AD_ Wide Top

ऐश्वर्यको नयाँ पोस्टरमा केकीको हाँसो रमेशको क्रोध

२६ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
ऐश्वर्यको नयाँ पोस्टरमा केकीको हाँसो रमेशको क्रोध

काठमाण्डौ असोज २६ ✎ अभिनेता रमेश उप्रेतीको पहिलो निर्माण रहेको सिनेमा ‘ऐश्वर्य’ कार्तिक ९ देखि देशभर प्रदर्शनमा आउँदैछ । छठ पर्वको अवसर पारेर प्रदर्शनमा आउन लागेको यस सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाईँ, केकी अधिकारी र प्रशान्त ताम्रकार मुख्य भूमिकामा छन् । युवा निर्देशक दीवाकर भट्टराईको निर्देशन रहेको यस सिनेमाको गीत र ट्रेलरले खुबै चर्चा बटुलेका छन् ।

Untitled-1गीत र ट्रेलरका कारण नै यो सिनेमालाई हेर्न अहिले धेरै प्रतिक्षारत छन् । सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले सिनेमाको एक पोस्टर सार्वजनिक गरेको छ । जसमा रमेश उप्रेती र केकी अधिकारी छन् । यस अघि सिनेमाको ट्रेलरमा बाहेक गीत र पोस्टरमा केकीले स्थान पाएकी थिईनन् ।

यो पोस्टरमा केकी खुशी मुद्रामा देखिएकी छिन् तर रमेशको अनुहारमा हाँसो छैन । उनको अनुहारमा केही मात्रामा क्रोध देखिन्छ तैपनि उनले केकीलाई बोकेका छन् ।

लामो समय सिनेमा क्षेत्रमा बिताएर ‘ऐश्वर्य’ निर्माण गरेका अभिनेता रमेश उप्रेती ‘ऐश्वर्य’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउँछन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com