AD_ Wide Top

उपत्यका बाहिर यस्तो देखियो ‘छक्का पञ्जा २’ को क्रेज

२६ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
उपत्यका बाहिर यस्तो देखियो ‘छक्का पञ्जा २’ को क्रेज

काठमाण्डौ असोज २६ ✎  सिनेमा रिलिज अगाडि हेटौडा, विराटनगर, झापा, पोखरा बुटवल, नारायणघाट लगायतका शहरहरुमा पुगेको ‘छक्का पञ्जा २’ को टिम सिनेमा रिलिज भएपछि फेरि उपत्यका बाहिर पुगेको छ ।

रिलिज अगाडि सिनेमाको प्रचार–प्रसारको लागि भन्दै काठमाण्डौ बाहिर गएको यो टोलीले रिलिज भएपछि दर्शकसँग माया बाँड्न र खुशी साट्नको लागि उपत्यका बाहिरका विभिन्न शहरको यात्रा तय गरेको हो ।

 

यो टोलीले असोज २५ गते बुधबार हेटौडाका हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ ।  त्यस्तै २६ गते चितवनमा पुगेर पनि ‘छक्का पञ्जा २’ को टिमले दर्शकसँग साक्षात्कार गरेको छ । यो अवधिमा सिनेमा हेर्न आउने दर्शकहरु सिनेमाका कलाकारहरुसँग तस्बिर खिच्न निकै उत्साहित भएका केही  दृश्यहरु निर्देशक दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन् ।

‘छक्का पञ्जा २’ को टोली २७ गते पोखरा र दाङ पुगेर पनि दर्शकसँग साक्षात्कार गर्ने छ । सिनेमाकी निर्देशक दीपाश्री निरौला, दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तीमा खड्का लगायतको टोली यो यात्रामा छ ।

फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com