AD_ Wide Top

दीपिकाको ‘पद्मावती’ लुक्सका कारण तनावमा कंगना

२०७४ कार्तिक १५ बुधवार  |   Agency

below social share detail page adv


loading...
दीपिकाको ‘पद्मावती’ लुक्सका कारण तनावमा कंगना

 एजेन्सी  कार्तिक १४ ✎

अभिनेत्री दीपिका पादुकोणको ‘पद्मावती’ अवतार यतिबेला चर्चामा छ । दीपिकाको ‘पद्मावती’ अवतार हेरेर धेरै यस सिनेमाको पर्खाईमा छन् । तर अभिनेत्री कंगना रनावत भने तनावमा छिन् । दीपिकाको ‘पद्मावती’ अवतार सार्वजनिक भएसँगै धेरैको ध्यानाकर्षण यसमा भएको छ । यस लुक्समा सबैले राम्रो प्रतिकृया दिईरहेका छन् । यहि कारण कंगनालाई तनाव भएको छ ।

kanganaकंगना यतिबेला सिनेमा ‘मणिकर्णिका–द क्वीन अफ झाँसी’को छायाकंनमा व्यस्त छिन् । २७ अप्रिल २०१८ मा रिलिज हुने तयारीमा रहेको यस सिनेमाका केही लुक्सहरु सार्वजनिक भएका छन् । सिनेमामा लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी कंगनाका तस्बिरहरु सिनेमा रिलिज हुनुभन्दा धेरै अगािड नै सार्वजनिक हुनुको कारण दीपिकाको ‘पद्मावती’ अवतारलाई नै मानिएको छ । दीपिकाको ‘पद्मावती’ अवतारमा सबैको ध्यानाकर्षण भएपछि कंगनाको लक्ष्मीबाई लुक्स सार्वजनिक गरिएको हो ।
हाल कंगना जयपुरमा यस सिनेमाको छायाकंन गरिरहेकी छिन् । ‘मर्णिकर्णिका’ र ‘पद्मावती’ दुवै पिरियड ड्रामा भएका कारण यी दुई सिनेमाको प्रतिस्पर्धा हुनु स्वभाविक नै हो ।

‘मणिकर्णिका’लाई निर्देशक कृषले निर्देशन गरेका छन् भने के वी विजयेन्द्र प्रसादले यस सिनेमाको कथा लेखेका हुन् ।
सिनेमामा कंगनाका साथै अभिनेत्री अंकिता लोखण्डे, सोनु सुद, अतुल कुलकर्णी लगायतका कलकारहरु मुख्य भूमिकामा छन् ।
उता संजय लिला भंसालीको सिनेमा ‘पद्मावती’ भने प्रदर्शनको लागि तयार भईसकेको छ । १ डिसेम्बरमा प्रदर्शन हुने यो सिनेमालाई चार घण्टा लामो खिचिएकोे थियो जसलाई सम्पादन गर्दा ३ घण्टा १३ मिनेटको बनेको छ । यो सिनेमा भंसालीले निर्माण गरेका सिनेमाहरुमध्येकै लामो सिनेमा बनेको छ । यस अघि उनले निर्माण गरेको सिनेमा ‘हम दिल दे चुके सनम’ ३ घण्टा ८ मिनेट लामो थियो । त्यस्तै सिनेमा ‘देवदास’को समय ३ घण्टा ५ मिनेटको थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com