AD_ Wide Top

जिग्रीलाई देशको चिन्ता

२०७४ कार्तिक १५ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
जिग्रीलाई देशको चिन्ता

 काठमाण्डौ   कार्तिक १४ ✎

कुमार कट्टेल अर्थात् जिग्री र भद्रगोलका टिम यति बेला निश्चल बस्नेत लाई लिएर नाम तय नभएको सिनेमा निर्माणमा जुटेका छन् । बेलाबखतमा सामाजिक काममा सक्रिय हुने जीग्री र पाँडे मिलेर सप्तरीको गम्हरीयामा दृष्टिविहिनको लागि घर समेत निर्माण गरिदिएका छन् । आफ्ना दाजुभाउजु धुर्मुस सुन्तलीको विभिन्न वस्ती निर्माणमा खटिएका जिग्री उर्फ कुमार केही दिन अगाडि आउदै गरेको चुनावको विषयलाई लिएर व्याङ्ग्यात्मक शैलीमा जनतालाई कटाक्ष प्रहार गरे । अघिपछि देश विकास नगरेको भन्दै बुढा नेतालाई गाली गर्ने हामी नेपाली चुनावमा भने तिनै निकम्मा भनेका नेता र उनका पार्टीलाई भोट हाल्ने गरेकोमा चिन्ता व्यक्त गर्दै स्टाटस लेखे । उनको भनाई थियो अब नयाँ जोश बोकका नयाँ नेता आउनुपर्छ । किन पाका र वर्षौ राजनीति गरेका नेता माथि कडा प्रहार गर्दै स्टाटस लेखे त ? हामीले आजको गफगाफमा उनै जिग्रीलाई केही प्रश्न सोधेका छौँ ।

तपाईले नेतालाई व्यङ्ग्य सहितको स्टाटस किन लेख्नु भएको हो ?

Gufgaf@jigreeअब चुनाव हुदैँ छ । चुनावले भनेको देशको प्रतिनिधी छान्ने हो । एउटा नेतृत्व छान्ने हो । यो चुनावले पाँच वर्ष पछि नेपाल कस्तो हुन्छ भन्ने कुरा कल्पना पनि गर्नेछ । यो चुनावमा हामीले अगाडिको जस्तै गर्यौ भने हल्ला गर्न , देश दुर्घटनामा गएको हेर्न बाहेक केही हुदैन । हामीले नेताले देश बिगारे भन्छौ तर चुनावमा हामी डेट सकिसकेका नेतालाई जिताउँछौ । यसमा हामी जनताको नै गल्ती छ । हामीले देश बनाउने हो भने राम्रो सोच भएका नेतालाई , राजनितीलाई गरि खाने भाडो नबनाउने सोच भएका युवा नेतालाई र राजनितीलाई समाजसेवाको रुपमा लिने युवाहरु चुनावमा जिताउनु पर्यो । जोस जाँगर भएकोलाई अवसर दिनुपर्छ जस्तो लाग्छ । यो देशमा लगभग ८० प्रतिशत युवाहरु छन् । त्यसले गर्दा ७० वर्ष कटेका बूढाहरु नेतृत्व कसरी गर्छन ? मेरो चिन्ता त्यता तिर भएर एउटा स्टाटस लेखेको हो ।

त्यसो भए को राम्रो छ त ?

मैले सिधै यो पार्टीको यो राम्रो छ यो नराम्रो भनेर त कहिल्यै भन्दिनँ । जनताले यस बारेमा मूल्याङ्न गर्नुभएको छ । मैले काठमाडौँको चिजलाई हेर्न हो भने रविन्द्र मिश्र । उहाँले लामो समय राम्रो गर्नुभएको व्यक्ति हो । हामीले पनि गरेको समाज सेवाको केही अंश उहाँहरुसंग जोडिन गएको छ । लामो समय आफ्नो पेसालाई मर्यादित पारामा निभाएर राजनीतिमा जानु भएको छ । उहाँले भ्रष्टचार या राष्ट्रियलाई बिगार्न तिर नलागेर समाजमा धेरैको आईडल बनिसक्नुभएको छ । राम्रो मान्छेलाई जिताउनु पर्छ । यसो भन्दै गर्दा पनि उहाँहरुलाई जनताले जिताउनु हुन्न भने हामीलाई घाटा हो जस्तो लाग्छ । उहाँ बाहेक सामाजिक सञ्जालमा बेलाबेलामा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , राजेश हमाल , सीताराम कट्टेल धुर्मुसलाई देश हाक्न दिनु पर्छ भनेर चर्चा चलेको देखिन्छ । तर भोट गर्दा चाही हामी फेरि उही बुढापाका नेतालाई नै दिन्छौँ ।

