AD_ Wide Top

अमेरिकामा पनि सार्वजनिक गरियो ‘महको म’

२०७४ कार्तिक १३  |   Gufgaf

below social share detail page adv


loading...
अमेरिकामा पनि सार्वजनिक गरियो ‘महको म’

काठमाण्डौ  कार्तिक १३ ✎

कलाकारिता क्षेत्रमा चार दशक भन्दा धेरै समय व्यतित गरेका कलाकार मदन कृष्ण श्रेष्ठको अटोबायोग्राफी ‘महको म’ अमेरिकामा पनि सार्वजनिक गरिएको छ । शनिबार एन पी पी एले आयोजना गरेको एक कार्यक्रमका बीच यस पुस्तकलाई सार्वजनिक गरिएको हो ।
यसको लागि विशेष कार्यक्रमको आयोजना गरिदिएकोमा एनपीपीएलाई धन्यवाद दिँदै मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिररु सेयर गरेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना गरिएको यस कार्यक्रममा सहभागी भएका सबैलाई उनले धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

Gufgafमदनकृष्ण श्रेष्ठको अटोबायोग्राफी ‘महको म’ गत भदौ २० गते नेपालमा पनि विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । फाईन प्रिन्टले प्रकाशित गरेको यस पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम विवाह देखि कलाकारितामा सफल हुँदासम्मका कुराहरु, श्रीमती यशोदाको क्यान्सरसँगको लडाईँ, आफ्नै स्वाथ्यसँगको पौठेजोरी लगायतलाई समावेश गरिएको छ ।

यतिबेला मदन कृष्ण मह सञ्चारकै निर्माण रहेको सिनेमा ‘शत्रु गते’को छायाकंनमा जुटेका छन् । यस सिनेमामा उनी फरक शैलीमा प्रस्तुत हुने भएका छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com