AD_ Wide Top

नयाँ देखि पुराना सम्म सिनेमा निर्माण र निर्देशनमा कलाकारहरु

२०७४ कार्तिक १५ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
नयाँ देखि पुराना सम्म सिनेमा निर्माण र निर्देशनमा कलाकारहरु

 काठमाण्डौ   कार्तिक १४ ✎

लोकराज अधिकारी
बलिउडका सुपर स्टारहरु अमिताभ बच्चन, धमेन्द्र देखि अमिर खान ,सलमान खान शाहरुख खानहरु अभिनय संगै सिनेमा निर्माणमा सकृय छन । बलिउड बक्स अफिसमा उनीहरुको सिनेमा बहुप्रतिक्षीत सिनेमा हुने गरेका छन । नेपालमा पनि बिस्तारै कलाकारहरु आफैले सिनेमा निर्माण र निर्देशन गर्ने परिपाटी बिस्तार हुदै छ ।

rajesh and bhuwanनेपाली सिनेमामा एक समय एकछत्र राज गरेका महानायक राजेश हमालले केहि समय पहिले आफूले निर्देशन गरेको चलचित्र डेढ वर्ष भित्रै दर्शकले हेर्न पाउने बताएका थिए । हमालले धेरै पहिले आफू चलचित्र निर्माणमा लाग्ने बताए पनि समय तोकेर घोषणा भने गरेका थिएनन ।

बिराटनगरमा आयोजीत एक कार्यक्रममा उनले चलचित्रको कथाको बारेमा अध्ययन भैरहेको पनि खुलाशा गरेका थिए । हमालको सिनेमा बारे थप कुरा बाहिर नआए पनि उनी ढिलो चाँडो सिनेमा निर्माण र निर्देशनमा आउने छन ।

सुपर स्टार भुवन केसी त अभिनेता, निर्माता हुदै निर्देशनमा समेत सफलता हात पारेका छन् । ‘नेपाली बाबु’ हुदै ‘ड्रिम्स’ सम्म आईपुग्दा भुवन केसी आफनै छोरामाथि एक्सन कट गर्ने बावु पनि बनेका छन् ।
‘सन्तान’ बाट अभिनय यात्रा थालेकी सदाबहार सुन्दरी करिश्मा मानन्धर पनि सिनेमाकी निमात्री हुन । उनले ‘ढुकढुकि’, ‘बाबु साहेब’ हुँदै गत वर्ष ‘फागु’ निर्माण गरिन ।

नेपालमा सिनेमा निर्माण र अभिनयलाई संगसंगै अगाडि बढाइरहेका कलाकार भित्र पर्छन दुई मित अर्थात निर्माता निर्देशक तुलसी घिमिरे र निर्माता एबं कलाकार केशव भट्टराई । यी दुई मितज्यूले कहिले संयुक्त त कहिले छुट्टा छुट्टै काम गरेका छन् । नायक तथा निर्देशक बिश्व बस्नेत पनि अभिनय, निर्माण र निर्देशन गर्ने कलाकार भित्र पर्छन् । एक समयका चर्चित खलनायक पवन मैनाली पनि अभिनय र निर्माणमा आफूलाई अगाडि बढाएका बलाकार हुन । मैनाली लामो समय देखि बिरामी छन ।

शोभित बस्नेत र जयकिशन बस्नेत पनि अभिनय, निर्माण र निर्देशनमा सकृय कलाकर्मी हुन । अभिनेता श्रवण घिमिरे, कलाकार रामकृष्ण बजगाई पनि अभिनय र निर्माणमा जोडिएका कलाकार हुन । पछिल्लो समय अभिनय पछि निर्माण र निर्देशनमा उच्च सफलता हात पार्ने कलाकार मा दीपकराज गिरी र दीपाश्री निरौला पर्छन । यो जोडीले बनाएको सिनेमा मध्य ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा यसअघिका धेरै रेकर्ड ब्रेक गरेको छ । केदार घिमिरे माग्ने बुढा, जितु नेपाल पनि चलचित्रका निर्माता हुन ।

