AD_ Wide Top

भात खानलाई श्राद्ध आउनु पथ्र्यो रमाउन दशै कुर्नै पथ्र्यो : रामचन्द्र अधिकारी

३१ असोज,२०७४  |   Gufgaf

below social share detail page adv


loading...
भात खानलाई श्राद्ध आउनु पथ्र्यो रमाउन दशै कुर्नै पथ्र्यो : रामचन्द्र अधिकारी

काठमाण्डौ असोज ३१ ✎ कलाकारिता क्षेत्रमा चार दशक पुरा गरेका बैसठ्ठी बर्षका कलाकार रामचन्द्र अधिकारीले धेरै नेपाली सिनेमा र टेलिसिरियलमा काम गरिसकेका छन । उनि अभिनित सिनेमामा उनले पाएको भुमिकाबाटै उन्लाई फरक फरक नामले चिन्छन दर्शकहरु । अहिलेको पुस्ताले अधिकारीलाई गोफ्ते काजीका नामले चिन्छन ।

अधिकारीले आफ्नो बाल्यकाल देखि कलायात्राका बारेमा सहकर्मी  प्रभात लामा संग गरेको कुराकानीको सम्पादीत अंश उनकै लयमा ।


Gufgafरामचन्द्र अधिकारी (4)औपचारिक रुपमा कक्षा दुई सम्म मात्र पढ्न पाए : सानै उमेरमा लाहुरे
मेरो बाल्यकाल गोठाटार गाँउमा बित्यो । बुबा किसान हुनुहुन्थ्यो । मैले औपचारिक रुपमा कक्षा दुई सम्म मात्र पढ्न पाए । नेपाली वर्णमाला गुरुले बेन्च माथी बसेर भन भन्नुुहुन्थ्यो मैले फरर भनिदिन्थेँ । घरायसी समस्याको कारण मैले पढाईलाई बिच मै छोड्नुपर्यो । म लाहुर हिड्नु पर्यो । सानै उमेरमा म लखनऊ गए । त्यो बेलामा म तेह्र वर्षको थिए । लाहुरको वेथा अलि बेग्लै छ । मेरो घरको छिमेकी बहिनी असाध्यै पढ्ने हुनुहुन्थ्यो । उहाँले हिन्दीमा मलाई पढ्ना है भनेर सोध्नु भयो । त्यस्तै उहाँले मलाई अलिअलि पढ्न र लेख्न सिकाउनु भएको थियो ।

लखनऊमा म तीन महिना जति बसेँ । त्यहाँ राणा जी को एउटा बिल्डिङ्ग रहेछ । मलाई चाहि रक्सोलबाट एउटाले जिम्मा लगाएर एउटा नेपालीले एकातिर लैजान्छु भनेर लगेका थिए । घर छोडेर हेटौडा पुगेको थिए । त्यहाँ काम गर्न पुगेँ । त्यो मान्छे संग त्यहाँ नै भेट भयो । हेटौडा म काम गर्छु भनेर गएको थिए । त्यहाँ दुई दिन बस्दा त्यो मान्छेले एउटा फ्याक्ट्री छ त्यहाँ काम गर्न लैजान्छु भनेँ ।

त्यो बेलामा म मा फुर्ती पनि थियो । जागिर लाई दिन्छु भन्न पनि पाईन्छ भनेर उहाँ संग गएँ । गएपछि त्यो रेल चढ्ने ठाँउमा उहाँले मलाई दिल्ली लान्छु भनेर लैजानु भयो । दिल्लीको फ्याक्ट्रीमा काम गर्न लैजान्छु भनेर गए । त्यहाँ रेलमा कुरेर बस्दा नेपाली संग भेट भयो । उहाँहरु श्रीमान श्रीमती हुनुहुन्थ्यो । त्यहाँ उहाँले म कहाँ पठाई दिनु भनेर गफगाफ गर्नुभयो । त्यो पछि बाबु उहाँ संग जाने है भन्नुभयो । त्यसरी त्यहाँ पुगे ।

म त्यहाँ कामपछि फेरी फर्केर आए । फेरी काम गर्न जानु पर्छ भन्ने कुरा भएको थियो । तर, म गईन । मैले उहाँ संग तिन महिना काम गरेको पैसा लिईन । उहाँले तलब पचास रुपैया महिनाको दिन्छु भन्नु भएको थियो ।

उता मैले पैसा नै लिईन । यता जनकपुर आए । बाटोमा ज्यामी काम पनि गरेँ । त्यहाँ एक महिना जति काम गरेँ । काम गर्दा गर्दै एक जना ओभरसियरले उहाँले मलाई आफ्नो घरमा काम गर्न राख्नुभयो । त्यहाँ सहयोगी भएर मात्र काम गरेँ । उहाँलाई काठमाडौँ आउनुपर्ने रहेछ । रसियन जिपमा उहाँ संग नै काठमाडौँ आए । उहाँको घरमा जादाँ आफ्नै घर गएको जस्तो अनुभूति भयो । त्यहाँ जाना साथ आमाले खानाहरु देखि लिएर सबै कुरामा ध्यान दिनुभयो । उहाँको दाई भाई सबैले माया गर्थे ।

