AD_ Wide Top

‘रुद्रप्रिया’का लागि आर्यनले रहरले बनाएको ज्यान घटाए

२७ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
‘रुद्रप्रिया’का लागि आर्यनले रहरले बनाएको ज्यान घटाए

काठमाण्डौ असोज २७ ✎ कार्तिक २ गते देखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘रुद्रप्रिया’ यतिबेला चर्चामा छ । प्रदर्शन मिति नजिकिँदै गरेका कारण र आठ वर्षपछि रेखा र आर्यन एउटै पर्दामा आएका कारण सिनेमाको चर्चा बढ्दै गएको हो । रेखा र आर्यनको मुख्य भूमिका रहेको यस सिनेमाको कथा भने अहिलेसम्म रहस्यमय नै छ । नारीवादी भनिएको यो सिनेमा कुन विषय वस्तुमा आधारित त्यसको आधिकारिक जानकारी छैन । सिनेमाको कथा के हो ? त्यो भने अब दर्शकले हलमै गएर हेरेपछि मात्रै थाहा पाउनेछन् ।

तर यस सिनेमाका  लागि आर्यन सिग्देलले तौल घटाएको कुरा भने बाहिरिएको छ । सिनेमाको ट्रेलर र गीतमा सधैँ भन्दा केही दुब्लो देखिएका आर्यनसँग हामीले सिनेमाको प्रचारप्रसारको क्रममा केही कुराकानी गर्ने मौका पायौँ । यस मौकामा उनले हामीलाई सिनेमा रुद्रप्रियाका लागि आफूले १० किलो तौल घटाएको खुलाए ।

Rekha-Thapa-and-Aryan-Sigdel-movie-RudraPriya-poster-2सिनेमामा काम गर्ने क्रममा १० किलो घटेका आर्यन अहिले भने मोटाईसकेका छन् । किनभने अहिले उनले खानपिनमा कन्ट्रोल गरेका छैनन् । खाने विषयमा कुरा गर्दै उनी भन्छन्, ‘अहिले सिनेमा प्रमोशन बाहेक अरु त्यति काम पनि छैन त्यस कारण कतिबेला कहाँ जाने र के खाने ? भन्ने मात्रै भईरहको छ ।’ तिहारसम्म सिनेमा नगर्ने भन्दै अहिले आफूले खाने कुराहरुमा ध्यान नदिएको उनी बताउँछन् ।

एकताका उनी ज्यानलाई मस्कुलर बनाउने योजनामा थिए । यसका लागि उनले जिममा गएर केही वर्कआउट पनि गरे । तर ‘रुद्रप्रिया’को बाला पात्रका लागि उनले ज्यान घटाउनु पर्ने भयो । खासमा सामान्य जीवन जिउने बालाका लागि आर्यनले बनाएको ज्यान निकै खाईलाग्दो देखिन्थ्यो । उनको ज्यान सिनेमाको पात्रसँग नमिल्ने भएका कारण उनले ज्यान घटाए ।

बलिवुड र हलिवुडमा भने प्राय अभिनेताहरुले आफ्नो शरीरलाई मस्कुलर बनाएर राख्छन् । तर नेपालका प्राय अभिनेताहरुलाई रहरले मस्कुलर ज्यान बनाएपनि सिनेमाका लागि शरीरको बनावट परिवर्तन गरिहाल्नु पर्छ जसलाई छिट्टै मस्कुलर बनाउन गाह्रो पर्छ । यस विषयमा आर्यन भन्छन्,  हाम्रो जीवन शैली अनुसार, हामीले जुन तरिकाले काम गर्छौ नि त्यस अनुसार मस्कुलर भईरहन भने अलि गाह्रै पर्छ । विदेशीहरुको जीवनशैली, उनीहरुको कमाई जुन छ त्यो किसिमको जीवनशैली हामीले अपनाउन अलि गाह्रै छ नि ।




gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com