AD_ Wide Top

७ सय रुपैयाँका महंगा कलाकार निर शाहको जन्मदिन विशेष

२६ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
७ सय रुपैयाँका महंगा कलाकार निर शाहको जन्मदिन विशेष

काठमाण्डौ असोज २६ ✎ बरिष्ठ कलाकार नीर शाहको आज जन्मदिन । वि सं २०१० साल असोज २६ गते आजैको दिन जन्मेका शाह ६५ औँ वसन्त लागेका छन् । बुवा देवेन्द्र विक्रम शाह र आमा बोध कुमारी शाहका छोरा निरको खास नाम निर विक्रम शाह हो ।

 

नेपाली सिनेमामा अतुलनिय योगदान दिएका नीर शाह धेरैका  लागि उदाहरणीय कलाकार बनेका छन् । सिनेमाको हिरो भन्दा पनि कलाकारका रुपमा चिनिएका उनी धेरैको प्रेरणाका स्रोत हुन् । सरल स्वभाव र सबैसँग मिलनसार बानीका कारण उनले धेरैलाई आकर्षित गरेका छन् ।

सिनेमा कुसुमे रुमाल, प्रेम पिण्ड,  नाता रगतको, माटो बोल्छ, ढुकढुकी, बादल पारी लगायतका सिनेमामा काम गरेका छन् । उनी कलाकारका साथै व्यवस्थापक एवम्  व्यापारी  पनि हुन् । नीर शाहको राजपरिवारबाट आउने कलाकारमा पनि पर्छन् ।

नीर शाहनीर शाहले सिनेमामा अभिनय गर्नुका साथै केसी सिनेमाहरु निर्माण र निर्देशन पनि गरेका छन् । उनले निर्माण र निर्देशन गरेका सिनेमामा बासुदेब बसन्ती र नेपाल भाषाको राजमती लगायतका पर्छन् ।

करिब ३ सय भन्दा धेरै सिनेमामा काम गरेका शाहले सुरुवाती समयमा ७ सय रुपैया पारिश्रमीक लिएर महंगा कलाकार समेत बनेका थिए । ६५ औँ वस्न्त पार गरेका बरिष्ठ कलाकार निर शाहलाई हाम्रो तर्फबाट अनगिन्ती शुभकामना ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com