उहाँलाई बाटोको कामको लागि फेरी फर्किनु पर्यो । त्यो बेलामा मेरो गोजीमा सात सय रुपैया थियो । यो म पचास वर्ष हुदाँको कुरा हो । त्यो पैसा ल्याएर मैले बालाई दिए ।


Gufgafरामचन्द्र अधिकारी (1)भात खानलाई श्राद्ध आउनु पथ्र्यो रमाउन दशै कुर्नै पथ्र्यो
परिवारमा मेरो भाई दुईवटा अनि एक जना बहिनी छ । पारिवारिक स्थिती पहिला निकै गाह्रो थियो । हामीलाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो हुन्थ्यो । आमा पनि खेती किसानी मै हुनुहुन्थ्यो । हाम्रो गोठाटारमा चार रोपनी खेत थियो । त्यो बेलामा खेतमा अन्न सजिलो संग नफल्ने । पानी नआईदिने । त्यति गर्दा मात्र खान र लाउन कहिल्यै पनि नपुग्ने ।

चार रोपनी जग्गा काठमाडौँमा भएपनि हामीलाई गुजारा गर्न निकै गाह्रो थियो किनभने भात खानलाई श्राद्ध आउनुपथ्र्यो । त्यो बेलामा ढिडो भात हुन्थ्यो । रमाउन र भात खानको लागि दशै कुर्नै पथ्र्यो ।

मलाई याद भएको दशै गाँउमा साथीहरु संग खेलेको नयाँ कपडा र कमिज लगाएको हो । कमिजको खल्तीमा चिउरा हालेर खेल्न गएको कुरा । बुबाले चिनबाट आएको म भन्दा ठूलो भेडोलाई चराउनै नसकेको ।

मैले धेरै ठाँउमा विश्वासले काम गरे । बढी माया पाईयो । एक चोटी नेपाल दूर सञ्चार समितीमा जागिर गर्दा छिमेकी कान्छो बुबा भनेर सम्बोधन गर्थे मैले । सुरेश कुमार पुडासैनी उहाँको र हाम्रो घर संगै हो । त्यहाँ स्टोर शाखामा काम गर्थे । बाहिर स्टोरमा पठाउनु पर्दा फेरी लोड गरेर पठाई दिने गथ्र्यौ ।

हामी चार जना थियौ । त्यो बेलामा मैले पहिलो महिनाको पैतालिस रुपैया पाएको थिए । त्यो पैसा पाएपछि म खुशी भए चुप्पा गरे र बा लाई लगेर दिए । पैसा पाई सकेपछि बा र आमा मख्ख परेर खल्तीमा हाल्नु भएको थियो । मैले एक रुपैया पनि त्यसबाट खर्च नगरी आमा बाबा लाई लगिदिएको थिए।


मेरो घरमा पनि दुख गर्नु पर्छ गर्न सक्छ्यौ भन्दा उनी बोलिनन
मेरो विवाह भएको चौतिस सालमा हो । मेरो मागी विवाह नै भएको हो । आमाबुबा लाई दमको रोग लाग्यो । उहाँहरुले कामगर्न सक्नुभएन । आमाले काम गर्नुहुन्थ्यो । त्यो पछि बुहारी चाहियो भनेर सल्लाह भईसके पछि मेरो हजुरबुबाले केटी खोज्ने भनेर मलाई पनि लैजानु भयो । त्यो बेलामा म २३ वर्षको थिए । बारीमा काम गर्दै गर्दा मैले उनलार्ई देखेको हो । हामीले एक अर्कोलाई हेर्यौँ । राम्रो नराम्रो भन्दा पनि मलाई मैले घरमा विवाह गरेर लैजानु पर्छ भन्ने थियो ।

मनमा पनि मलाई राम्रो नराम्रो भन्ने थिएन । मैले केही पनि भनिन । ल हिड् खाना खान भनेर त्यहाँ गयौँ खाना खायौ र सुत्यौ । मलाई रात भरी के के भयो भयो । बिहान उठेर हजुरबुबाले के छ त तेरो विचार भनेर सोध्नुभयो । मैले अन्तजाउ न हजुरबुबा भने । त्यो दिन खाना खाएर जाँदा राती भयो । हजुरबुबालाई पनि बाटो थाहा रहेनछ ।

