सोच छ ?
पाए सम्म सबै भन्दा ठूलो रोल पाएपनि हुने जस्तो लाग्छ । तर, लामो समय पछि आउँदा एउटा बलियो क्यारेक्टरमा आउँछु ।


यो हास्ँयविधामा हुन्छ कि सिरियस?
मलाई चिनाएको हास्ँयविधानले नै हो । अहिले चलेको पनि त्यही नै छ । यसै विधामा आउन मन छ । तर, पाएँ भने जुन भूमिकामा पनि आउन तयार छु ।


‘छक्का पन्जा २’ हेर्नुभयो?
मैले दुबै हेरेँ । ईन्डियामा हुदाँ छक्का पन्जा यूटूबमा आउँदा हामी सबै जना भेला भएर प्रोजेक्टरमा हेरेको थियौ । तर, छक्का पञ्जा भन्दा मलाई छक्का पञ्जा २ धेरै कुराले ठिक लाग्यो । स्टोरी राम्रो छ । सिनेमाले जति कमाई गरेको छ । त्यो बिल्कुल ठिक छ जस्तो लाग्छ ।


‘छक्का पन्जा २’मा राख्ने कुरो आएन ?
दीपक अङ्कलले चाहनुभयो भने जे पनि गरिदिनुहुन्छ । उहाँको लेखन धेरै राम्रो छ । उहाँ निकै सिर्जनशिल हुनुहुन्छ । तर, उहाँ आफैले अहिले पढाई महत्व छ अहिले पढाईमा ध्यान देऊ । अभिनय भन्ने कुरा पछि आईहाल्छ नि भन्नु भएको छ ।


यहाँ हुदाँ जुन माया थियो त्यो छोडेर ईन्डियामा गुपचुप हुदाँ तनाव लागेन?
म बाल्यका देखि नै धेरै सूटमा हिडिरहेँ । ईन्डिया जानु अघि बुबा र दाईले राखेरै मलाई यहाँ हुदाँ यत्रो नाम कमाएको छस तर उता गएपछि यो हराउँछ त यो गर्न तयार छौ ? भन्नुभएको थियो । मलाई बुबाले जीवनमा जे आईपरे पनि सकारात्मक रुपमा लिन सिक्नुपर्छ भन्ने शिक्षा दिनुहुन्छ । यसलाई म जीवनमन्त्रको रुप मै प्रयोग गर्छु । नेपालमा कसैले नगरेको गाली पनि उता गएर मैले खाएको छु । त्यहाँ पनि धेरै नेपालीहरु हुनुहुन्छ उहाँहरुले मलाई विषेश महसुस गराईदिनुहुन्छ । त्यहाँ भएको केही कार्यक्रम अथवा सङ्गठनमा मलाई पनि बोलाउनुहुन्छ । राज नै हो म भनेर त्यहाँको नेपालीहरुको कारणले गर्दा बिर्सिएको छैन ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com