AD_ Wide Top

‘पद्मावती’लाई प्रदर्शन हुन नदिने धम्की

३१ असोज,२०७४  |   Agency

below social share detail page adv


loading...
‘पद्मावती’लाई प्रदर्शन हुन नदिने धम्की

एजेन्सी असोज ३१ ✎ यो वर्षको बहुप्रतिक्षित सिनेमा ‘पद्मावती’ छायाकंनको समय देखि नै समस्या र विवादमा छ । सिनेमाको विवाद फेरि एकपटक दोहोरिएको छ । सिनेमालाई जय राजपुतान नामक संस्थाले खुला धम्की दिएको छ । यस संस्थाले रिलिज अगाडि सिनेमा आफूलाई देखाउनु पर्ने भन्दै नदेखाएको खण्डमा रिलिज हुन नदिने धम्की दिएको हो ।

यति मात्रै हैन यस संस्थाले सिनेमा रिलिज भएपछि सिनेमा घरमा हुने कुनैपनि किसिमको क्षतिको जिम्मेवार आफू नहुने पनि स्पष्ट पारेको छ । जय राजपुतान संघका प्रमुख भंवर सिंह रेताले एजेन्सीसँग कुराकानी गर्दै भनेका छन्, ‘मलाई कसैले हिन्दु धर्मको अपमान गरेको मन पर्दैन । ‘पद्मावती’ भारतीय ईतिहास बोकेको सिनेमा हो । यदि रानी पद्मावतीको अलाउद्दिन खिलजीसँग प्रेम देखाईयो भने हामी सिनेमा हल जलाईदिने छौँ ।’

यस संस्थाले धम्कीपूर्ण तरिकाले आफ्नो धर्म र देशको सस्कृतीको बचावमा आफ्ना २ लाख ५० हजार भन्दा धेरै कार्यकर्ता तलवार मात्रै हैन एके–४७ चलाउन पनि राजी भएको बताएको छ ।

यस अघि ‘पद्मावती’को सेटमा दुईपटक आक्रमण भईसकेको छ । पहिलो पटक करणी सेनाले जयपुरस्थित फिल्मको सेट तोडफोड गरेका थिए । दुई महिना पछि फेरि करणी सेनाकै कार्यकर्ताले कोल्हापुरमा भएको सिनेमाको सेटमा आगो लगाईदिएका थिए । यति मात्रै हैन यहाँ त सिनेमाका निर्माता तथा निर्देशक संजय लिला भंसालीमाथि करणी सेनाका कार्यकर्ताले हात पात पनि गरेका थिए ।

केही समय अघि मात्रै मिडियासंग कुराकानी गर्दै करणी सेनाले पनि तथ्यलाई गलत तरिकाले प्रस्तुत गरेको पाईयो भने आधा देशमा सिनेमा प्रदर्शन हुन नदिने धम्की पनि दिएको थियो । दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपूरको मुख्य भूमिका रहेको ‘पद्मावती’ डिसेम्बर १ मा रिलिज हुँदैछ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com