अहिले बिहे गरेको श्रीमतीकोमा गएर बस्यौ । मैले मेरो श्रीमतीलाई विवाह अघि मेरो पनि घरमा गाई वस्तु छ तिमीले यहाँ जसरी नै मेरो घरमा पनि दुख गर्नु पर्छ गर्न सक्छ्यौ भन्दा उनी बोलिनन । म त्यति कै घर भन्दा अलिकति तल यतिकै फर्केर आए ।मलाई केटिको हजुर आमाले तपाईलाई मन परेको भए मैले नातिनी दिए भन्नुभयो । त्यसरी नै विवाह भएको हो ।


Gufgafरामचन्द्र अधिकारी (3)अध्यारो उज्यालो नाटकमा खेलेपछि सिनेमाको यात्रा सुरु
म दूर सञ्चारमा काम गर्थे । तिस सालमा एउटा नाटक गर्न भनेर बौद्ध युवा क्लब र जोरपाटी युवा क्लबका साथीहरुको तयारी रहेछ । नाटक उनीहरुले जोरपाटी चोकमा गर्ने भनेर सल्लाह गर्नुभएको रहेछ ।

परिचित ढुङ्गानाले निर्देशन गर्नु भएको रहेछ । त्यो नाटक खेल्दा म बौद्ध देखि साईकल चढेर आउँदा त्यहाँ भेट भएर ए गुरु नाटक गर्नुपर्यो भनेर साथी र परिचित ढुङ्गानागुरुले भन्नुभयो । पहिलो नाटकमै मैले काकाको रोल गरेको थिए । त्यो बेलामा मेरो दाह्री आईसकेको थियो ।

भैरव अर्यालले लेख्नुभएको उपन्यासमा“सच्चाप्रेम”भन्ने नाटक हामीले तयार पर्यौ । नाटकमा हामी सबैले मिलेर काम गर्यौ र असाध्यै राम्रो भयो । दर्शकहरु धेरै नै सडक मै आउनुभयो । उहाँले मलाई श्री समूह ठमेलमा लिएर जानुभयो । त्यहाँ मैले निर शाह, कृष्णा मल्ल, रविन्द्र खड्का, मुकुन्दश्रेष्ठ, रमेश बुढाथोकी लगायतका कलाकार संग भेटे । त्यहाँ पुग्ने बितिक्कै मलाई सबैले आजीवन सदस्यता दिनुभयो । उहाँहरुले मलाई अध्यारो उज्यालो नाटकमा रोल पनि दिनुभयो ।

त्यो नाटक सभा गृहमा देखाउनु भएको थियो । नाटकमा आईसकेपछि सबैले मलाई राम्रो छ भन्नुभयो । निर शाहज्यूले पनि त्यही भन्नु भयो । त्यो मेरो पहिलो ब्यबसायिक एक्टिङ्ग थियो । त्यहाँ सभा गृहमा हल भरी मान्छेहरु हाम्रो नाटक हेर्न आउनुभयो । त्यही पनि उहाँले राम्रो छ भनेर अंगालि दिदाँ त मलाई के गरौँ गरौँ भएको थियो । मैले कमाएको पैसा भन्दा त्यो दर्शकको मायाले मलाई धेरै लोभ्याएको थियो । नाटक शुरु भएपछि लैजाऊ जोवन भन्ने नाटक शुरु भयो ।

नारायणघाट, धरान स्कुलमा नाटक देखाउन गईयो । त्यो पछि बासुदेव चलचित्र बन्यो । त्यसमा निर शाहजी निर्देशक हुनुहुन्थ्यो । एकाउनटेन्टको क्यारेक्टर हरिहर शर्मा संग थियो । मैले गरेको पहिलो सिनेमाको पहिलो टेक ओके भएको थियो । सूटमा सबैले ताली बजाए म निकै खुशी भएको थिए । निर शाहज्यूले पनि ताली बजाउनु भयो । त्यसरी पहिलो चलचित्रमा काम गरेँ । पहिलो टेलिफिल्म पृथ्वीनारायण शाहको थियो ।
सेटमा धेरै रमाईलो गर्ने कलाकार विशेष गरेर मदनदाई, हरि दाई, राजाराम पौडेल, किरण के.सी., शिवहरी पौडेल, दीपकराज गिरी, धुर्मुस, माग्ने दाई र हिरोमा शिवदाई ,अलि बढी उट्पट्याङ्ग, भुवन केसी, र गम्भिर भने राजेश हमालजी हुनुहुन्थ्यो । आफ्नो पढ्ने किताब बोकेर जाने अलिकति फुर्सद भयो कि किताब पढेर बस्दिने गर्नुहुन्थ्यो । उहाँले जोक पनि गरेर सबैलाई हँसाउनु हुन्थ्यो । मेरो कान्छो छोरा बुहारी अमेरिका, जेठो छोरा मै संग यही छ र माईलो भने अष्ट्रिेलियामा छन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com