AD_ Wide Top

‘अनुराग’बाट बाहिरिएका पलले भने, ‘पैसाको नि लोभ लाग्छ’

२७ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
‘अनुराग’बाट बाहिरिएका पलले भने, ‘पैसाको नि लोभ लाग्छ’

काठमाण्डौ असोज २७ ✎ अभिनेता पल शाहले सिनेमा ‘अनुराग’ छोडेका छन् । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहने यस सिनेमाका लागि पलले १८ लाख पारिश्रमिक लिएर अनुबन्धित भएको खबर केही दिन अघि मात्रै सार्वजनिक भएको थियो । सत्यराज चौलागाईँको निर्देशनमा बन्न लागेको ‘अनुराग’मा पल भन्दा अगाडि मोडल दीपक घिमिरे फाईनल भएका थिए । सिनेमाको आधिकारिक घोषणासँगै सिनेमाको लागि अभिनेताको रुपमा दीपकलाई फाईनल गरिएको थियो । तर दीपकले फाईनल भएको केहि दिनमै सिनेमा छाडे ।  दीपकले छाडे लगत्तै पल शाहको नाम यसमा जोडीयो । तर पलले पनि अब यसमा काम नगर्ने भएका छन् । जानकारी अनुसार अहिले निर्माण पक्ष नयाँ अभिनेतालाई लिएर वर्कशपमा जुटेको छ ।  पलले किन छाडे त ‘अनुराग’ हामीले उनलाई केही प्रश्न गरेका छौँ ।

‘अनुराग’ सिनेमामा अभिनय गर्ने कुरा थियो । समाचार छोडेको भन्ने आयो । कुरा सत्य हो ?
हो । कुरा एकदमै सत्य सुन्नुभएको रहेछ ।


किन छाड्नु भएको त ? त्यत्रो १८ लाख  पारिश्रमिक तपाईलाई दिने भन्ने कुरा थियो ‘अनुराग’बाट ।
पैसा मात्रै ठूलो कुरो होइन नी ।


के ठूलो हो त ?
सिनेमाको कथा वस्तु, काम गर्ने टिम । सबै भन्दा मुख्यकुरा दर्शकलाई मेरो सिनेमाले खुशी दिन सक्छ कि सक्दैन ? धेरै कुरा छन् नी ।


तपाईले ‘अनुराग’ सिनेमा गर्ने निर्णय लिँदासम्म स्क्रिप्ट पढ्ने वा कथा सुन्नु भएको थिएन ?
स्क्रिप्ट पढ्या होइन । मैले मुखैबाट एक लाइन कथा चाही सुनेको हो । कथा चित्त बुझ्दो नै थियो । मलाई स्क्रिप्ट र सम्पूर्ण ड्राफ्ट दिनुस् भनेर भनेको थिएँ । तर उहाँहरुले फाइनल ड्राफ्ट दिन सक्नुभएन । त्यही भएर नै मैले सिनेमा नगर्ने निधो गरेको हो


ड्राफ्ट त आउथ्यो होला त ?
ड्राफ्ट आए पनि उहाँहरुको सिनेमाको छायाकंन मैले काम गर्न लागेको मह सञ्चारको सिनेमा ‘शत्रु गते’को छायाकंन जुध्यो । मैले अघि नै भने नी पैसा नै सबै थोक होइन । सुरुमा उहाँहरुको कुरा परिपक्व तरिकाले पनि आएन । यता ‘शत्रु गते’को लागि मैले समय दिइ सकेकोले पनि त्यो सम्भव भएन । यहिकारण पनि ‘अनुराग’बाट मैले बाहिरिने निर्णय गरेको हुँ ।


‘अनुराग’बाट बाहिरिनुमा अरु कुनै व्यक्तिगत असमझदारी वा मनमुटाव त होइन नी ?
होइन ! होइन ! मेरो उहाँसंग त्यस्तो कुनै नराम्रो भएको छैन । मैले मेरो दर्शकहरुका लागि राम्रो भन्दा राम्रो सिनेमा दिने प्रयत्न गर्दैछु । उहाँहरुले पनि राम्रै सिनेमा बनाउने प्रयास गर्दैहुनुहुन्छ । फेरि राम्रो कलाकार बन्नको लागि काम प्रति बफादार पनि त हुनु पर्यो ।


त्यसो भए सिनेमा प्रति तपाई अलि सिरियस हुन थाल्नुभएको हो ?
दर्शकको मायाले गर्दा अलि सिरियस हुन लाग्या हो । उहाँहरुले म प्रति धेरै विश्वास र आशा राख्नु भएको छ । त्यसले गर्दा पनि सिनेमा अलि छानेर, राम्रो स्क्रिप्ट र राम्रो टिम संग काम गर्ने मेरो रहर हो । पैसा मेरो लागि प्रमुख कुरा होइन । कहिले काही धेरै पैसा देख्दा लोभ नि लाग्छ  । मान्छे हुँ म पनि । मलाई नि चाहिन्छ । तर पैसा धेरै दिँदैमा कथा स्पष्ट नभएको सिनेमा गर्नु पनि  त भएन नी ।




below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com