AD_ Wide Top

दीपिकाले लन्च गरिन् हेमाको बायोपिक

३१ असोज,२०७४  |   Agency

below social share detail page adv


loading...
दीपिकाले लन्च गरिन् हेमाको बायोपिक

एजेन्सी असोज ३१ ✎ बलिवुडकी ड्रिम गर्ल हेमा मालिनीको बायाोग्राफी सार्वजनिक गरिएको छ । १६ अक्टोबरमा उनको ६९ औँ जन्मदिनको अवसर पारेर अभिनेत्री दीपिका पादुकोणले उनको बायोग्राफी लन्च गरेकी हुन् । ‘बियोण्ड द ड्रिम गर्ल’ नामक उनको बायोग्राफीलाई राज कमल मुखर्जीले लेखेका हुन् । हार्पर कोलिन्सले प्रकाशित गरेको यस किताबको प्रस्तावना भने भारतका प्रधानमन्त्री मोदीले लेखेका छन् । लेखक राज कलमका अनुसार हेमाले आफ्नो बायोग्राफी लेख्न खासै चासो देखाएकी थिईनन् ।

उनले राजसँग भनेकी थिइन्, ‘मैले बायोग्राफी नै लेख्ने गरी जीवनमा त्यस्तो खास केही पनि गरेकी छैन ।’ तर पछि भने उनले सहमती जनाईन् । हेमाको बायोग्राफी अर्को वर्ष हिन्दी र बंगालीमा पनि प्रकाशित हुनेछ ।

सन् २००५ मा हेमाको जीवनमा आधारित कफी टेबल बुक ‘दीवा अनविल्ड’को १० हजार प्रती छापिएको थियो । पछि हेमाको पूरा कुराहरु समेटिएको किताब लेख्ने योजना अनुरुप नै बायोग्राफी लेखिएको लेखक बताउँछन् । बिगत १२ वर्षमा हेमाको जिन्दगीमा आएका परिवर्तनहरुलाई यस किताबमा स्थान दिईएको छ ।

2_1508209225हेमाको यस विशेष दिनमा उनकी छोरी ईशा देआल र अहाना देओल सँगै अभिनेत्री जुही चावला, दीपिका पादुकोण, गायिका अल्का याग्निक लगायतको उपस्थिति थियो । हेमाले यस कार्यक्रममा आफनो जन्मदिनको केक पनि काटेकी छिन् ।

हेमाको आत्मकथामा धमेन्द्रकी पहिलो पत्नीको बारेमा केही पनि लेखिएको छैन । न त हेमाका सौतेनी छोराहरु सनी देओल र बबी देओलको बारेमा नै लेखिएको छ । किनभने यो हेमाको व्यक्तिगत कथा भएका कारण यी कुराहरुलाई समावेश गरिएको छैन । हेमाका श्रीमान् अभिनेता धमेन्द्रले पहिलो श्रीमती प्रकाश कौरलाई छोडेर हेमासँग विवाह गरेका थिए । हेमासँग विवाह गरेसँगै धमेन्द्रको पारिवारिक सम्बन्ध बिग्रिएको थियो जुन अहिलेसम्म पनि सुध्रिएको छैन ।

सन् १९४८ मा तमिलनाडुमा जन्मेकी हेमाले १९६३ मा तमिल भाषाको सिनेमाबाटै अभिनयमा ब्रेक लिएकी हुन् । बलिवुडमा भने उनले १९६८ मा सिनेमा ‘सपनोका सौदागर मार्फत’ डेब्यु गरिन् । भारतीय सिनेमामा पाँच दशक बिताएकी हेमाले चर्चित अभिनेताहरु धमेन्द्र, अमिताभ बच्चन, जतेन्द्र, राजेश खन्ना, शशी कपूर लगायतकासँग पर्दा बाँडेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com