अभिनय संगै निर्माण र निर्देशनमा सकृय महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य पनि यतिबेला फेरि नयाँ सिनेमा ‘शत्रु गते’को छायाँङकनमा ब्यस्त छन । कलाकार किरण केसी पनि अभिनय र निर्माणमा सकृय सिनेकर्मी हुन । शिवहरी पौडेल पनि ‘शत्रु गते’का निर्माता मध्य एक हुन । पंछिका नायक आकास अधिकारी पनि निर्माण निर्देशन र अभिनयमा सकृय सिनेकर्मी हुन । दिबंगत नायक श्रीकृष्ण श्रेष्ठ पनि उत्कृष्ट अभिनेता संगै चलचित्र निर्माणमा समेत सफल निर्माता हुन । ‘कहाँ भेटिएला’ र ‘कोहिनुर’ श्री का सफल सिनेमा हुन । त्यस्तै ’कोहिनूर’की सहायक निर्मात्री श्रीकृष्ण पत्नि श्वेता खड्काले पनि अहिले ’कान्छी’ निर्माण गरेकी छन । केही समय अघि मात्रै ‘कान्छी’को छायाँकन सकिएको छ ।

jharna rekhaसफल नायिका हुदै निर्माता र निर्देशक बन्ने कलाकार हुन रेखा थापा । हिम्मतवाली, रामप्यारी र रुद्रप्रिया निर्माण गरेकि रेखा ‘हिम्मतवाली’ बाट निर्देशक बनिन । रेखा जस्तै झरना थापा पनि नायिका हुदै निर्देशनमा सफलता पाउने कलाकार हुन । दर्जनौ सफल सिनेमामा अभिनय गरेकि झरना ‘ए मेरो हजुर २’ बाट निर्देशक बनिन ।

सिनेमा बक्स अफिसमा सफल सिनेमाका रुपमा दर्ज भयो । रेखा झरना जस्तै नायिका ऋचा शर्मा र ऋचा घिमिरे ,निशा अधिकारी र केकि अधिकारी पनि यतिबेला अभिनय संगै सिनेमा निर्माणमा जुटेका छन ।
अभिनेत्री कृषा चौलागाई पनि निर्माण र अभिनयमा सकृय सिनेकर्मी हुन । त्यसैगरी कलाकार हुदै निर्माता बनेकि सिनेकमी हुन पूजना स्त्री । उनले ‘चकलेट’ निर्माण गरिन ।

ऋचा शर्माले पहिलो चलचित्र ‘आधा लव’ को निर्माण पछि अहिले ‘सुनकेशरी’मा काम गर्दै छिन । निशा अधिकारीले ’झ्यानाकुटी’ निर्माण गरेकी छन । निशाको लगानीमा निर्माण भएको फिल्म ’झ्यानाकुटी’ मंसिर १ गतेबाट प्रदर्शनमा आउँदै छ ।
दर्जनौ सिनेमामा अभिनय गरेकी अभिनेत्री केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’ नामक सिनेमाको छाँयाङकनका क्रममा बाँकेमा छिन । यो उनले निर्माण गर्न थालेको पहिलो सिनेमा हो ।

नायक निखिल उप्रेती पनि फिल्म निर्माणमा सक्रिय छन । उनले साबधान, निशाना, रुद्र जस्ता सिनेमा निर्माण गरिसकेका छन भने ‘भैरव’ बाट निखिल निर्देशक समेत बनेका छन् । हाल निखिल नयाँ फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को काममा छन् । यो उनको निर्माण र निर्देशन रहेको सिनेमा हो । अभिनय संगै ‘कर्कश’ बाट निर्देशक बने आसिफ साह । पछिल्लो समय आसिफ र असिम साह (दुई दाजुभाई) मिलेर बनाएको सिनेमा ‘दुई’ रुपैयाँमा आसिफ कलाकार तथा निर्माता र असिम निर्देशकका रुपमा सिने नगरीमा आए ।

ramesh upreti nikhil upretiदर्जनौँ सिनेमामा अभिनय गरेर बीचमा अमेरिका गएका नायक रमेश उप्रेती फेरि सिनेमामा फर्केका छन । उनी अभिनय संगै निर्माणमा जुटेका छन् । उनले निर्माण गरेको सिनेमा ‘ऐश्वर्य’ अहिले सफलतापूर्वक प्रदर्शन भईरहेको छ ।

जसरी पछिल्लो समय कलाकारहरु अभिनय संगै आफै सिनेमा निर्माणमा सकृय हुँदै गएका छन त्यसरी नै बर्षौ देखि यहि क्षेत्रबाट प्राप्त गरेको अनुभवलाई यहि क्षेत्रको अर्को बिधामा गरेको लगानी सुरक्षीत र तारीफ योग्य बनाउन लागि पर्ने हो भने नेपालमा पनि हरेक सिनेमा बहुप्रतिक्षीत होलान् कि !


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com