AD_ Wide Top

 यसरी राखिएको थियो सिनेमामा तीन करोडको ‘कुटुमा कुटु’

३० असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
 यसरी राखिएको थियो सिनेमामा तीन करोडको ‘कुटुमा कुटु’

काठमाण्डौ असोज ३० ✎सिनेमा ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ युट्युबमा तीन करोड भन्दा धेरै हेरिने पहिलो नेपाली सिनेमाको गीत बनेको छ । रिलिज भएको ४७ दिनमै एक करोड भन्दा धेरै पटक हेरिएको यस गीतलाई दुई महिना बित्दा दुई करोड पटक हेरिएको थियो भने रिलिज भएको चार महिनामा तीन करोड भन्दा धेरै पटक हेरिएको छ ।
आसिम शाहको निर्देशन रहेको सिनेमा ‘दुई रुपैयाँ’मा आशिफ साह, निश्चल बस्नेत, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यसै प्रसंगमा गफगाफ डटकमका लागि सहकर्मी प्रभात लामाले निर्माता तथा कलाकार आशिफ शाह संग गरेको आजको गफगाफ ।
नेपाली चलचित्रको गीत संगीतमा तीन करोड भ्यूअर्स पहिलो चोटी पुग्यो । कस्तो लागिराको छ?
अत्यन्त खुशी लागेको छ । यो सबै दर्शक श्रोताको मायाले गर्दा नै सम्भव भएको हो । त्यहीमाथी राम्रो शब्द संगीत पनि रहेको छ गीतमा ।
पछिल्लो दिनमा नेपाली चलचित्रका अरु गीत संगीतले पनि राम्रो भ्यूअर्स पाएका छन । तर, कुटुमा कुटुलाई तीन करोड जनताले रुचाउनुको


विशेष कारण चाहि के होला जस्तो लाग्छ तपाईलाई?
विशेष पहिलो कुरा लोक भाका चिज नै हो । अर्को भने गीतको जोडीको छेडखानी जुन छ अरु भन्दा निकै नै फरक किसिमको छ । यो गीत सफल हुनुमा शब्दको ठूलो हात छ ।


यो गीत जब तपाईले राजनराज सिवाकोटीबाट लिने कुरा आयो नि यो कसरी जुरेको थियो?
मलाई उहाँले फोनमा शब्द सुनाउनु भएको थियो । उहाँले मलाई शब्द यस्तो छ आसिफजी भन्नुभएको थियो । त्यो पछि मैले हुन्छ भनेको थिए ।


यो चलचित्रमा सिवाकोटी कै संगीत किन राख्नु भा को ?

राजनराज सिवाकोटी लाई म पहिल्यैबाट चिन्थेँ । तर, काम गर्ने अवसर भने मिलेको थिएन । उहाँले गरेको कामहरु भने मन पथ्र्यो । उहाँको गीतहरु म टेलिभिजनमा काम गर्दा पनि खुबै बजाउने गर्थे । राजन ईसान जो मेरो राम्रो मित्र ,यो गीतमा उसले पनि राम्रो मद्दत गरेको छ । उहाँहरुले एक अर्कालाई मित ज्यू मित ज्यू भनेर सम्बोधन गर्ने गर्नुहुन्छ । राजन ईसान र हाम्रो अफिस एकै ठाँउमा छ ।

कुरैकुरामा हामीले दुई रुपैयाको लागि एउटा मेलाको गीत साेंचिरहेको छौ केही छ भने भन्नु न त भनेका थियौ । त्यसपछि उहाँले म हजुरहरुको वर्कसपमा आउँछु नि त भन्नुभयो र आएको केही दिनपछि मलाई सुन्नुहोस है त गीतको शब्द भनेर भन्नुभयो । लोकभाका त मिठो भईनै हाल्छ तर शब्द कै आधारमा मैले हुन्छ भनेर भनेको हो ।

राजनराजसंग कुरा भएपछि मैले राजन ईसानलाई फोन गरेर मलाई त शब्द निकै मन पर्यो तिमीलाई कस्तो लाग्यो भन्दा उसले आफूलाई पनि मन परेको कुरा बतायो । त्यो पछि गीत चुन्यौ ।


तपाईआफै पनि गीत गाउनु हुन्छ यो गीत कता कता आफू पनि गाउँ जस्तो लागेन?
लोक भाकाको आफ्नै शैली छ । गाउँनको लागि लोकको त्यो भाका मैले भन्दा पनि राजनराज सिवाकोटी र राजन ईसानले राम्रो संग निकाल्न सक्छन । उहाँहरुले गाउँदा नै राम्रो हुन्छ भन्ने थाहा पाईसके पछि म आफू किन अघि सर्नु जस्तो लाग्यो ।


सिनेमाको गीतले तिन करोड भ्यूअर्र्स कमाई सक्नुभयो । सिनेमाले भने कति कमायो?
दुई रुपैया देखाएर निश्चल आसिफले दुई करोड लैजान्छन भनिराखेका थिए । नभन्दै यस्तै नै हुन आयो । लगभग निर्माताको सेयरमा दुई करोड आउने देखिएको छ । टोटल ग्रस साढे छ करोडको हाराहारीमा छ ।


दोस्रो सिनेमाको लागि कत्तिको उत्साहित हुनुहुन्छ?
दोस्रो सिनेमाको लागि उत्साहित पनि छु । के गर्न होला लौ न भन्ने पनि छ ।


अहिले सम्म कुनै स्क्रिप्ट हेर्नुभएको छ?
स्क्रिप्ट दुई चार वटा छ तर कुन अगाडी बनाउने होला भन्ने कुरा हो ।


दुईको बुई चढ्ने की नचढ्ने?
यदि यसले दर्शकलाई मनोरन्जन दिन्छ भने किन नचढ्ने । बुई पनि एउटा बोझवाला हुन्छ अर्को रमाईलो वाला हुन्छ । रमाईलो वाला बुई चढ्नुपर्छ भन्ने मेरो भनाई ।


विदेश जानुभएको रहेछ?
हो । म यु.के.विशेष शो को लागि गएको थिए । विदेशमा पनि शो हरु राम्रो भईरहेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com