AD_ Wide Top

बलिवुड सिनेमाको गीतमा मिलनको आवाज

२०७४ कार्तिक १४  |   Gufgaf

below social share detail page adv


loading...
बलिवुड सिनेमाको गीतमा मिलनको आवाज

काठमाण्डौ  कार्तिक १४ ✎

दर्जनौँ गीतमा आवाज दिएर सबैको प्रिय बनेकी गायिका मिलन अमात्य नेपालका उत्कृष्ट गायिकाहरु मध्येकी एक हुन् । उनले छोटो समयमै नेपाली गीत संगीतमा राम्रो सफलता पाएकी छिन् ।

भारतको आसामबाट नेपाली गायिका बन्नको लागि नेपालको यात्रा तय गरेकी मिलनले पहिलो एल्बम “मिलन”बाटै सफल गायिकाको रुपमा स्थापित हुने मौका पाईन् । अहिले उनी नेपाली सिनेमा र एल्बमका गीतहरुका साथै देश विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त छिन् ।
उनको यहि सांगीतिक यात्रामा बलिवुड सिनेमाको गीतमा आवाज दिने सुनौलो अवसर पनि जुटेको छ । मिलनले बलिवुड सिनेमा “अन्दाज तेरा मेरा”को एक गीतमा आवाज दिएकी छिन् ।

हार्मोनी स्टुडियोमा गीत रेकर्डिङ गर्ने क्रममा उनले आफ्नो फेसबुक पेजमा लाईभ गरेर यसको बारेमा जानकारी दिएकी हुन् । यस गीतमा हिरारत्न शिरिषको शब्द र विश्वास नेपालको संगीत रहेको छ ।
नेपाली गीतसंगीतमा स्थापित हुनुअघि मिलनले आसामी गीतहरु पनि गाएकी छिन् । उनी आसाममा पनि राम्रै सफलता पाएकी गायिका हुन् ।
सन् २०१८ मा रिलिज हुने गरी निर्माण गरिएको सिनेमा अन्दाज तेरा मेरालाई कुमुद पन्तले निर्देशन गरेका छन् । कमेडी जनरामा बनेको यस सिनेमामा कुमुद कुमार, अतुल शर्मा, कुमुद पन्त लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com