AD_ Wide Top

लगातार विवादपछि किताब फिर्ता लिए नवाजले

२०७४ कार्तिक १४ मंगलवार  |   Agency

below social share detail page adv


loading...
लगातार विवादपछि किताब फिर्ता लिए नवाजले

एजेन्सी   कार्तिक १४ ✎

बलिवुडमा यतिबेला अभिनेता नवाजुद्दिन सिद्धिकी टक अफ द टाउन बनेका छन् । अटोबायोग्राफी ‘एन अर्डिनरी लाईफ’ सार्वजनिक गरेसँगै उनी चर्चा र विवादले घेरिएका छन् । उनले यस किताबमा आफ्नो प्रेम जीवनको बारेमा खुलेर कुरा गरेका छन् जसले उनलाई विवादमा पारेको छ ।

midलगातार विवादमा परेपछि नवाजले आफ्नो किताब नै फिर्ता लिएका छन् । सोमबार एक ट्विट गर्दै उनले आफूले किताब फिर्ता लिने आधिकारिक घोषणा गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मेरा कुराहरुले जतिलाई ठेस पुगेको छ म सबैसँग माफी माग्न चाहन्छु । मलाई यस कुराको पछुतो पनि छ । यहि कारण मैले यो किताब फिर्ता लिने निर्णय लिएको छु ।’
उनले किताबमा पहिलो प्रेमिकासँगको ब्रेकअप, वेटरसँगको एक रात देखि अभिनेत्री निहारिका सिंहसँगको यौन सम्बन्धका बारेमा खुलेर कुरा गरेका छन् । अभिनेत्री निहारिका सिंहलाई बदनाम गरेको भन्दै दिल्लीका एक वकिलले त नवाज विरुद्ध उजुरी समेत हालेका छन् ।

निहारिका सिंहलाई व्यक्तिगत रुपमा नचिनेको र नभेटेको भएपनि आफू विवाहित हुँदा हुँदै पनि नवाजले आफ्नो अफेयरको कुरा श्रीमतीलाई लुकाएको र यस्तो अवस्थामा नवाजले यस्ता कुराहरु लेख्नुभन्दा पहिलो धेरै पटक सोच्नु पर्ने उजुरी पत्रमा उल्लेख छ ।
केही पैसा कमाउनको लागि र किताबलाई चर्चित बनाउनको लागि फ्रि पब्लिसिटीको चक्करमा एक अभिनेताले महिलाको ईज्जतसँग सरासर खेलवाड गरेको ती वकिलको भनाई छ ।

नवाजले आफ्नो बारेमा किताबमा उल्लेख गरेका कुराहरु थाहा पाएपछि त्यसमा प्रतिकृया जनाउँदै निहारिकाले पनि नवाज आफ्नो किताब बेच्नको लागि एक महिलाको शोषण गर्न र बदनाम गर्न तयार भएको बताएकी छिन् ।
सिनेमा ‘मिस लवली’मा अभिनेत्री निहारिक सिंहसँग नजिकिएको र केही समय अफेयर चलेको कुरा मात्रै हैन निहारिकसँग एक रात बिताएको कुरा समेत नवाजले आफ्नो अटोबायोग्राफीमा उल्लेख गरेका छन् ।

wifeत्यस्तै नवाजले किताबमा पहिलो प्रेमिका सुनिता राजवारले आफू गरिब भएका कारण छोडेको उल्लेख गरेका छन् । तर सुनिताले पनि यो गलत भएको भन्दै नवाजलाई गरिबीका कारण नभयर गरिब सोचका कारण छोडेको बताएकी छिन् । किताबमा उनले न्युयोर्कमा एक वेटरसँग बिताएको रातका बारेमा पनि खुलाएका छन् ।
अफेयरसँगै विवाहको बारेमा पनि उनले किताबमा सबै कुराहरु उल्लेख गरेका छन् । नवाजले पहिलो विवाह शिवासँग गरेका थिए । तर शिवाले नवाजले यातना दिएको भन्दै सम्बन्ध बिच्छेद गरेकी थिईन् । पछि उनकी दोस्रो श्रीमती बनिन् अन्जली ।


 


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com