AD_ Wide Top

रेखाको ‘रुद्रप्रिया’ १६ वर्ष मुनीकाले अभिभावकसँग हेर्नुपर्ने

२७ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
रेखाको ‘रुद्रप्रिया’ १६ वर्ष मुनीकाले अभिभावकसँग हेर्नुपर्ने

काठमाण्डौ असोज २७ ✎ रेखा थापाको ‘रुद्र प्रिया’ले पीजि प्रमाणपत्र पाएको छ । लक्ष्मी पूजाको अवसर पारेर  कार्तिक २ गते देखि देशभर  प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमा हेरेपछि सेन्सरले पीजी प्रमाण पत्र दिएको हो ।

सिनेमामा समावेश भएका द्धन्द सिनका कारण १६ वर्ष मुनीका बालबालिकाले यस सिनेमालाई अभिभावकको साथमा हेर्नुपर्नेछ ।
रेखा थापा, आर्यन सिग्देल, राजन ईशान लगायतको मुख्य भूमिका रहेको ‘रुद्रप्रिया’ १ घण्टा ५५ मिनेट लामो छ । सिनेमालाई सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने रमेश एमके पौडेल र सरस्वती थापाले निर्माण ।

‘रुद्रप्रिया’ बहुप्रतिक्षित सिनेमा बनेको छ । किनकी रेखा थापा र अभिनेता आर्यन सिग्देलले आठ वर्षपछि यस सिनेमा मार्फत पर्दा बाँडेका छन् । आठ वर्ष अघि यी दुईले ‘किस्मत’ र ‘हिफाजत’मा स्क्रिन सेयर गरेका छन् । आर्यनले रेखाकै सिनेमा किस्मतबाट सिने नगरीमा ब्रेक लिएका हुन् । तर बीचमा एकअर्काको व्यक्तिगत असमझदारीका कारण बोलचाल नभएको रेखाले बताउँदै आएकी छिन् ।



gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com