त्यसो भए तपाईको दाई ,सिताराम कटेल धुमुर्स राजनितीमा आउने सम्भावना कतिको छ ?

ऋब दाई राजनितीमा आउँनुहुन्छ या आउनुहुन्न उहाँको व्यक्तिगत कुरा हो । राम्रो सोच भएका मान्छेहरु समाजमा परिवर्तन ल्याउन चाहानेहरु राजनितीमा आउनुपर्छ भन्ने मेरो मान्यता हो । राजनिती भनेको समाजविकास निमार्ण हो भन्ने बुझ्न जरुरत छ यहाँ । दाईले आफ्नो तर्फबाट राष्ट्रियका लागि जति गरि रहनुभएको छ । उहाँले देशको विकासको लागि यति धेरै मेहेनत गरिदिनुभएको छ । मान्छेले धुमुर्स जस्तो मान्छे राजनितीमा आउनुपर्छ भन्छन् । तर राजनितीमा आउँदा भोट आउँदैन भने किन आउने ? त्यहीकारण परिवर्तन भनेको जनताबाट हुन जरुरत छ ।

देशको बारेमा तपाईलाई चिन्तन् के कारणले जागेर आयो ?

Gufgaf@Jigree2चिन्तन मलाई म आफू पनि यो देशको जिम्मेवार युवा, नागरिक र यो देशलाई माया गर्न यो देशलाई गर्भका साथ भन्ने नेपाली हुँ । म यो देशमा बसेर मेरो पेसालाई मर्याधित पारामा गरि खाने पेसा बनाएर अगाडी बढ्न चाहान्छु । मैले कसैको बिगारेको छैन् र केही बिगार्नु पर्छ भन्ने सोच छैन । म विदेश गएर केही वर्ष उतै सङ्घर्ष गरेर फर्केको युवा पनि हुँ । अहिले कार्यक्रमको क्रममा म विदेश पनि जान्छु । त्यहाँ हुने नेपालीहरु सग कुराकानी पनि हुन्छ । लगभग नेपाल घुम्न लागेँ । यो सबै गर्दा मैले नेपाली माथि तागत ,ईच्छा, शक्ति छ । तर, हामीमा एउटा सोच र योजनाको कमी छ । देश बनाउन समय लाग्दैन । त्यही कारण पनि हामीले यतिबेला सोच्ने बेला भएको छ । यो चिन्ताले पनि मलाई चिन्तन गर्न बाध्य बनायो ।

त्यसो भए तपाई राजनितीमा खुलेर नै आए हुन्न र ?

कलाकार हुनको नाताले मैले सक्दो त गरिरहेको नै हुन्छु । मैले फेसबुकको स्टेटसबाट मैले धेरै युवालाई मोटिभेट गरेको छु । मैले सबैको नसके पनि युवाको सोच परिवर्तन गर्न खोजिरहेको छु । समाज सेवामा मैले सक्दो मद्दत गरेकै छु । गुन्डागिरी र दादागिरीे खाल्को राजनितिक अभियानमा म छैन । म सकारात्मक सोचको साथ अगाडी बढ्नुपर्छ भन्ने युवा हो । मेरो कलाकारिता संग सगै मलाई समाजसेवामा धेरै चिज गर्नु छ । त्यसकारण तत्काल राजनीति गर्ने भन्ने सोच छैन । तर राजनिती भनेको निस्वार्थ समाज सेवा हो भन्ने देखाउन राम्रो समूह पाईयो भने जान पनि सकिन्छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com