AD_ Wide Top

शाहरुखले किस गर्न नमान्दा रोकियो फिल्मको काम

२०७४ कार्तिक १७ शुक्रवार  |   Agency

below social share detail page adv


loading...
शाहरुखले किस गर्न नमान्दा रोकियो फिल्मको काम

एजेन्सी कार्तिक १७ ✎

बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् । उनको जन्मदिन पार्टीमा बलिवुड कलाकारहरुले बाक्लो उपस्थिति रह्योे । २७ वर्षको उमेरमा सिनेमामा डेब्यु गरेका शाहरुखले बलिवुडमा २५ वर्ष बिताएका छन् । यो अवधिमा उनले सय भन्दा बढी सिनेमाहरुमा काम गरेका छन् ।

शाहरुखपरेको खण्डमा किस सिन दिन तायार हुने शाहरुखले एकताका किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको थियो । धेरै कमलाई थाहा होला सन् १९९४ मा उनले किस गर्न नमान्दा सिनेमा ‘जादु’को काम रोकिएको थियो । ‘जादु’मा उनको अपोजिट अभिनेत्री रबिना टण्डन थिईन् ।
सिनेमामा किस सिन छायाकंनको पालो आउँदा यसको छायाकंन गर्न न त शाहरुह तयार भए न त रबिना । यहि कारण केही सिनहरु छायाकंन भईसकेपछि पनि निर्माताहरुले सिनेमाको काम बीचमै रोक्नु परेको थियो । सिनेमाका निर्माताले यी दुईलाई मनाउने भरपूर कोशिस गरेका थिए । तर केही सिप नलागेपछि निर्माताले सिनेमाको काम नै बन्द गर्नुपरेको थियो ।

सन् २००४ मा यहि सिनेमालाई नाम परिवर्तन गरेर रिलिज गरियो । सिनेमाको कथामा केही फेरबदल गरेर सिनेमाको नाम ‘ये लम्हे जुदाईके’ राखिएको थियो ।

अर्को कुरा के छ भने सिनेमाको छायाकंन गरेपनि शाहरुख र रबीनाले स्वराकंन गर्न मानेनन् । अभिनय उनीहरुको भएपनि आवाज अर्कैको हालेर सिनेमा रिलिज गरिएको थियो । तर सिनेमा भने सफल हुन सकेन । बिरेन्द्र नाथ तिवारीको निर्देशन रहेको यस सिनेमा मोहनिश बहल र नवनीत निशानको पनि मुख्य भूमिका छ । यसका साथै रश्मी देशाई र अमित कुमारको अभिनय पनि यस सिनेमामा छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com