AD_ Wide Top

मैलै बोलेर ठूलो गल्ती गरेँ – करण जोहर

२७ असोज,२०७४  |   Agency

below social share detail page adv


loading...
मैलै बोलेर ठूलो गल्ती गरेँ – करण जोहर

बलिवुडका निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री काजोलको सम्बन्धले एकताका बलिवुडमा खुबै चर्चा बटुल्यो । करणले आफ्नो अटोबायोग्राफीमा  काजोलसँग सम्बन्ध बिग्रिएको र उनको लागि आफ्नो जीवनमा अलिकती पनि ठाउँ नभएको उल्लेख गरे । करणले आफ्नो अटोबायोग्राफीमा जुन किसिमले बयान दिएका थिए त्यो सुनेका र पढेकाहरुलाई भने उनको र काजोलको सम्बन्ध सुध्रने सम्भावना कम देखिन्थ्यो । तर अहिले भने उनीहरुको सम्बन्ध सुध्रिसकेको छ । केही दिन अघि मात्रै करणले काजोल र शाहरुखसँगको एक तस्बिर सेयर गर्दै लेखे, ‘लाईफटाईम बोण्ड’ ।

हालै मात्र भारतीय मिडियासँग कुराकानी गर्दै करणले काजोलसँगको सम्बन्धको बारेमा अझ खुलेर बोलेका छन् । उनले  भनेका छन्, ‘मैले जुन तरिकाले काजोल र मेरो सम्बन्धको बारेमा बोलेँ त्यो नहुनु पर्ने कुरा थियो । तर अहिले आएर यसको बारेमा सोच्दा भने मैलै गल्ती गरेको महसुस हुन्छ ।

kajolमैले ती सबै कुरा रिसको झोकमा भनेको थिएँ । ती सबै कुरालाई मैले आफैमा सिमित राख्नुपर्ने थियो । जिन्दगीमा कुनै–कुनै सम्बन्धहरु मनसँग जोडीएका हुन्छन् । यदि ती सम्बन्ध बिग्रिन थाले भने हामीले आमने–सामने भएर कुरा गर्नुपर्छ ।  मैले पनि हाम्रो यो विवादलाई सार्वजनिक गरेर ठूलो गल्ती गरेँ ।’

कुराकानीका क्रममा करणले आफू पिता भएको खुशीयालीमा सबैभन्दा पहिले काजोललाइ नै म्यासेज पठाएको खुलाए ।  उनले म्यासेजमा लेखेका थिए– ‘तिमिले यो म्यासेजको उत्तर दिनुपर्छ भन्ने छैन । तर तिमीले मेरा छोराछोरीको तस्बिर कुनै पत्रिका या त अनलाईनमा देखको हेर्न म चाहन्न ।’
त्यसपछि काजोलले पनि यसको जवाफमा लेखेकी थिईन्, ‘यी बच्चाहरु एकदमै सुन्दर छन् । मलाई पूरा आशा छ जुन माया मलाई मेरा छोराछोरीले दिईरहेका छन् त्यहि माया तिमीलाई पनि तिम्रा छोराछोरीले दिनेछन् ।’

स्मरण रहोस करणले दुई जुम्ल्याहा सन्तानलाई एडप्ट गरेका छन् । उनले छोरा यश र छोरी रुहीलाई केही महिना अघि मात्रै एडप्ट गरेका हुन् ।




below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com